शिलबन्दी बोल पत्र आह्वानको सूचना

Hilly Region Development Campaign (HRDC), Jajarkot

Details / requirements:

पहाडी क्षेत्र विकास अभिया, जाजरकोट

शिलबन्दी बोल पत्र आह्वानको सूचना

प्रथम पटक प्रकाशित मितिः २०८१ साउन १८ गते (२ अगष्ट २०२४०)

युनिसेफको आर्थिक सहयोग तथा मर्सी कोर्प्स  पहाडी क्षेत्र विकास अभियानको साझेदारीमा रुकुम पश्चिम जिल्लाको आठविसकोट नगरपालिकामा सञ्चालन भई रहेको JRAP (Joint Recovery Action Plan)  परियोना अन्तर्गत निमार्ण सामग्रीहरू खरिदका लागि मिति २०८१ साउन १८ गते प्रथम पटक प्रकाशित भएको शिलबन्दी बोल पत्र आह्वान गरिएको जानकारी गरिन्छ । त्यसैले शिलबन्दी दर भाउपत्र प्रकृयामा उल्लेखित शर्तअनुसार आपूर्ति गर्न इजाजत प्राप्त सम्बन्धित ईच्छुक स्थानिय राष्ट्रिय/कम्पनी, फर्म तथा आपूर्तिकर्ताबाट शिलबन्दी दरभाउपत्र पेश गर्नको लागि आह्वान गरिन्छ ।

नोट: बोलपत्र आपूर्तिकर्ताहरुको हकमा TOR, Code of conduct र स्व घोषणा पत्र पेश गर्नु पर्ने साथै Bid-Formशिलबन्दी बोलपत्र प्रतिक्रिया भरि तल उल्लेखित सम्पूर्ण कागजात सहित शिलबन्दी गरि पेश गर्नु पर्ने छ ।

बोलपत्रमा समाबेश गर्नुपर्ने कागजातहरू:

    १. कम्पनी दर्ता तथा नविकरणको प्रमाण पत्रहरू

    २. २०७९/२०८० आर्थिक वर्षको कर चुक्ताको प्रमाण पत्र

    ३. VAT दर्ताको प्रमाण पत्र

    ४. सहि छाप सहितको TOR, Bid-Form, सिलबन्दी बोलपत्र प्रतिक्रिया, Code of Conduct र स्वघोषणा पत्र

आवेदन दर्ता गर्ने प्रक्रिया:

शिलबन्दी दरभाउपत्र यो सूचना प्रकाशित भएको मितिले १५ औँ दिन भित्र अर्थात ३२ साउन २०८१ तदअनुसार १६ अगष्ट २०२४ दिनको १२:०० बजे भित्र पहाडी क्षेत्र विकास अभियान कार्यालय भेरी न.पा ४, जाजरकोटमा बुझाउनु पर्ने छ । खरिद गरिने सामग्रिको नाम विवरण, परिमाण, Technical Specification, बोल पत्रको आवेदन फाराम र शिलबन्दी बोलपत्र प्रतिक्रिया संस्थाको वेभसाइट https://hrdcjajarkot.org.np अथवा तल उल्लेखित लिङ्कहरूबाट डाउनलोड गर्न सकिने छ वा पहाडी क्षेत्र विकास अभियान जाजरकोटको कार्यालयबाट प्राप्त गर्न सकिनेछ ।

सिलबन्दी दरभाउपत्र बोलपत्र प्रतिक्रिया

BID FORM

  • शिलबन्दी बोलपत्र खोल्ने, मुल्याङ्कन तथा आपूर्तिकर्ता छनौट सम्बन्धि सम्पुर्ण अधिकार संस्थामा निहित रहनेछ । 
  • संस्थाको बाल संरक्षण नितिको पुर्ण रुपमा पालना गर्नुपर्नेछ र अनिवार्य रुपमा आपूर्तिकर्ताले हस्ताक्षर गरेको हुनुपर्ने छ ।
  • म्याद नाघी आएका तोकिएका मापदण्ड पुरा नभएका, रीत पुर्वक नआएका, पहिले कुनै कारणबाट कालो सुचीमा परेका सेवा प्रदायकहरूको दररेटलाई स्वीकृत गर्न सकिने छैन ।

भुक्तानी:

  • संलग्न विवरण बमोजिमको सम्पूर्ण सामाग्रिहरू उल्लेखित शर्तहरू पालना गरि पुर्ण रुपमा प्राप्त भइ सकेपछि मात्रै भुक्तानी गरिनेछ ।

थप जानकारीका लागि

पहाडी क्षेत्र विकास अभियान, खलंगा जाजरकोट

कार्यालयको सम्पर्क नं. ९८४४८४१७४८, ९८४९९८७२०९ र ०८९-४३००८९ मा फोन गरी जानकारी प्राप्त गर्न सकिन्छ ।

खरिद समिति

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 02 Aug, 2024
Apply Before 16 Aug, 2024
City Jajarkot