Supervisor
The Manavsewa Ashram is solely a non-profit social organization founded in Makwanpur, Hetauda, on 29 August, 2012, dedicated to making Nepal a 'street people free country' by helping the most vulnerable, impoverished, disabled, homeless, physically weak or mentally or psychologically challenged people who are forced to live miserable lives in the open sky street-banks and public places.
Details / requirements:
The Manavsewa Ashram is solely a non-profit social organization founded in Makwanpur, Hetauda, on 29 August, 2012, dedicated to making Nepal a 'street people free country' by helping the most vulnerable, impoverished, disabled, homeless, physically weak or mentally or psychologically challenged people who are forced to live miserable lives in the open sky street-banks and public places.
आवश्यक ठेगाना : धरान , लमजुङ वीरगञ्ज, धादिङ्ग, पोखरा
* आर्मी बाट अवकाश प्राप्त गर्ने व्यक्तिलाई बिशेष प्राथमिकता ।
प्रमुख भूमिका र जिम्मेवारीहरू :
१. आश्रमको जीन्सी सामग्री र सम्पत्तिको अभिलेख राख्ने र कोडिङ गर्ने ।
२. आश्रममा कर्मचारीहरूको दैनिक कार्यकोे अभिलेख राख्ने ।
३. कार्य समय गणना गर्दै कर्मचारीहरूले गरेको प्रत्येक कार्यको लागि आवश्यक समयको लागत अनुमान गने८।
४. आश्रम परिसर भित्र सुरक्षा क्यामेरा (CCTV) निगरानी गर्ने ।
५. आश्रमको सम्पत्तिको संरक्षण र सुरक्षा सुनिश्चित गर्ने ।
६. दैनिकरुपमा र भोलिका योजनाहरू तयार गर्ने, र रिपोर्टहरू पेश गर्ने।
७. मासिक रिपोर्टिङ कम्पाइल गर्ने र पेश गर्ने ।
८. अस्पतालको सेवा आवश्यको भएका लक्ष्मीनारायणहरूलाई अस्पताल सेवामा सहजिकरण गर्ने ।
९. दाताहरू, अतिथिहरू, र अन्य सरोकारवालाहरूसँग सञ्चार कायम गर्दै। स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालयहरु संग समन्वय गर्ने
१०. घरवहाल कर, घर भाडा, सवारी साधन कर, बिजुली, र पानीको बिलहरू सहित अन्य भुक्तानीहरू भए नभएको सुनिश्चित गर्ने र वित्तीय लेनदेनहरू रेकर्ड गर्ने ।
११. लक्ष्मीनारायणहरूको नियमित उपस्थितिको ट्र्याकिङ गर्ने र कुनै पनि लक्ष्मीनारायणहरू भागेको अवस्थामा तुरुन्त पुलिसलाई जानकारी गराउने र सम्बन्धित विभागहरूसँग समन्वय गर्ने ।
१२. लक्ष्मीनारायणहरूको शरीर शान्त भएमा संस्थाको नियम अनुसार प्रकृया पालना गरी व्यवस्थापन गर्ने ।
१३. आश्रमको सम्पत्तिको सुरक्षा सुनिश्चित गर्ने ।
१४. आवश्यकता अनुसार विभिन्न विभाग, जिल्ला संयोजक र अन्य आवश्यक सरोकारवालाहरूसँग सहकार्य गर्ने।
१५. संस्थाको माथिलो निकायहरुसँग समन्वय गर्दा संचार च्यानलहरू र प्रोटोकलहरूको पालना गर्ने गराउने ।
१६. कर्मचारी लक्ष्मीनारायण, दाता र अभ्यान्ता बीच सम्मान र सद्भावको वातावरण सुनिश्चित गर्ने गराउन् ।
१७. नियमित रूपमा तयार गरिने खानाको गुणस्तर र स्वच्छता कायम राख्ने ।
१८. लक्ष्मीनारायणहरूको र अन्य महत्त्वपूर्ण सूचनाहरू सूचना बोर्डमा अपडेट गर्ने ।
१९. साँझ र बिहानको दैनिक खानाको तयारीमा विविधता सुनिश्चित गर्न लगाउने ।
२०. एप्रन, मास्क, र अन्य सुरक्षा उपकरणहरूको उचित प्रयोग भए नभएको अनुगमन गर्ने ।
२१. लक्ष्मीनारायण र तिनीहरूको कपडाको सरसफाई र कपडामा एकरुपतामा कायम राख्न लगाउने ।
२२. आश्रमको सम्पत्तिको हेरचाह गर्ने र यसको मर्मतसम्भार सुनिश्चित गर्ने।
२३. आश्रमको दैनिक वित्तीय रिपोर्टहरू तयार गर्ने ।
२४. सबै भुक्तानी र वित्तीय लेनदेनको रेकर्ड राख्ने ।
२५. केन्द्रीय कार्यालयबाट साप्ताहिक बजेटको माग गर्ने ।
२६. आश्रमको खरिद नीति र प्रक्रियाहरू पालना सुनिश्चित गर्ने ।
२७. संस्थाको लागि दैनिक रुपमा हुने बैंक निक्षेप र निकासी गर्ने गराउने ।
२८. उद्धार तथा पुनर्मिलन बिभाग तर्फ जवाफदेही
२९. उद्धार तथा पुनर्मिलनका कलहरु रिसिभ गर्ने,
३०. उद्धारका लागि स्थानिय निकाय, सुरक्षा संयत्र लगायतका सँग सम्पर्क, समन्वय र सहजीकरण गर्ने ।
३१. शाखाको त्तच्त् बैठक नियमित बस्ने, उद्धारको योजना बनाउने, जिम्मेवारी बाँडफाँड गर्ने ।
३२. उद्धारको लागि आवश्यक सम्पूर्ण स्रोतहरुको तयारी र सहिढगले परिचालन गर्ने ।
३३. उद्धारमा जानु अघिको तयारीमा आवश्यक पर्ने रिसोर्स (सामाग्री)हरु चेकलिष्ट बमोजिम भए÷नभएको जाँच गर्ने ।
३४. उद्धारमा उपस्थिति तथा उद्धार गरिने व्यक्तिको आगामि व्यवस्थापनका लागि सरोकारवाला निकायहरुसँग मितभाषा शैलिमा समन्वय गर्ने ।
३५. मासिक रिपोर्ट तयार गरी सरोकारवाला निकाय तथा विभागमा पेश गर्ने ।
३६. नियमानुसारको नियमित सडकअवलोकन गर्ने ।
३७. पब्लिक फोनकल र उद्धार सम्बन्धी कललाई प्राथमिकता दिई यथासिघ्र अवस्था अवलोकनका लागि उद्धार स्थलमा पुगी जनमूखी सेवा प्रस्तुत गर्ने ।
३८. उद्धारलाई पारदर्शी, प्रशासनिक, बिधिसम्मत् र औचित्यपूर्ण बनाउन प्रत्येक उद्धारकार्यमा जनसहभागिता बढाउने र सामाजिक संजाल आचारसंहित र डिजिटल गोपनियतालाई ध्यानमा राखी उक्त घटनाको फेसबुक लाईभ गर्ने, तस्वीरहरु अनिवार्य लिने ।
३९. उद्धार गर्दा भर्नुपर्ने संस्थाका प्रशासनिक तथा आवश्यकता अनुसार थप कागजातहरु उद्धार स्थलमा अनिवार्य रुपमा भर्ने र सार्वजनिक उपस्थित, रोहवर, साक्षी आदिको दस्तखत लिने, उपस्थिति राख्ने ।
४०. स्थानिय निकायको सिफारिस अनिवार्य लिने ।
४१. उद्धार गरिएको व्यक्तिको छोटो भिडियो क्लिप तयार गरी पुनर्मिलनको प्रयासका लागि शाखाको फेसबुक पेजबाट पोष्ट गर्ने ।
४२. उद्धार गरिएका व्यक्तिको सम्पूर्ण दसी संकलन गरेपछि संस्थाको सिष्टममा इन्ट्रिका लागि शाखाका कार्यालय सचिवहरुलाई बुझाउने ।
४३. शाखामा ३ महिना आश्रित नाघिसकेको व्यक्तिहरुको पहिचान गरी प्रत्येकको पारिवारिक पुनर्मिलन सम्भाव्यता अध्ययन फारम भर्ने र विवरण अभिलेखका लागि कार्यालय सचिवलाई बुझाउने ।
४४. आश्रितहरुको पुनर्मिलनका लागि नियमित परामर्श सेवा दिने । पहिचान खुलेमा विधिपूर्ण (पुनर्मिलन अनुसूची बमोजिम) पुनर्मिलनको सेवा अगाडि बढाउने ।
४५. प्रत्येक घटनाको अभिलेख राख्ने र रिपोर्ट पेश गर्ने ।
Overview
| Category | Supervisor |
| Openings | 7 |
| Salary | Based on experience |
| Position Type | Full Time |
| Position Level | Mid Level |
| Experience | 1+ years, 2+ years |
| Education | Intermediate (10+2), Bachelor's degree in a related field, Bachelor's degree completed |
| Posted Date | 25 Jun, 2026 |
| Apply Before | 25 Jul, 2026 |
| City | Kathmandu, Pokhara, Dharan, Birgunj, Lamjung, Dhading |