सवारी चालक

Safer Migration (SaMi) Programme

Details / requirements:

कर्मचारीहरूको आवश्यकता

सुरक्षित आप्रवासन (सामी) कार्यक्रम नेपाल सरकार र स्वीट्जरल्याण्ड सरकारको द्विपक्षीय पहल हो । यो कार्यक्रम संघ, प्रदेश र स्थानीय सरकारको साझेदारीमा कार्यान्यवन भइरहेको छ । कार्यक्रमलाई स्वीस सरकार विकास सहयोगको तर्फबाट हेल्भेटास नेपालले प्राविधिक सहयोग उपलब्ध गराइरहेको छ । यसै कार्यक्रम अन्तर्गत कर्णाली र सुदुरपश्चिम प्रदेशमा गरी जम्मा २ (दुई) जना हलुका सवारी चालकको आवश्यकता भएकाले तपशिल बमोजिमका योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट सो पदका लागि आवेदन आह्वान गरिन्छ ।

परियोजनाको नामसुरक्षित आप्रवासन (सामी) कार्यक्रम
पदसवारी चालक
कार्यक्रम अवधि१५ जुलाई, २०२८
कार्य क्षेत्रकर्णाली (सुर्खेत) र सुदुरपश्चिम (धनगढी) प्रदेश
संख्या२ जना
योग्यता तथा कार्य अनुभव

न्यूनतम् एस.एल.सी. उत्तीर्ण गरेको ।

कम्तिमा ३ वर्ष विभिन्न पहाडी तथा तराई जिल्लाहरूमा सवारी चलाएको अनुभव भएको ।

हलुका सवारी चालक प्रमाण पत्र प्राप्त गरेको ।

डाक्टरद्वारा आँखा जाँच गरी सवारी साधन चलाउन योग्य भएको प्रमाण पत्र प्राप्त गरेको ।

मुख्य जिम्मेवारीहरू

कर्मचारी, सवारी साधन र अन्य सामाग्रीहरूको सुरक्षाको सम्पूर्ण जिम्मेवारी लिई सवारी चलाउने ।

हेल्भेटास नेपालको सवारी साधनको सम्पुर्ण नियमहरू पालन गर्ने ।

सवारी साधनको नियमित मर्मत तथा संम्भार (सर्भिसिङ्) तथा आवधिक जाँच (माइलेज, इन्धन खपत, मेसिनको अवस्था आदि) गरी सवारी साधनलाई सधैं राम्रो र गुड्ने अवस्थामा राख्ने ।  

फिल्डमा जाँदा कर्मचारीहरूलाई आवश्यकता अनुसार सहयोग गर्ने ।

तलब तथा अन्य सुविधाहेल्भेटास नेपालको नियमानुसार
बुझाउनु पर्ने कागजातहरू(१) निवेदन, (२) नागरिकताको फोटोकपी, (३) व्यक्तिगत विवरण (बायोडाटा), (४) शैक्षिक योग्यता तथा अनुभवको प्रमाण पत्र, (५) तालिमका प्रमाणपत्र, (६) निरोगिता तथा आँखाको जाँच गरी सवारी साधन चलाउन योग्य भएको प्रमाण पत्र, र (७) हलुका चारपाङ्ग्रे सवारी साधनको लागि अद्यावधिक गरिएको सवारी चालक अनुमतिपत्रको प्रतिलिपि

माथि उल्लेखित योग्यता तथा कार्य अनुभव भएका इच्छुक आवेदकहरूले सामी/हेल्भेटास नेपाल, धोबिघाट, ललितपुर, पो.ब. नं. ६८८, काठमाडौंको कार्यालयमा वा इमेलः sami.np@helvetas.org मार्फत आवेदन दिन सक्नेछन् । सम्बन्धित प्रादेशिक बासिन्दालाई बिशेष ग्राहयता दिइनेछ ।

प्रारम्भिक छनौटमा पर्न सफल आवेदकहरूलाई मात्र परीक्षा र अन्तरवार्ताको लागि सम्पर्क गरिनेछ । कृपया टेलिफोनबाट कुनै पनि प्रकारको सोधपुछ नगर्नुहोला । कुनै पनि आवेदन वा सम्पूर्ण आवेदनहरू अस्वीकार गर्ने अधिकार हेल्भेटास नेपालमा सुरक्षित रहने छ ।

हेल्भेटास नेपालले कर्मचारीमा विविधताको प्रवर्द्धन गर्दछ र विभेदित समूहहरू (महिला, दलित, जनजाति, मधेशी/तराई, अन्य अल्पसंख्यक समुदायहरू ) का उम्मेदवारहरूप्रति सकरात्मक विभेद लागु गर्दछ ।

आवेदन बुझाउने अन्तिम मितिः २०८२/०७/१४ (अक्टोबर ३१, २०२५) गते सम्म ।

Overview

Category Driver
Openings 2
Position Type Contract
Experience 3+ years
Education SLC / SEE
Posted Date 13 Oct, 2025
Apply Before 31 Oct, 2025
City Dhangadhi, Surkhet