शिलबन्दी दरभाउ पत्र आह्वानको सूचना

SabalNepal

SABAL Nepal is a leading humanitarian and development organization working in the field of disaster risk reduction, WASH, governance, community development, livelihood, clean energy and climate change in Madhesh Province, with its headquarter in Rajbiraj, Saptari, Branch office at Mirchaiya, Siraha, and field office in Khadak Municipality, Kalyanpur, Saptari. SABAL has over a decade of experience delivering emergency respond, crisis management, sanitation approaches and governance. Our responses focus on the needs of the most vulnerable populations, particularly, youth, adolescent, girls, women and people with special needs. WASH governance issue is at the heart of SABAL Nepal efforts because our experience shows that its gain can translate into benefits for the HHs, society, local government and SDG 2030. Essentially, SABAL Nepal’s humanitarian and development work is our commitment to help rebuild safer, stronger, effective, environment friendly places that people call home. Our programs to improve health and education, promote social justice, water, sanitation and hygiene, open up economic opportunities make communities more resilient and less vulnerable to the factors that causes poverty.

Details / requirements:

दोश्रो पटक प्रकाशित मिति : २०८२।७।१९ गते ।

इसिमोड (ICIMOD) संगको साझेदारीमा सबल नेपाल द्वारा कार्यान्वित HI-GRID परियोजना अन्तर्गत बाढी पूर्वतयारी तथा सतर्कता प्रणाली (Flood Early Warning System) स्थापनाका लागि आवश्यक Community Based Flood Early Warning System (CBFEWS) Device जडान गर्नुपर्ने भएकोले इच्छुक संस्था, कम्पनी वा फर्महरूबाट तल उल्लेखित शर्तहरूका अधीनमा रहि छुट्टा–छुट्टै शिलबन्दी दरभाउ पत्र आह्वान गरिएको छ।

 

१. कार्य क्षेत्र (Scope of Work):

रूपनी गाउँपालिका अन्तर्गत खाडो खोलाको पुल क्षेत्रमा CBFEWS Device (Telemetry Based Flood Early Warning and Monitoring System) जडान, परीक्षण र सञ्चालनमा ल्याउने कार्य।

उपकरणहरूमा निम्न सामग्रीहरू समावेश हुनेछन् । बिस्तृत ToR यसै साथ संलग्न रहेको छ ।

  • Data Acquisition Unit (Radar Based Water Level Sensor सहित) – १ थान

  • Data Upload Unit (4G GSM Module सहित) – १ थान

  • GSM Based Alarm Unit (Siren सहित) – १ थान

  • Rain Gauge Unit (Tipping Bucket प्रकार) – १ थान

 

२. शर्तहरू (Terms and Conditions):

२.१ दरभाउ पत्र हस्तलिखित वा कम्प्युटरमा तयार गरिएको हुनुपर्नेछ, प्रत्येक पृष्ठमा छाप र हस्ताक्षर अनिवार्य हुनेछ।
२.२ Quotation फारम www.sabalnepal.org.np बाट डाउनलोड गर्न सकिनेछ वा इमेल अनुरोधमा पठाइनेछ।
२.३ दररेट स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ । कर सहित वा कर बाहेक भनी स्पष्ट लेखिएको हुनुपर्नेछ।
२.४ सम्पूर्ण सामानहरू रूपनी गाउँपालिका अन्तर्गत तोकिएको स्थानमा आपूर्ति गर्नुपर्नेछ।
२.५ आपूर्तिकर्ता फर्म वैधानिक रूपमा दर्ता, कर चुक्ता, VAT दर्ता प्रमाणपत्रसहित हुनुपर्नेछ।
२.६ बालश्रम निषेध, कानूनी व्यवसायिक आचरण, र बाल संरक्षण नीति अवलम्बन गरेको हुनुपर्नेछ।
२.७ आवश्यक कागजातहरू (फर्म दर्ता, नविकरण, कर चुक्ता प्रमाणपत्र, अनुभव प्रमाण, स्वघोषणा फारम) अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ।
२.८ ईमेलमार्फत पठाउँदा फाइल सुरक्षित पासवर्डसहित पठाउनुपर्नेछ, पासवर्ड दरभाउ खोल्ने समयमा मात्र प्रदान गर्नुपर्नेछ।
२.९ शिलबन्दी दरभाउ पत्र पेश गर्ने अन्तिम मिति २०८१ कार्तिक १९ गतेदेखि २०८१ मंसिर ३ गते दिउँसो ४:०० बजे सम्म हुनेछ।
२.१० तोकिएको समयपछि प्राप्त दरभाउ पत्रहरू अमान्य मानिनेछन्।

 

३. दरभाउ पत्र खोल्ने प्रक्रिया:

शिलबन्दी दरभाउ पत्र खोल्ने मिति र समय सम्बन्धित प्रेषकलाई इमेल वा फोनमार्फत जानकारी गराइनेछ। बोलपत्र संस्थाको खरिद समिति, पदाधिकारी तथा आमन्त्रित सदस्यहरूको उपस्थितिमा खोलिनेछ।

 

४. सम्पर्क तथा कागजात पठाउने विवरण:

थप जानकारीका लागि कार्यालय समयभित्र सम्पर्क गर्न सकिनेछ
सबल नेपाल
मुख्य कार्यालय, राजविराज–८, सप्तरी
फोन: ०३१–५३३४४१
ईमेल: procurementsabal@gmail.com

(नोट: यो सूचना संस्थाको वेबसाइट www.sabalnepal.org.np मा पनि हेर्न सकिनेछ र दरभाउ पत्र यसै मार्फत समेत Download गर्न सकिनेछ)

Overview

Category
Experience Please check details
Education Please check details
Posted Date 05 Nov, 2025
Apply Before 19 Nov, 2025
City Saptari