शिलबन्दी बोलपत्र आह्वान गरिएको सूचना

Bheri Environmental Excellence Group (BEE-Group) Banke

Details / requirements:

शिलबन्दी बोलपत्र आह्वान गरिएको सूचना

सामग्री आपूर्ति सम्बन्धमा

(प्रथम पटक प्रकाशित मिति (September 19, 2023)

भेरी वातावरणीय विशिष्टता समूह (BEE Group) वि.सं. २०५६ सालमा बाँके जिल्लामा दर्ता भई लुम्बिनी प्रदेशमा मानव अधिकारको संरक्षण र प्रवर्धन, वातावरण संरक्षण र सामुदायीक विकासका क्षेत्रमा क्रियाशिल गैरसरकारी संस्था हो । यस संस्थाले विश्वका चिकित्सकहरु (MdM France) संस्थासँग साझेदारी गरी बाँके जिल्लामा Supporting Occupational and Environmental Health परियोजना सञ्चालन गरिरहेको छ । उल्लेखित परियोजना अन्तर्गत तपशिलमा उल्लेखित सामग्री खरिद गर्नुपर्ने भएकाले मूल्य अभिवृद्धि करमा दर्ता भएका सामग्री आपूर्ती गर्न इच्छुक उत्पादक, अधिकृत विक्रेता, आपुर्तिकर्ता तथा वितरकहरुबाट यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र तपशिलको शर्तहरुको अधिनमा रही कार्यालय समय भित्र लाहाछाप शिलबन्दी खाममा बोलपत्र पेश गर्न हुनका लागि यो सूचना आह्वान गरिएको छ ।

खरिद गर्नुपर्ने सामग्रीको विवरण

Items and Specification details

खरिद गर्नुपर्ने सामग्रीको विवरणको लागि कृपया तलको लिङ्क मार्फत जानुहोस् 

Technical Specifications (excel file)

शर्तहरु:

१. बोलपत्र फाराम संस्थाको कार्यालयमा उपस्थित भई प्राप्त गर्न सकिने छ वा तपशिलमा उल्लेखित इमेल ठेगानामा अनुरोध गरी प्राप्त गर्न सकिने छ र तोकिएको समयभित्र संस्थाको कार्यालयमा उपस्थित भई बुझाउन सकिनेछ वा तपशिलको इमेल ठेगानामा पठाउन सकिने छ । 

२. उल्लेखित सामग्री आपूर्ती गर्न इच्छुक उत्पादक, अधिकृत विक्रेता तथा बितरकहरुले बोलपत्र फारामका साथ उद्योग/फर्म दर्ताको प्रमाण–पत्र, उद्योग/फर्म भ्याटमा दर्ता भएको प्रमाण-पत्र, कर चुक्ता प्रमाण-पत्र, बोलपत्र दाताको नेपाली नागरिकताको प्रमाण-पत्र अनिवार्य पेश गर्नु पर्नेछ ।

३. बोलपत्र लाहाछाप शिलबन्दी गरेर खाम बाहिर बोलपत्र दाताको नाम, ठेगाना, सम्पर्क नम्बर लेख्नुपर्नेछ र फर्मको छाप अनिवार्य खाममा लगाएको हुनु पर्नेछ । अन्यथा भएमा संस्था बोलपत्र बुझ्न वा सदर गर्न वाध्य हुने छैन । ईमेलबाट बोलपत्र बुझाउनेहरुको हकमा फोल्डरमा पासवर्ड राखेर तपशिलको इमेल ठेगानामा पठाउन सकिने छ ।

४. बोलपत्र फाराममा उल्लेखित प्रत्येक सामग्रीको दररेट (मूल्य अभिवृद्धि कर तथा अन्य सम्भावित कर समेत) अंक र अक्षर दुबैमा स्पष्ट लेखिएको हुनु पर्नेछ । अंक र अक्षर बीच फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइनेछ । केरमेट वा टिपेक्स लागेको अंक मान्य हुने छैन ।

५. छनौट भएका उत्पादक, आपूर्तिकर्ता, अधिकृत विक्रेता तथा बितरकहरुले नै खरिद गरिने सामग्री संस्थाको कार्यालय नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १२, बेलासपुर सम्म ढुवानी गरिदिनु पर्नेछ र त्यस बापत अतिरिक्त रकम भुक्तानी गरिने छैन ।

६. बोलपत्र फाराम दर्ता गर्ने अन्तिम मितिको भोलीपल्ट १:३० बजे संस्थाका प्रतिनिधीहरु र बोलपत्र दाता स्वय् वा निजको प्रतिनिधीको उपस्थितीमा यस संस्थाकोे कार्यालयमा बोलपत्र खोलिनेछ । तोकिएको दिनमा बोलपत्रदाता वा निजको प्रतिनिधि अनुपस्थित भएमा पनि शिलबन्दी बोलपत्र खोल्न कुनै बाधा पर्ने छैन । तर सो दिन सार्वजनिक विदा परेमा सो को लगत्तै कार्यालय खुलेको दिन बोलपत्र खोलिने छ ।

७. म्याद नाघी वा रित नपुगी आएका बोलपत्र उपर कुनै कारबाही हुने छैन ।

८. यस बाहेक थप जानकारी आवश्यक परेमा तल उल्लेखित सम्पर्क नम्बरहरुमा कार्यालय समयभित्र सम्पर्क गर्न सकिनेछ ।

९. फाराम बुझाउने अन्तिम मिति October 3, 2023, ५:०० बजेसम्म हुनेछ ।

१०. अन्य सम्पुर्ण कुराहरु यस संस्थाको निति-नियम बमोजिम हुनेछ ।

सर्वाधिकार भेरी वातावरणीय विशिष्टता समूह (BEE Group) बाँकेमा नीहित रहने छ ।

बोलपत्र फाराम प्राप्त गर्ने, पेश गर्ने र खोलिने ठेगाना:

भेरी वातावरणीय विशिष्टता समूह (BEE Group), 

नेपालगञ्ज उप-महानगरपालीका वडा नं. १२, बेलासपुर, बाँके

टेलीफोन नं.: ०८१-५५०२९५ मोवाईल नं.: ९८५८०५२०६२ र ९८५१२११६७७

बोलपत्र फाराम प्राप्तिका लागि अनुरोध गर्न: afo.soeh@beegroup.org.np

इमेलबाट बोलपत्र पेश गर्नका लागि: beegroup.procurement@gmail.com

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 19 Sep, 2023
Apply Before 03 Oct, 2023
City Banke