शिलबन्दी कोटेशन आह्वानको सूचना

Sindhuli Integrated Development Services Nepal (SIDS Nepal)

Details / requirements:

सिन्धुली एकीकृत विकास सेवा (सिड्स) नेपाल, सिन्धुली

शिलबन्दी कोटेशन आह्वानको सूचना

प्रकाशित मिती २०८२/०२/२१ गते

वर्ल्ड भिजन इन्टरनेशनल नेपाल सिन्धुली एकीकृत विकास सेवा (सिड्स) नेपाल सिन्धुलीको साझेदारीमा सञ्चालित पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना अन्तर्गत गोलन्जोर तथा तीनपाटन गाउँपालिकाका विभिन्न क्षेत्रहरूमा खानेपानी आयोजनाहरू निर्माण गर्नु पर्ने भएको हुनाले यस संस्थामा सूचीकृत हुनु भएका तथा निर्माणकार्य गर्नको लागि दर्ता हुनु भएका निर्माण कम्पनीहरूबाट रीतपूर्वक शिलबन्दी कोटेशन आह्वान गरिन्छ ।

क्र.सं.RFQ Numberखानेपानी आयोजनाको नामअनुमानित लागतकोटेशन पेश गर्ने तरिका
SIDS-DWS-2025-003वडा कार्यालय खानेपानी धारा निर्माण, गोलन्जोर ३, सिन्धुली४१५१६२.७८संस्थामा स्वयं उपस्थित भई
SIDS-DWS-2025-004पानीको धारा निर्माण, तीनपाटन ४, सिन्धुली८३१९३.५८संस्थामा स्वयं उपस्थित भई

१. यो सूचना प्रकाशन भएको मितीले ५ दिन भित्र ईच्छुक ईजाजतप्राप्त निर्माण कम्पनीहरूले (१) दर्ता प्रमाण पत्र, (२) मु.अ.कर दर्ता प्रमाणपत्र, (३) आर्थिक बर्ष २०८०/८१ को कर चुक्ता प्रमाण पत्र साथै सम्बन्धीत काम गरेको कार्य अनुभवपत्रको प्रतिलिपिका साथ बुझाई कोटेशन सम्बन्धी फारम प्राप्त गर्न सकिनेछ ।

२. कोटेशन सम्बन्धी फारम र कागजात यस संस्थाको मुख्य कार्यालय कमलामाई ६, धुराबजार सिन्धुलीबाट प्राप्त गर्न सकिनेछ । साथै तल उल्लेखित इमेलमा कोटेशन फारमका लागि आवेदन पेश गरि अनुरोध गर्न सकिन्छ र सकलप्रति टेण्डर कागजात सँगै अनिवार्य पेश गर्नु पर्नेछ

३. कोटेशन सम्बन्धी कागजात रीतपूर्वक भरि प्रत्येक पानामा सहीछाप गरि लाहाछाप सहित शिलबन्दी गरि संस्थाको कमलामाई ६, धुराबजार स्थित कार्यालयमा मिती २०८२/०२/२५ गते दिनको ४:०० बजे सम्म बुझाई सक्नु पर्नेछ । समयावधी भन्दा पछि प्राप्त भएको कोटेशन मान्य हुने छैन । यदि कोटेशन बुझाउने अन्तिम दिन शनिबार वा सार्वजनिक बिदाको दिन परेमा सो को भोलिपल्ट दिनको १२:०० बजे सम्ममा कोटेशन बुझाई सक्नु पर्नेछ ।

४. कोटेशन खोल्ने तथा निर्णय गर्ने सम्पूर्ण अधिकार संस्थाको खरिद समितीमा निहित हुनेछ । कुनै वा सवै कोटेशन पुरै वा आंशिक रुपमा स्वीकार गर्ने वा नगर्ने सम्पूर्ण अधिकार पनि खरिद समितीमा निहित हुनेछ ।

५. कोटेशनसँग सम्बन्धी थप कुनै जानकारी आवस्यक भएमा यस परियोजना अन्तर्गतको खरिद अधिकृतलाई सम्पर्क राख्नु हुन अनुरोध छ वा संस्थाको  scm.sids@gmail.com इमेल मार्फत जानकारी प्राप्त गर्न सकिनेछ ।

६. दरभाउ वा कोटेशन पेश गर्ने क्रममा माथि उल्लेखित आयोजनाहरू मध्ये आफूलाई इच्छा लागेको आयोजनाको लागि मात्र वा सवै आयोजनाहरूको लागि दरभाउ पेश गर्न सकिनेछ ।

आवश्यक सूची दर्ता फाराम तथा BOQ तलको लिङ्क बाट प्राप्त गर्न सकिनेछ । साथै कार्यालयमा सम्पर्क राखी वा इमेल मार्फत पनि माग गर्न सकिनेछ ।

https://drive.google.com/drive/folders/1FqtrXDpGmnAwT-0XRVuJOA9jd0iuw-So?usp=sharing

शिल गरिएको प्रस्तावना फारम बुझाउने ठेगाना:(Accepted and Valid only Hardcopy)

सिन्धुली एकीकृत विकास सेवा (क्क्ष्म्क्), सिन्धुली

कमलामाई–०६, सिन्धुली

फोन नं. ९८५२०७३२४१

इमेल: scm.sids@gmail.com

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 04 Jun, 2025
Apply Before 08 Jun, 2025
City Sindhuli