Request for Quatation

Manavsewa Ashram

The Manavsewa Ashram is solely a non-profit social organization founded in Makwanpur, Hetauda, on 29 August, 2012, dedicated to making Nepal a 'street people free country' by helping the most vulnerable, impoverished, disabled, homeless, physically weak or mentally or psychologically challenged people who are forced to live miserable lives in the open sky street-banks and public places.

Details / requirements:



मानवसेवा आश्रम

(गैर–सरकारी संस्था)

मानव संसाधन आपूर्ति गर्न

सुचना  नं.: MSA/02/2083/84

सूचना प्रकाशन मिति: २०८३/०५/१५ गते (August 31, 2026 A.D.)

मानवसेवा आश्रम

मानवसेवा आश्रम विशुद्ध गैरनाफामूलक परोपकारी सामाजिक संस्था हो संवत् २०६९ सालदेखि मानवसेवाको क्षेत्रमा क्रियाशिल रही मिति २०७३/०४/०२ मा श्री काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा दर्ता भई आश्रमले खुला आकाशमुनी सडकपेटी एवं सार्वजनिक स्थलहरुमा अति कष्टपूर्ण जीवन विताउन विवश सहयोगापेक्षी सडकआश्रित (बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा अति कमजोर) मानवहरुको अविच्छिन्न रुपमा उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारि पुनर्मिलन गराउँदै आइरहेको

मानव संसाधन आपूर्ति सम्बन्धी

मानवसेवा आश्रमका विभिन्न शाखाहरूमा आवश्यक पर्ने विभिन्न प्रकारका कर्मचारी तथा जनशक्ति आपूर्ति गर्न इच्छुक मानव संसाधन सेवा प्रदायक कम्पनी/फर्म/संस्थाहरूबाट सेवा शुल्कसहितको दररेट (Quotation) पेश गर्न यो सूचना प्रकाशित गरिएको छ।

सेवा तथा शुल्क विवरण

क्र.सं.

सेवाको विवरण

शुल्क (प्रति व्यक्ति)

अनलाइन सूचना मात्र प्रकाशन गर्ने

रु. __________

सूचना प्रकाशन तथा उम्मेदवारको प्रारम्भिक छनोट (Shortlisting) गर्ने

रु. __________

सूचना प्रकाशनदेखि पहिलो अन्तर्वार्तासम्मको प्रक्रिया व्यवस्थापन गर्ने

रु. __________

मानवसेवा आश्रमको मागअनुसार योग्य उम्मेदवार उपलब्ध गराउने

रु. __________

पेश गर्नुपर्ने कागजातहरू

इच्छुक कम्पनी/फर्म/संस्थाहरूले निम्न कागजातहरू अनिवार्य रूपमा पेश गर्नुपर्नेछ:

कम्पनी/फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि।

VAT/PAN दर्ता प्रमाणपत्रको प्रतिलिपि।

आ.व. २०८1/८2 को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि।

संक्षिप्त कम्पनी प्रोफाइल/प्रस्ताव, जसमा निम्न विवरण समावेश हुनुपर्नेछ:

संस्थाको पृष्ठभूमि तथा स्थापनादेखि हालसम्मको विवरण।

हाल सेवा प्रदान गरिरहेका कम्तीमा २ वटा कम्पनी/फर्म/संस्थाको नाम तथा सम्पर्क विवरण

विगतमा प्रदान गरेका सम्बन्धित सेवाको संक्षिप्त विवरण।

नियम तथा शर्तहरू

आवेदन पेश गर्ने अन्तिम मिति २०८३/०५/३० गते (September 15, 2026 A.D.) हुनेछ। उक्त दिन सार्वजनिक बिदा परेमा त्यसपछिको पहिलो कार्यदिनलाई अन्तिम मिति मानिनेछ।

मानवसेवा आश्रमले कुनै कारण उल्लेख नगरी प्राप्त भएका कुनै पनि वा सबै प्रस्तावहरू पूर्ण वा आंशिक रूपमा स्वीकार वा अस्वीकार गर्ने अधिकार सुरक्षित राख्दछ।

पेश गरिएको दररेटमा लागू हुने सबै कर तथा अन्य शुल्क समावेश भएको हुनुपर्नेछ।

इच्छुक कम्पनी/फर्म/संस्थाले आवश्यक कागजातहरूको हार्ड कपी मानवसेवा आश्रमको कुनै पनि शाखामा वा Supplier.registration@msa.org.np इमेल ठेगानामा २०८३/०५/३० गते (September 15, 2026 A.D.) भित्र अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।

छनोट तथा सेवा सम्झौताको प्रक्रिया मानवसेवा आश्रमको आवश्यकता, मूल्याङ्कन तथा स्वीकृत प्रक्रियाअनुसार गरिनेछ।

 

आवेदन पेश गर्ने विवरण

(आपूर्तिकर्ता दर्ताको प्रयोजनका लागि मात्र)

आपूर्ति तथा प्रकाशन अधिकृत
पेश गर्ने ठेगाना: मानवसेवा आश्रमको कुनै पनि शाखा
इमेल: Supplier.registration@msa.org.np
सम्पर्क नम्बर: ९८५५०७६०८९, ९८५५०७६०७३, ९८५५०७६०२१

 

Overview

Category
Salary Rs. /
Posted Date 01 Sep, 2026
Apply Before 15 Sep, 2026
City Kathmandu