सीमा निगरानी सहजकर्ता (BSF)

Aafanta Nepal

Details / requirements:

आफन्त नेपाल

Vacancy No: 05/2025

Published Date: 18 June 2025

आफन्त नेपाल मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यको अभियानमा क्रियाशील एक राष्ट्रिय गैरसरकारी संस्था हो । वि.सं. २०६४ सालमा स्थापित यस संस्थाले नेपाल भारतको १२ वटा सीमानाकाका निगरानी केन्द्र मार्फत सीमा पार गर्न लागेका बालिका, किशोरी तथा महिलाहरुलाई बेचबिखनको जोखिमबाट बचाउन सूचना प्रवाह गर्ने, परामर्श दिने, बेचबिखनमा परेकालाई प्रहरीको सहायतामा उद्धार, संरक्षण, पारिवारिक पुनर्मिलन तथा पुनर्स्थापना मा सहायता गर्दै आएको छ । 

संस्थाले बेचबिखन र लैङ्गिक हिंसाका गतिविधिहरुलाई समुदायस्तरबाटै नियन्त्रण गर्ने उद्देश्यले महिला समूह, किशोरी समूह तथा पुरुष रक्षक समूह गठन र परिचालनमा सहजीकरणसमेत गर्दै आएको छ ।

संस्थाले आफन्त इंडिया फाउण्डेशनसँगको सहकार्यमा मानव बेचबिखन र ओसारपसारको जोखिममा परेका महिला तथा किशोरीहरुलाई भारत र अन्य मुलुकबाट उद्धार र स्वदेशफीर्तिमा पनि सहायता गर्दछ । 

उद्धार गरिएका,  अति विपन्न र जोखिममा परेका किशोरी तथा महिलाहरुलाई भरतपुर चितवनमा रहेको सुरक्षित आवास गृह मार्फत परामर्श र व्यावसायिक सीपमूलक तालिमहरु प्रदान गरी उनीहरुको आर्थिक–सामाजिक पुनर्स्थापना तथा जीवन रुपान्तरणको लागि कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

यस सस्थाको लागि देहाय बमोजिमको कर्मचारीको पदपूर्ति गर्नुपर्ने भएकोले तपसिल बमोजिमका योग्यता पुगेका ईच्छुक नेपाली नागरिकबाट आवेदनका लागि आव्हान गरिएको छ ।

पद: सीमा निगरानी सहजकर्ता (BSF)

काम गर्नुपर्ने स्थान: झापा, वीरगंज, धनुषा, महोत्तरी र कन्चनपुर

संख्या: ५ जना

न्यूनतम शैक्षिक योग्यता र अनुभव

शिक्षा: एसएलसी/एसईई उत्तीर्ण गरी मानव बेचबिखन तथा लैंगिक हिंसा विरुद्ध काम गरेको अनुभव भएको साथै सम्बन्धित जिल्ला स्थित आवाधिक आवास गृहमा बस्न सक्ने । स्थानीय भाषामा दख्खल भएकोलाई विशेष ग्राहेता दिइनेछ ।

सीप तथा अनुभव

  • कुशल सञ्चार र समन्वय गर्न सक्ने क्षमता भएको,  उच्च स्तरको सच्चरित्रता भएको र गोपनियता कायम राख्न सक्ने,
  • बेचबिखन/हिंसामा परेका/पर्न सक्ने सम्भावनामा रहेका व्यक्ति तथा समुदायको उत्थानमा विशेष चासो राख्ने,
  • हिंसाबाट प्रभावित व्यक्तिहरुसँगको कामको अनुभव भएको र 
  • मानव बेचबिखन तथा लैंगिक हिंसा प्रभावितहरुप्रति संवेदनशील, आशा र भरोसा जगाउन सक्ने क्षमता भएको,
  • मनोसामाजिक परामर्शको ज्ञान र सीप भएको,
  • नेपाली भाषाको राम्रो दख्खल भएको,
  • टोलीको भावना र मर्म अनुसार काम गर्न सक्ने, आत्मविश्वासी, सृजनशील, सकारात्मक सिकाइ प्रवृत्ति भएको,
  • आफन्त नेपालको मुल्य–मान्यता, दर्शन, तथा लक्ष्यप्रति प्रतिवद्ध भई प्रभावितहरुको जीवनको रुपान्तरणका लागि सेवा गर्न प्रतिवद्ध ।

माथि उल्लेखित योग्यता पुगेका नेपाली नागरिकले यही २०८२ असार १५ गते (29 June 2025) दिउँसो २:०० बजे भित्र jobs.kinnepal@gmail.com वा आफन्त नेपालको सम्बन्धित जिल्ला शाखा कार्यालयमा आइपुग्ने गरी आवेदनपत्र (Application Letter) मा आफूले कार्य गर्न चाहेको स्थान समेत उल्लेख गरी अध्यावधिक व्यक्तिगत विवरण (CV) पेश गर्नुहोला ।

छानिएका आवेदकहरुलाई मात्र छनौट प्रक्रियामा बोलाइने छ ।

छनौट गर्ने, नगर्ने, विज्ञापन स्थगित गर्ने वा रद्द गर्ने सम्पूर्ण अधिकार आफन्त नेपालमा निहित हुने छ ।

पुनश्च: बेचबिखन तथा हिंसाबाट प्रभावित योग्य व्यक्तिहरुको लागि शैक्षिक योग्यता बाधक हुने छैन ।

योग्य स्थानीय महिला तथा मानव बेचबिखन र लैंगिक हिंसाबाट प्रभावितहरुलाई विशेष प्राथामिकता दिइनेछ ।

Overview

Category Development Project, Development / NGO
Openings 5
Salary As per organization rules /
Position Type Full Time
Experience Please check vacancy details.
Education SLC / SEE
Posted Date 18 Jun, 2025
Apply Before 29 Jun, 2025
City Birgunj, Jhapa, Dhanusha, Kanchanpur, Mahottari