संवाददाता आवश्यकता सम्बन्धी सूचना

Association of Community Radio Broadcasters Nepal

Details / requirements:

संवाददाता आवश्यकता सम्बन्धी सूचना

सामुदायिक रेडियो प्रसारक संघ, नेपाल (अकोराव)द्वारा सञ्चालित सामुदायिक सूचना नेटवर्क (सीआईएन) देशभरिका ३८२ भन्दा बढि सामुदायिक रेडियोहरूको साझा रेडियो नेटवर्क हो । सीआईएनले सामुदायिक रेडियोहरूसँगको सहकार्यमा समाचार र रेडियो कार्यक्रमहरू उत्पादन प्रसारणका साथै सामुदायिक रेडियो प्रसारक संघको वार्षिक योजना तथा रणनीतिक योजना अनुसारको गतिविधीहरू गर्दै आएको छ । सामुदायिक सूचना नेटवर्क (सीआईएन)मा एकजना संवाददाता आवश्यक परेको हुँदा इच्छुक र योग्य व्यक्तिले आवेदन दिनुहोला ।

कार्यस्थल

सीआइएन (आवश्यकताअनुसार देशभर)

शैक्षिक योग्यता

पत्रकारिता, आमसञ्चार वा अन्य विषयमा कम्तीमा १२ कक्षा उत्तीर्ण गरेको ।

अनुभव

समाचार रिपोर्टिङ, लेखन तथा वाचन, रेडियो कार्यक्रम उत्पादनको कम्तीमा ३ वर्षको अनुभव भएको । रेडियो नेटवर्क, रेडियो र मल्टिमिडियामा काम गरेकोलाई विशेष ग्राह्यता दिइने । मल्टिमिडियामा दक्ष र अनुभवी भए झनै राम्रो ।

मूख्य काम

  • समाचार सङ्कलन र रेडियो रिपोर्ट निर्माण ।
  • फिल्ड र स्टुडियोमा अन्तरवार्ता ।।
  • ‘साझा खबर’ का लागि समाचार संकलन र वाचन ।
  • सीआईएनको वेवसेवा तथा अनलाइनका लागि समाचार सङ्कलन र लेखन ।
  • मल्टीमिडियाको काम ।
  • रेडियो कार्यक्रम उत्पादनका लागि तोकिए अनुसारको जिम्मेवारी पूरा गर्ने ।
  • रेडियो कार्यक्रमसँग जोडिएका गतिविधिमा सहभागी हुने, आवश्यकताअनुसार परियोजना क्षेत्र भ्रमण ।
  • रेडियोमा आवाज तथा ध्वनी सङ्कलनलगायत अडियो मिश्रण र सम्पादन ।

सेवा तथा सुविधा

अकोराब/सीआईएनको नियमानुसार ।

आवेदन पेश गर्ने समय र प्रकृया

माथि उल्लेखित अनुभव र योग्यता भएका योग्य र इच्छुक उमेद्वारले आफ्नो व्यक्तिगत विवरण (CV) सहित acorab@gmail.com मा २०८१ जेठ ६ गते बेलुका ५ वजे भित्रमा इमेल गर्नुहोला ।

योग्यता र अनुभव पुगेका महिला, दलित, मघेशी, आदिवासी जनजाति तथा सीमान्तकृत वर्ग तथा समूहका उमेद्वारलाई प्राथमिकता दिइने छ । पहिलो चरणमा छनोट भएकाहरुलाई मात्र लिखित तथा प्रयोगात्मक परीक्षामा सहभागी गराइने छ ।

Overview

Category Media / Journalism, Development and Project
Openings 1
Position Type Full Time
Experience 3+ years
Education Bachelors in Mass Comm. and Journalism
Posted Date 02 May, 2024
Apply Before 19 May, 2024
City Lalitpur