सूची दर्ता गराउने सम्बन्धी सूचना
Details / requirements:
सूची दर्ता गराउने सम्बन्धी सूचना
सूचना प्रकाशित मितिः २०८२/०८/१८
Centre for Mental Health & Counselling – Nepal
मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र – नेपाल (सी.एम.सी.–नेपाल)
थापाथली, काठमाडौं नेपाल
फोन नं. ०१–४१०२०३७, ५३२६०४१ फ्याक्स नं. ४१०२०३८
Email: cmcnepal@mos.com.np Webpage: www.cmcnepal.org.np
यस मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र–नेपाल मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगको क्षेत्रमा काम गर्ने राष्ट्रिय स्तरको गैर–सरकारी संस्था हो। संस्थाले मानसिक स्वास्थ्य तथा मनोसामाजिक सेवाको पहुँच स्थानीय तहसम्म विस्तार गर्न, जनचेतना अभिवृद्धि गर्न, स्वास्थ्यकर्मी, शिक्षक तथा अन्य संस्थाका कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्दै आइरहेको छ। साथै, मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरूको हक–अधिकारको वकालत, स्वावलम्बन समूहको गठन तथा सशक्तिकरणमा पनि संस्था सक्रिय छ।
आउँदो वर्ष २०२६ (इ.सं.) का लागि आवश्यक हुने सामान तथा सेवा आपूर्तिकर्ता फर्म तथा कम्पनीहरूको सूची दर्ता (Vendor Listing) गर्न इच्छुक रजिष्टर फर्म/कम्पनीहरूले यो सूचना प्रकाशित मितिले २१ दिनभित्र आवश्यक कागजातसहित छुट्टाछुट्टै आवेदन पेश गर्न सकिनेछ।
आवेदन सी.एम.सी.–नेपालको केन्द्रिय कार्यालय, थापाथली मा पेश गर्न सकिनेछ वा यस लिंकमा गएर विवरण भर्न सकिन्छः
👉 https://forms.gle/DcPVNRXurTSTSiPC8
म्याद नाघेर आएका आवेदनहरू स्वीकार गरिने छैनन्।
१) सूचीकृत गरिन लागिएका सामान तथा सेवाहरू
१. छपाइ सम्बन्धी सम्पूर्ण कार्य
२. स्टेशनरी तथा कार्यालय सञ्चालनसम्बन्धी सामग्री
३. ल्यापटप, टेलिफोन सेट, स्क्यानर, फोटोकपी मेसिन, प्रिन्टर कार्टेज/टोनर/रिफिल, स्पेयर पार्ट्स
४. कुरियर सेवा (आन्तरिक तथा बाह्य)
५. टिकटिङ, टुर तथा ट्राभल्स सेवा (आन्तरिक तथा बाह्य)
६. UPS तथा Inverter
७. बीमा सेवा (समूह स्वास्थ्य बीमा, मोटर बीमा, मार्गस्थ/नगद बीमा, सम्पत्ति बीमा, दुर्घटना बीमा आदि)
८. इन्टरनेट सेवा प्रदायक
९. विज्ञापन एजेन्सी
१०. फर्निचर तथा फर्निसिङ्ग–सम्बन्धी मर्मत तथा आपूर्ति
११. भेहिकल हायर तथा रेन्टल सेवा
१२. प्रमोशनल सामग्री (T-shirt, कापी, कलम, कप, ब्याग आदि)
१३. मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरूका लागि औषधी आपूर्ति सेवा
२) पेश गर्नुपर्ने कागजातहरू
१. फर्म/कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि
२. VAT/PAN दर्ता प्रमाणपत्रको प्रतिलिपि
३. आ.व. २०८१/८२ को कर चुक्ता वा कर विवरण दाखिला प्रमाणपत्र
४. आधिकारिक डिलर/वितरक भए सो प्रमाणित कागजात
३) अन्य जानकारी
प्राप्त आवेदनको आंशिक वा पूर्ण स्वीकृति/अस्वीकृतिको सम्पूर्ण अधिकार संस्थामा रहनेछ।
आवेदन दर्ता गराएको फर्म/कम्पनीलाई सूचीकृत गर्न संस्था बाध्य हुने छैन।
सूचीमा परेका फर्म/कम्पनीहरूसँग मात्र खरिद गर्न संस्था बाध्य हुने छैन।
Overview
| Category | |
| Posted Date | 04 Dec, 2025 |
| Apply Before | 24 Dec, 2025 |
| City |