शिलबन्दी कोटेशन आह्वानको सूचना
Women Association for Marginalized Women (WAM) is a non profitable NGO which works to reduce the gap between men and women in social, economical, and cultural aspect for promoting the equitable society. It helps the women to empower themselves conducting the awareness activities related to traditional beliefs, violence against women, gender and social discriminations and social exclusion, is looking for dynamic and result-oriented Nepalese citizens for the following posts
Details / requirements:
शिलबन्दी कोटेशन आह्वानको सूचना
प्रथम पटक सूचना प्रकाशित मिति: २०८३ असोज ३० गते (अक्टुबर १६ २०२६)
सिमान्तकृत महिलाहरुका लागि महिला संस्था (वाम) सुर्खेत महिला अधिकारमा आधारित मुनाफारिहत गैरसरकारी संस्था हो । वाम संस्था लैङ्गिक समतामुलक समाजको निर्माण गर्ने परिकल्पनासहित २०५४ सालमा स्थापना भएको हो । ‘पुरुषलाइ पछि पार्ने होइन हाम्रो कामना नारी पुरुष समविकास हाम्रो चाहाना’ भन्ने मूल नाराका साथ यस संस्थाले शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा, सिमान्तकृत वर्गको अधिकार, मानव अधिकार, विपद् व्यवस्थापन, जनवकालत, मनोविमर्श जस्ता क्षेत्रमा कार्य गरिरहेको छ ।
अक्सफाम नेपाल र सिमान्तकृत महिलाहरुका लागि महिला संस्था (वाम) सुर्खेतको साझेदारीमा सञ्चालित महिला आर्थिक सशक्तिकरण परियोजना अन्र्तगत दैलेखको डुङ्गेश्वर गाउँपलिकाका लाभग्राहीहरूका लागि तपशिल बमोजिमको बस्तु तथा सामग्रीहरु खरिद गर्नको लागि तल उल्लेखित शर्तहरूको अधिनमा रहि गरी इच्छुक तथा इजाजत प्राप्त फर्म, सप्लायर्स तथा कम्पनीहरूबाट फर्म, पान/भ्याट दर्ताको प्रतिलिपी, नविकरण, आर्थिक वर्ष २०८२/०८३ को करचुक्ता सहित पेश गर्नको लागि शिलबन्दी कोटेशन आह्वान गरिन्छ ।
प्राप्त शिलबन्दी कोटेशन फारम रितपुर्वक भरी प्रत्येक पानामा सही छाप लगाएर लाहा छापले खाममा शिलबन्दी गरी सिमान्तकृत महिलाहरुका लागि महिला संस्था (वाम) सुर्खेतको कार्यालयमा वा इमेल मार्फत मिति २०८३ कात्तिक १३ गते तदनुसार ३० अक्टुबर २०२६ साँझ ५:०० बजे कार्यालय समयभित्र बुझाई सक्नुपर्नेछ । शिलबन्दी कोटेशन पेश गर्ने अन्तिम दिन शनिवार वा सार्वजनिक बिदा पर्न गएको खण्डमा त्यसको भोलिपल्ट कार्यालय समयभित्र पेश गरिसक्नु पर्नेछ ।
तपशिल
| क्र.स. | सामग्रीहरु/विवरण | स्पेसिफिकेशन | परिमाण | कैफियत |
| १ | Bamboo stick making machine | विस्तृत स्पेसिफिकेशन संस्थाको वेवसाइट www.wam.org.np, www.jobsnepal.com वा राखिएको RFQ बाट जानकारी पाउन सकिनेछ । | १ सेट | डुङ्गेश्वर गाउँपलिका–६ दैलेखसम्म ढुवानी गर्नुपर्ने । |
| २ | Hojiyari Electric Machine | विस्तृत स्पेसिफिकेशन संस्थाको वेवसाइट www.wam.org.np, www.jobsnepal.com वा राखिएको RFQ बाट जानकारी पाउन सकिनेछ । | १ सेट | डुङ्गेश्वर गाउँपलिका दैलेखको डुङ्गेश्वर बजारसम्म ढुवानी गर्नुपर्ने । |
शर्तहरूः
१.आपुर्तिकर्ताले कार्यालयले उपलब्ध गराएको शिलबन्दी कोटेशन फारममा आफुले तोकेको प्रति इकाई दर रेट प्रष्टसँग उल्लेख गर्नुपर्नेछ । साथै तोकेको दर रेट अनुसारको जम्मा रकम अंक र अक्षर दुबैमा उल्लेख गर्नु पर्नेछ । यदि कारणवश उल्लेख भएको जम्मा रकम नबुझिएमा अक्षरमा लेखिएको रकमलाई मान्यता दिइनेछ।
२.फर्म वा कम्पनीले सम्पुर्ण बैधानिक कागजातहरू हालसम्म बहाल रहेको प्रस्तावनासँगै पेश गर्नु पर्नेछ यदि कुनै पनि प्रकारका कागजातहरू पेश नभएको खण्डमा स्वतः अयोग्य हुनेछ ।
३. शिलबन्दी कोटेशन तयारी तथा पेश गर्न लाग्ने कुनै पनि किसिमको खर्चहरू यस संस्थाले व्यहोर्ने छैन ।
४. खरिद गर्न खोजेको परिमाण कम या बढी हुन सक्नेछ।
५. अधिकतम खुद्रा मुल्य भन्दा बढी मुल्यहरू उल्लेख गर्ने बिक्रेताहरू स्वतः अयोग्य हुने छन् ।
६. सामाग्रीको ढुवानी माथी कैफियतमा उल्लेख भए अनुसार सम्बन्धित आपुर्तिकर्ताले नै गर्नु पर्नेछ । सो बापत अन्य सुविधा यस कार्यालयले दिने छैन ।
७. इमेल (quotation@wam.org.np) मार्फत पठाइएको शिलबन्दी कोटेशन पठाउन पासवर्ड राखी पठाउनुपर्नेछ । पासवर्ड नराखी पठाईएको कोटेशन स्वीकार गरिने छैन् ।
८. म्याद नाघेको, रित नपुगेको दरभाउपत्र उपर कुनै कारवाही गरिने छैन ।
९. प्राप्त कोटेशनहरू खोलिने मिति र समय सम्बन्धित शिलबन्दी कोटेशन दातालाई जानकारी गराईनेछ । कोटेशन पेशकर्ता वा निजको प्रतिनिधीको अनुपस्थितमा पनि दरभाउपत्र खोल्न कुनै बाधा पुग्ने छैन ।
१०. दररेट पूर्ण वा आंशिक रुपमा कुनै कारण जनाई वा नजनाई स्वीकृत गर्ने वा नगर्ने वा सूचना नै रद्द गर्ने सम्पुर्ण अधिकार यस संस्थाको खरिद उपसमितिमा निहित रहनेछ ।
११. कोटेशन फारम (RFQ, Self-Declaration and Code of conduct) यस कार्यालयमा सम्पर्क गरी वा www.wam.org.np को अनलाइन पोर्टलबाट पनि डाउनलोड गर्न सकिन्छ ।
१२. यस सूचनामा उल्लेख गरिएका शर्त तथा बन्देजहरू यसै सूचना बमोजिम र अन्य आवश्यक कुराहरूको हकमा संस्थाको खरिद नीति बमोजिम हुनेछ ।
१३. संस्थाले भुक्तानि गर्दा सामान प्राप्त भएको १५ दिन भित्रमा एकाउन्ट पेयी चेकबाटमात्र भुक्तानी गर्नेछ । नेपाल सरकारको नियमअनुसार लाग्ने कर कट्टी गरिनेछ ।
१४. सामग्रीहरूको सुरक्षाको जवाफदेहि ढुवानी गर्नुपर्ने स्थानसम्म नपुग्दासम्म बिक्रेता स्वंयम रहनेछ ।
१५. माथि उल्लेखित भएका कुराहरू बाहेक अन्य कुरा प्रष्ट हुनु परेमा निम्न ठेगानामा सम्पर्क राखी जानकारी लिन सकिने छ
थप जानकारीका लागि सम्पर्कः
खरिद उप–समिति
सिमान्तकृत महिलाहरुका लागि महिला संस्था (वाम)
वीरेन्द्रनगर नगरपालिका–६ आवास क्षेत्र, सुर्खेत
फोन नम्बरः ०८३५२२४३७
इमेलः quotation@wam.org.np
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Position Type | Contract |
| Posted Date | 16 Oct, 2026 |
| Apply Before | 30 Oct, 2026 |
| City | Surkhet |