परियोजना संयोजक (Project Coordinator)

Jan Kalyan Yuwa Samittee

Details / requirements:

कर्मचारी आवश्यकता सम्वन्धी सूचना

दोस्रो पटक प्रकाशन मिति: २०८२/०१/१९ गते

गुजरा नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग तथा जनकल्याण यूवा समिती रौतहटको सहजिकरणमा संचालन गर्न प्रस्तावित  “कृषि तथा पशु विकासमा आधारित साना किसान तथा यूवा उद्यमशिलता साझेदारी परियोजना” को लागि तपशिलमा उल्लेखित पदका कर्मचारीहरुको आवश्यकता भएकाले यो सुचना प्रकाशन भएको मितिले ५ दिन भित्र दरखास्त दिनु हुन अनुरोध गरिन्छ । 

१. पद: परियोजना संयोजक: १ (एक) जना 

परियोजना क्षेत्र –  गुजरा नगरपालिका सवै वडाहरु 

न्युनतम योग्यता र कार्यअनुभव:

  • कृषि वा पशु चिकित्सा (भेट्नेरी) वा समाज शास्त्र, ग्रामिण विकास स्नातक तह उतिर्ण गरि कम्तीमा ३ वर्षको अनुभव भई सामुदायिक विकास, बाख्रा पालन, दुग्धउत्पादन, कृषि ,तरकारी आदिको मुल्यश्रृखलामा काम गरेको  अनुभव भएकालाई विशेष ग्राहयता दिईनेछ । 
  • योजना तर्जुमा, बजेट व्यवस्थापन, परियोजना व्यवस्थापन कार्यन्वयन, अनुगमन र प्रतिवेदन सम्वन्धमा ज्ञान सिप तथा अनुभव भएको ।
  • साना किसान सवलीकरण तथा उद्यमशीलता सम्वधमा अनुभव भएको ।
  • नेतृत्व क्षमता, कर्मचारी व्यवस्थापन, तालिम व्यवस्थापन तथा सहजिकरण, र प्रतिवेदन लेखनमा अनुभव भएको । 
  • कृषि तथा पशु  वस्तुमा आधारित व्यवसाय तथा उद्यमशीलतामा महिला तथा यूवाहरुको सहभागिता र सामाजिक परिचालनमा विशेष दक्षता भएको ।
  • परियोजना सरोकारवालाहरू, स्थानीय/प्रदेश सरकारहरू सँग समन्बय, सहकार्य र प्रतिवेदन लेख्न सक्ने क्षमता भएको ।
  • कम्प्युटरको Office Package (micro-soft word, excel, power point, English Nepali typing and  email internet) सम्वन्धी दक्षता भएको ।
  • परियोजना क्षेत्रमा (field based) कम्तीमा ७० प्रतिशत समय फिल्डमा काम गर्नुपर्ने ।
  • मोटर साईकल चलाउन सक्ने तथा लाईसेन्स भएको (मोटरसाईकल वा स्कुटी भएकोलाई ग्राहयता दिईनेछ)। 

नोट:

१. सेवा सुविधा: परियोजनको नियमानुसार हुनेछ ।

२. दरखास्त दिने अन्तीम मिती: सूचना प्रकाशन भएको मितिले ५ दिनको कार्यालय समय भित्र 

३. परिक्षाको किसिम: लिखित,अन्तवार्ता र आवश्यकता अनुसार प्रयोगात्मक ।

४. आवश्यक कागजातहरु: पदको आवेदन खुल्ने गरी निवेदन, व्यक्तिगत विवरण (बायोडाटा),शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र, सम्वन्धीत विषयको कार्यानुभवपत्र  अन्य कागजातहरुको प्रतिलिपी सहित तपसिलमा उल्लेखित जनकल्यण यूवा समिति, रौतहटको इमेल मार्फत वा सोको कार्यालय चन्द्रनिगाहपुर रौतहटमा दरखास्त बुझाउनु सकिनेछ । 

५. परियोजनाको कार्यक्षेत्र गुजरा नगरपालिकाको सबै वार्ड हुने छ ।

नोट: प्रारम्भीक छनौटमा परेका उम्मेद्वारहरुलाई मात्र लिखित तथा मौखिक परिक्षामा समावेश गराईनेछ । रित नपुगेका, म्याद नाघि आएका दरखास्त उपर कुनै कारवाही गरिने छैन ।

पदपुर्ति समिति

जनकल्यण यूवा समिति, रौतहट

सम्पर्क नं.: ९८४५१२७९७४,९८२७२९८३०५,९८४२६१२४५०

Email: jankalyanys@gmail.com

Overview

Category Agriculture + Livestock, Development and Project, Development / NGO
Openings 1
Salary As per organization rules /
Position Type Full Time
Experience 3+ years
Education Bachelor’s degree in Agriculture, Bachelor's degree in a related field, Bachelor’s Degree in Sociology
Posted Date 02 May, 2025
Apply Before 06 May, 2025
City Rautahat