शिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना
Details / requirements:
शिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मिति: २०८३ असार ३० गते
सीप हस्तान्तरणद्वारा सशक्तीकरण (नेस्ट) सन् २००३ देखि क्रियाशील एक गैरसरकारी संस्था हो । संस्थाले सीप हस्तान्तरणमार्फत गरिब, विपन्न तथा सामाजिक रूपमा बहिष्करणमा परेका समुदायको सामाजिक–आर्थिक अवस्था तथा जीवनस्तरमा सुधार ल्याउने उद्देश्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । क्षमता विकास, सामाजिक उद्यम विकास, सामुदायिक विकास तथा सामुदायिक सद्भाव प्रवर्द्धन संस्थाका प्रमुख कार्यक्षेत्रहरू हुन् ।
यस संस्थाले जर्मन राजदूतावास, काठमाडौंको सहयोगमा "पोखरामा रहेका अव्यवस्थित बस्तीका लागि जीविकोपार्जन तालिम तथा शैक्षिक सामग्री सहयोग परियोजना" सञ्चालन गरिरहेको छ । उक्त परियोजनाका लागि आवश्यक देहायबमोजिमका सामग्रीहरू खरिद गर्नुपर्ने भएकाले इच्छुक तथा इजाजतप्राप्त फर्म, कम्पनी तथा आपूर्तिकर्ताहरूबाट रीतपूर्वकको शिलबन्दी दरभाउपत्र पेश गर्न यो सूचना प्रकाशित गरिएको छ ।
१. खरिद गर्नुपर्ने सामग्रीहरूको विवरण
| क्र.सं. | सामग्रीको विवरण | इकाई | परिमाण |
| १ | सिलाई मेसिन (टेबल तथा आवश्यक एक्सेसरीज सहित) | सेट | ३० |
| २ | डिटर्जेन्ट साबुन/जडीबुटी (हर्बल) उत्पादन सामग्री सेट | सेट | २ |
| ३ | मौरीपालन किट (घार, मह काढ्ने एक्स्ट्रयाक्टर, सुरक्षा सामग्री सहित) | सेट | ३० |
| ४ | विद्यालय झोला (स्कुल ब्याग) | थान | १५० |
| ५ | विद्यालय पोशाक (युनिफर्म) | सेट | १५० |
| ६ | स्टेशनरी सामग्री (कापी, कलम, पेन्सिल आदि) | सेट | १५० |
| ७ | शैक्षिक सामग्री/खेल सामग्री | लट | २ |
| ८ | बालविकास (ECD) क्रियाकलाप सामग्री | एकमुष्ट | १ |
२. दरभाउपत्र पेश गर्ने अन्तिम मिति
सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र कार्यालय समयभित्र संस्थाको कार्यालयमा शिलबन्दी रूपमा वा PDF Format मा nestpokhara2003@gmail.com मा पेश गर्नुपर्नेछ।
३. दरभाउपत्रसँग संलग्न गर्नुपर्ने कागजात
- फर्म/कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि
- VAT/PAN Registration Certificate को प्रतिलिपि
- आर्थिक वर्ष २०८१/८२ सम्मको कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि
- हस्ताक्षर तथा छाप सहितको आइटमगत दररेट (Quotation)
- प्रस्तावित सामग्रीको ब्रान्ड/मोडेल (लागू हुने भए), Specification
४. दरभाउपत्र सम्बन्धी शर्तहरू
- दरभाउ सम्पूर्ण सामग्री वा कुनै एक वा एकभन्दा बढी आइटमका लागि पेश गर्न सकिनेछ। मूल्याङ्कन तथा छनोट आइटमगत रूपमा गरिनेछ ।
- दरभाउपत्रमा इकाई दर, कुल रकम तथा लागू हुने करसहित (VAT सहित वा VAT लागू नहुने भए सो उल्लेख गरी) ढुवानी, लोडिङ, अनलोडिङ तथा अन्य सम्पूर्ण खर्च समावेश भएको हुनुपर्नेछ ।
- प्रस्तावित सामग्री संस्थाले उपलब्ध गराएको वा माग गरेबमोजिमको Specification अनुरूप हुनुपर्नेछ। आवश्यक परे क्याटलग, ब्रोसर वा नमूना (Sample) पेश गर्नुपर्नेछ ।
- छनोट भएका आपूर्तिकर्ताले संस्थाले तोकेको समयभित्र सामग्री आपूर्ति गर्नुपर्नेछ ।
- रीत नपुगेको, अपूर्ण, म्याद नाघी प्राप्त वा शर्तसहित पेश गरिएको दरभाउपत्र स्वीकार गरिने छैन ।
- कुनै वा सबै दरभाउपत्र स्वीकार वा अस्वीकार गर्ने, आंशिक रूपमा स्वीकृत गर्ने तथा खरिद प्रक्रिया रद्द गर्ने अधिकार संस्थामा सुरक्षित रहनेछ ।
- यस सूचनामा उल्लेख नभएका विषयहरू संस्थाको संस्थाको खरिद नियमावली तथा प्रचलित नेपाल सरकारको कानूनबमोजिम हुनेछन् ।
सम्पर्क
सीप हस्तान्तरणद्वारा सशक्तीकरण (नेस्ट)
पोखरा महानगरपालिका–८, नागढुंगा, कास्की, नेपाल
फोन: ०६१-५७०४९२, ०६१-५७८०३६ | इमेल: info@nest.org.np, nestpokhara2003@gmail.com
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Position Type | Contract |
| Posted Date | 14 Jul, 2026 |
| Apply Before | 20 Jul, 2026 |
| City | Pokhara |