राहत सामग्री खरीद सम्बन्धि शिलवन्दी बोलपत्र आह्वानको सूचना

Nepal Red Cross Society - Karnali Province

Details / requirements:

नेपाल रेडक्रस सोसाइटी

कर्णाली प्रदेश कार्यालय

राहत सामग्री खरीद सम्बन्धि शिलवन्दी बोलपत्र आह्वानको सूचना

(पहिलो पटक सूचना प्रकाशित मितिः २०८३/०४/०८)

नेपाल रेडक्रस सोसाइटी, कणाली प्रदेशको मातहतमा बिरेन्द्रनगरको सुर्खेतमा अवस्थित कर्णाली प्रदेश गोदामघरमा भण्डारण गर्न तथा प्रदेशभित्रका संकटासन्न समुदायमा आपत्कालीन अवस्थामा तत्काल राहत उपलब्ध गराउने उद्देश्यले तपसिल बमोजिमका राहत सामग्रीहरु खरिद गर्नुपर्ने भएकाले इजाजत प्राप्त इच्छुक फर्म, कम्पनी तथा आपूतिकर्ताहरुबाट सिलबन्दी बोलपत्र आवह्वान गरिन्छ ।

१. खरिद गर्नुपर्ने राहत सामग्रीको विवरणः 

क्र.सं.सामग्रीको विवरण परिमाण
१.मर्यादित स्वच्छता सामग्री (Dignified Hygiene Kit) १५० सेट
२.फोम म्याट्रस (Foam Mattress)१५० पीस

२. बोलपत्रसम्बन्धी शर्त तथा प्रक्रियाहरु:

योग्यता तथा दर्ता : बोलपत्रदाता नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता भई मूल्य अभिवृद्धि कर (VAT) तथा स्थायी लेखा नम्बर (PAN) मा दर्ता भएको र अद्यावधिक कर चुक्ता प्रमाणपत्र (Tax Clearance) प्राप्त गरेको हुनुपर्नेछ ।

बोलपत्र फाराम प्राप्त गर्ने विधिः इच्छुक बोलपत्रदाताले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन अर्थात् मिति २०८३/०४/२२ गते २:०० वजे भित्र यस कार्यालयको सिद्धार्थ बैंक, सुर्खेतमा रहेको बचत खाता नम्बर ५५५०१३८४१८० मा बोलपत्र दस्तुर बापतको रकम रु. ४,०००/–(अक्षरेपी चार हजार मात्र) जम्मा गरेको भौचर वा नगदी रसिद सहित लिखित निवेदन पेश गरी बोलपत्र फाराम खरिद गर्न सक्नेछन् ।

बोलपत्र दर्ता : रीतपूर्वक भरिएको सिलबन्दी बोलपत्र फाराम मिति २०८३/०४/२२ गते दिनको ०५:०० बजे भित्र यस कार्यालयमा दर्ता गराउनु पर्नेछ । ढिलो गरी प्राप्त भएका बोलपत्रहरू उपर कुनै कारबाही गरिने छैन । बोलपत्र फारम बाहिर बोलपत्रदाताको नाम, ठेगाना, सम्पर्क नम्बर तथा फर्मको छाप अनिवार्य हुनुपर्नेछ । बोलपत्र फारम खाम बन्द गरी लाहा छापले शिलबन्द गरिएको हुनुपर्नेछ, अन्यथा कार्यालयले उक्त फारम दर्ता गर्न वाध्य हुने छैन ।

बोलपत्र खोल्ने : दर्ता हुन आएका बोलपत्रहरू बोलपत्रदाता वा निजको आधिकारिक प्रतिनिधिको उपस्थितिमा (उपस्थित नभए पनि बोलपत्र खोल्न बाधा पर्ने छैन)  मिति २०८३/०४/२५ गते दिनको २:०० बजे यसै कार्यालयमा खोलिनेछ । 

आवश्यक कागजातहरूः बोलपत्रको साथमा देहायका कागजातहरूको प्रमाणित प्रतिलिपि अनिवार्य रूपमा संलग्न हुनुपर्नेछः

क)  व्यावसायिक दर्ता प्रमाणपत्र नवीकरण भएको)  ।

ख)  स्थायी लेखा नम्बर (PAN) र VAT दर्ता प्रमाणपत्र । 

ग)  अद्यावधिक गरिएको कर चुक्ता प्रमाणपत्र । 

घ)  बोलपत्रदाता/प्रोप्राइटरको नागरिकताको प्रतिलिपि ।

ङ)  बोलपत्र जमानत (Bid Security) बापत बैंक ग्यारेन्टी वा नगद जम्मा गरेको बैंक भौचर

३. अन्य शर्तहरू : बोलपत्र फाराम स्वीकृत गर्ने वा नगर्ने अथवा आंशिक रूपमा स्वीकृत गर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहनेछ । यस सूचनामा उल्लेख नभएका अन्य कुराहरू नेपाल रेडक्रस सोसाइटीको खरिद नियमावली बमोजिम हुनेछ । 

थप जानकारीकालागि नेपाल रेडक्रस सोसाइटी, कर्णाली प्रदेश कार्यालय, विरेन्द्रनगर—७, आंखा अस्पताल चोक, सुर्खेत फोन नः ०८३–५९०२५५, ५९०२५६ मा वा कार्यालयको इमेल karnali.province@nrcs.org मा सम्पर्क गर्न सकिनेछ ।

Overview

Category Tender Notice, Bid Notice
Posted Date 30 Jul, 2026
Apply Before 07 Aug, 2026
City Birendranagar Surkhet