स्कुटर खरिदको बोलपत्र आहवान सम्बन्धी सूचना ।
The Manavsewa Ashram is solely a non-profit social organization founded in Makwanpur, Hetauda, on 29 August, 2012, dedicated to making Nepal a 'street people free country' by helping the most vulnerable, impoverished, disabled, homeless, physically weak or mentally or psychologically challenged people who are forced to live miserable lives in the open sky street-banks and public places.
Details / requirements:
मानवसेवा आश्रम
(मानवता प्रवद्र्धन महाअभियान)
बागमती प्रदेश
काठमाडौँ
स्कुटर खरिदको बोलपत्र आहवान सम्बन्धी सूचना ।
प्रथम पटक प्रकाशित मितिः २०८२।०१।०६ गते
Contract ID No. : MSA/03/2081/82
हाल सञ्चालनमा रहेका मानवसेवा आश्रमका शाखाहरुको सेवा प्रभावकारी रूपमा सञ्चालन गर्नको लागि जम्मा २३ (तेइस) थान स्कुटरहरूको आवश्यकता परेकोले बिक्री गर्न इच्छुक आपूर्तिकर्ता/बिक्रेताहरूलाई यो सूचना प्रकाशिन भएको मितिले १५ (पन्ध्र) दिनभित्र कार्यालय समयभित्र बोलपत्र पेश गर्न अनुरोध गरिन्छ ।
बोलपत्र खरिद प्रक्रियाः
बोलपत्र खरिदका लागि, मानवसेवा आश्रमको NMB Bank Limited अन्तर्गत MANAVSEWA ASHRAM – PROCUREMENT DEPARTMENT खातामा, खाता नम्बर ०९०००७६४४७८०००२७ र शाखा कोड ०९० मा रू १,००० (अक्षरेपी एक हजार मात्र) जम्मा गरी प्राप्त नगद रसिद सहित बोलपत्र फाराम प्राप्त गर्न सकिनेछ ।
नगद रसिद जसको नाममा जारी गरिएको छ, सोही नाममा रहेको विक्रेताले मात्र बोलपत्रमा सहभागी हुन पाउनेछन् ।
मानवसेवा आश्रमको नियमानुसार, बोलपत्र दस्तुर रू १,००० (फिर्ता नहुने) बुझाई बोलपत्र फाराम कार्यालयबाट उपलब्ध गराइनेछ ।
यस खरिद प्रक्रियामा अधिकारिक बिक्रेताहरू (Sole Distributor ) मात्र सहभागी हुन पाउनेछन् ।
बोलपत्रमा संलग्न गर्नुपर्ने कागजातहरू ।
१. नवीकरण गरिएको फर्म वा कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि ।
२. मूल्य अभिवृद्धि कर (VAT) दर्ता प्रमाणपत्रको प्रतिलिपि ।
३. आ.व. २०८०/०८१ को कर चुक्ता प्रमाणपत्र वा म्याद थप भएको प्रमाणपत्र ।
४. खरिद कारवाहीमा नपरेको स्वयं घोषणा पत्र ।
५. रु १,००० (अक्षररुपी एक हजार मात्र) तिरेको नगद रसिद ।
विशेष जानकारीः
- सार्वजनिक बिदा परेको अवस्थामा बिदा समाप्त भएको पहिलो कार्यदिवस भित्र बोलपत्र पेश गर्न सकिनेछ ।
- बोलपत्र सूचना समाप्त भएको मितिले सात दिन भित्र अपराह्न २ः०० बजे, मानवसेवा आश्रम रानीवन शाखामा बोपपत्रदाताहरु समेतको प्रतिनिधिहरूको उपस्थितिमा खोलिनेछन् । प्रतिनिधिहरू उपस्थित नभएमा बोलपत्र खोल्न कुनै बाधा पर्ने छैन ।
- कार्यालयबाट उपलब्ध गराइएको स्पेशिफिकेसन अनुसार प्राप्त नभएका बोलपत्रमाथि कुनै कारबाही गरिने छैन ।
- कबुल गरेको दररेट अंक र अक्षरमा स्पष्ट बुझिने गर उल्लेख गर्नुपर्नेछ । अंक र अक्षरमा फरक परेमा अक्षरमा लेखिएको दरलाई मान्यता दिइनेछ ।
- बोलपत्र खोल्नुअघि सम्बन्धित पक्षहरूलाई जानकारी दिइनेछ ।
- बोलपत्र स्वीकृत वा अस्वीकृत गर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहनेछ ।
- थप जानकारीका लागि मानवसेवा आश्रम रानीवन शाखामा सम्पर्क गर्नुहोला ।
Overview
Category | Tender Notice, Bid Notice |
Position Type | Contract |
Position Level | Entry-level |
Posted Date | 20 May, 2025 |
Apply Before | 03 Jun, 2025 |
City | Kathmandu |