सिलबन्दी दरभाउपत्रको सूचना आव्हान
Details / requirements:
प्रथम पटक प्रकाशित मितिः २०८१ चैत्र ६ गते
दोश्रो पटक प्रकाशित मितिः २०८२ भाद्र ४ गते
सिलबन्दी दरभाउपत्रको सूचना आव्हान
यस कालिका स्वावलम्बन सामाजिक केन्द्र द्वारा संचालित परियोजनाको लागि तपसिल बमोजिमको निर्माण कार्य र सामाग्री तथा सेवा खरिद तथा निर्माण गर्नको लागि तल उल्लेखित शर्तहरुको अधिनमा रहने गरी इच्छुक तथा इजाजत प्राप्त नेपाली नागरिक व्यक्ति वा फर्महरुबाट फर्म पान/भ्याट दर्ताको प्रतिलिपी, घरेलु दर्ताको प्रतिलिपी तथा नबिकरण, आ.ब. २०८०।०८१ को करचुक्ता सहित पेश गर्नको लागि बोलपत्र आव्हान गरिन्छ ।
तपसिलः
१. Drinking Water Platform with Soak fit Construction
शर्तहरुः
१.निर्माणकर्ताले कार्यालयले उपलब्ध गराएको बोलपत्रमा आफुले तोकेको प्रति इकाई दर रेट (भ्याट सहित) भ्याट लाग्ने सामाग्रीमा मात्र प्रष्ट सँग उल्लेख गर्नुपर्नेछ साथै तोकेको दर रेट अनुसारको जम्मा रकम अङ्क र अक्षर दुबैमा उल्लेख गर्नु पर्नेछ । यदि कारणवश उल्लेख भएको जम्मा रकम नबुझिएमा अक्षरमा लेखिएको रकमलाई मान्यता दिइने छ ।
२.निर्माण गर्न खोजेको परिमाण कम या बढी हुन सक्नेछ ।
३.बोलपत्र दाताले सिलबन्दी बोलपत्र २०८२ भाद्र १० गते तदानुसार 26th August 2025 बेलुका ५ बजे भित्र कालिका स्वावलम्बन सामाजिक केन्द्र, कपिलवस्तु नगरपालिका ०३, कालिका गाँउमा स्थित कार्यालयमा ल्याई बुझाई सक्नु पर्नेछ । म्याद नाघेको, रित नपुगेको बोलपत्र उपर कुनै कारवाही गरिने छैन ।
४.इमेलबाट पठाइएको बोलपत्र स्वीकार गरिने छैन तसर्थ बोलपत्र फारम कार्यालय मै बुझाई दर्ता गराउनु पर्नेछ ।
५.प्राप्त बोलपत्रहरु खोलिने मिति र समय सम्बन्धित बोलपत्र दातालाई जानकारी गराईने छ । बोलपत्र दाता वा निजको प्रतिनिधीको अनुपस्थितमा पनि बोलपत्र खोल्न कुनै बाधा पुग्ने छैन ।
६.बोलपत्र स्विकृत गर्ने वा नगर्ने सम्पुर्ण अधिकार यस कार्यालयमा निहित रहने छ ।
७.माथि उल्लेखित भएका कुराहरु बाहेक अन्य कुरा प्रष्ट गर्नु परेमा निम्न ठेगानामा सम्पर्क राखी जानकारी लिन सकिने छ ।
८.माथि उल्लेखित सामाग्रीहरुको बोलपत्र फारम आवश्यक परेमा यस कार्यालयमा सम्पर्क गरी वा Jobs Nepal को अनलाइन पोर्टलबाट पनि डाउनलोड गर्न सकिन्छ ।
15. Financial Proposal - Hand Pump Platform - 20-08-2025.pdf
16.Self Declaration # स्व घोषणापत्र.docx
सम्पर्कः
खरिद तथा लिलाम उप-समिति
कालिका स्वावलम्बन सामाजिक केन्द्र
कपिलवस्तु नगरपालिका ०३, कालिका गाँउ, तौलिहवा
सम्पर्क नम्बरः ०७६-५६०२८२
Overview
Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
Position Type | Contract |
Posted Date | 20 Aug, 2025 |
Apply Before | 26 Aug, 2025 |
City | Kapilvastu |