शिलबन्दी बोलपत्र आह्वानको सूचना

KIRDARC-Nepal

KIRDARC Nepal is an NGO dedicated to Human Rights, Peace Building, Media and Development in Karnali Zone since 1999. It works with a mission to enable Karnali people to claim and exercise their rights for poverty reduction and improved livelihoods through their organization, research, policy advocacy and judicious resources mobilization. It has been implementing various project/programs with the funding support of different partner organizations.

Details / requirements:

किर्डाक नेपाल

शिलबन्दी बोलपत्र आह्वानको सूचना

प्रथम पटक प्रकाशित मिती: २०८१ बैशाख २५ गते (७ मेई २०२४)

प्लान इन्टरनेशनलको आर्थिक सहयोग तथा कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपालको साझेदारीमा कालिकोट जिल्लाको सान्नी त्रिबेणी र नरहरिनाथ गाँउपालिकामा सञ्चालित “Girls Standing Strong (GSS)” परियोजना अन्तर्गत तिन वटा विद्यालयहरूमा नमुना कक्षाकोठा व्यवस्थापनका लागि आवश्यक सामाग्री खरिद तथा सेट अप गर्नुपर्ने भएकोले TOR मा उल्लेखित शर्त अनुसार आपूर्ति गर्न इजाजत प्राप्त सम्बन्धित ईच्छुक स्थानिय/राष्ट्रिय कम्पनी, फर्म तथा आपूर्तिकर्ताबाट शिलबन्दी बोल–पत्र पेश गर्नको लागि आह्वान गरिन्छ ।

बोलपत्रमा अनिवार्य समावेस गर्नुपर्ने कागजातहरू:

    १· कम्पनी दर्ता तथा नवीकरणको प्रमाणपत्रहरू

    २· आर्थिक वर्ष २०७९/८० को कर चुक्ताको प्रमाण पत्र वा म्याद थपको कागजात

    ३· VAT दर्ताको प्रमाण पत्र

    ४· सहि छाप सहितको TOR, Due Diligence Form र स्व घोषणा पत्र 

    ५·  बैंक जमानत पत्र Original Copy (२·५ %)

आवेदन दर्ता गर्ने प्रक्रिया:

शिलबन्दी दरभाउ पत्र यो सूचना प्रकाशित भएको मितिले १० दिन भित्र अर्थात २०८१/०२/०३ गते (तद्नुसार १६ मेइ २०२४ साँझ ५:०० बजे) भित्र किर्डाक नेपाल, समन्वय कार्यालय सानेपा, ललितपुर, कर्णाली प्रदेश कार्यालय वीरेन्द्रनर, सुर्खेत जिल्ला कार्यालय, मान्मा कालिकोटमा बुझाउनुपर्ने छ । खरिद गरिने सामाग्रीको नाम विवरण, परिमाण, Terms of Reference र बोल–पत्रको आवेदन फाराम (Bid Form) यो लिङ्क https://kirdarc.org/tender/ बाट वा तल उल्लेखित लिङ्कबाट डाउनलोड गर्न सकिने छ वा किर्डाक नेपालका माथि उल्लेखित कार्यालयहरूबाट प्राप्त गर्न सकिनेछ ।

Link_1: Terms of Reference

Link_2: Bid-Form

यस विषयमा थप जानकारी लिनु पर्ने भएमा किर्डाक नेपालको समन्वय कार्यालय सानेपा, ललितपुर (०१–५४२१६७८) वा कर्णाली प्रदेश कार्यालय सुर्खेत (०८३–५२५६६४) वा जिल्ला कार्यालय मान्मा (०८७–४४०१५०) मा सम्पर्क गर्न सकिने छ ।

शिलबन्दी बोल–पत्र खोल्ने, मूल्याङ्कन तथा आपूर्तिकर्ता छनौट गर्ने सम्बन्धी सम्पूर्ण अधिकार संस्थामा निहित रहनेछ ।

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 07 May, 2024
Apply Before 16 May, 2024
City Kalikot