शिलबन्दी बोलपत्र आह्वानको सुचना
Details / requirements:
लुम्बिनी एकिकृत बिकास संस्था (LIDO -Nepal)
तौलिहवा, कपिलबस्तु
“न्यून आय भएका र संकटासन्न समुदायहरुको उत्थानशिलता अभिवृद्धि”
र
“संकटासन्न किषानहरुको उत्थानशिल जिविकिोपार्जन” परियोजना
शिलबन्दी बोलपत्र आह्वानको सुचना
प्रथम पटक सुचना प्रकाशन मिति २०८०।११।१९ गते
लुम्बिनी एकिकृत बिकास संस्था (LIDO -Nepal) ले ईस्लामिक रिलिफ नेपालको साझेदारीमा सञ्चालित “न्यून आय भएका र संकटासन्न समुदायहरुको उत्थानशीलता अभिवृद्धि परियोजना” र “संकटासन्न किषानहरुको उत्थानशिल जिविकिोपार्जन परियोजना” अन्तर्गत यस कपिलवस्तु जिल्लाको मायादेवी गाँउपालिकाको वार्ड नं. २, ४, ५, ७ र ८ र शुद्दोधन गाउँपालिकाको वार्ड नं. १, २, र ६ साथै रुपन्देही जिल्लाको लुम्विनी साँस्कृतिक नगरपालीकाको वडा नं. २,४,९,११,१२ र १३ समरीमाई गा.पा.को १,२,३,५,६ र ७ मा विपन्न तथा अति गरिब कृषकहरुका लागि कृषि सामाग्रीहरुको खरिद गर्न गईरहेकोले यो शिलबन्दी बोलपत्र पेश गर्ने यो प्रस्ताव आह्वान गरिएको छ । तसर्थ, इजाजत प्राप्त कम्पनी वा इच्छुक फर्महरुलाई उक्त शिलबन्दी दरभाउ पत्र सहित प्रस्तावना तपसिलको शर्तहरु पालना गरी रितपूर्वक भरी पेश गर्नको लागि यो बोलपत्र आह्वान गरिन्छ ।
शिलबन्दी बोलपत्र प्रस्तावना पेश गर्ने बिधी
बोलपत्र सम्बन्धी प्राविधिक र आर्थिक प्रस्तावनाहरु तल उल्लेखित इमेल वा स्वयं उपस्थित भई आधिकारिक पत्र मार्फत माग गर्न पर्नेछ । संस्था द्वारा प्रमाणित आार्थिक तथा प्राबिधीक प्रस्तावना छुट्टाछुट्टै रितपूर्वक भरी प्रत्येक पानामा सही छाप र सम्बन्धीत कम्पनी वा फर्ममा आधिकारिक छाप सहित आर्थिक र प्राविधिक प्रस्तावनालाई छुट्टा छुट्टै लाहाछापले खाममा शिलबन्दी गरी लुम्बिनी एकिकृत बिकास संस्था (LIDO -Nepal) तौलिहवा कपिलबस्तुको केन्द्रीय कार्यालयमा मिति २०८०/११/२४ गते बेलुकी ५ बजे कार्यालय समय भित्र भौतिक रुपमा उपस्थित भई बुझाई सक्नु पर्नेछ ।
प्राविधिक प्रस्तावना र आर्थिक प्रस्तावना मिति २०८०/११/२७ गते दिनको १२ बजे खोलिने छ । बोलपत्र पेश गर्ने अन्तिम दिन सार्वजनिक बिदा पर्न गएको खण्डमा त्यसको भोलीपल्ट कार्यालय समय भित्र पेश गरी सक्नु पर्नेछ । उल्लेखित प्रस्तावनाहरु जानकारीको लागि मात्र अनलाईनमा राखिएको छ ।
नोटः
१. फर्म वा कम्पनीले सम्पूर्ण बैधानिक कागजातहरु हाल सम्म नवीकरण रहेको पुष्टि हुने सम्पूर्ण कागजातहरु प्रस्तावना सँगै पेश गर्नु पर्नेछ । यदि कुनै पनि प्रकारका कागजातहरु दुबै प्रस्तावना सँग पेश नभएको खण्डमा स्वतः अयोग्य हुनेछन् ।
लुम्बिनी एकिकृत बिकास संस्था (LIDO -Nepal)
कपिलबस्तु नगरपालिका वडा नं. २ तौलिहवा
ईमेल: lido.vacancy@gmail.com,
सम्पर्क नं.: ०७६–५६११४५
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 03 Mar, 2024 |
Apply Before | 07 Mar, 2024 |
City | Kapilvastu |