प्रशिक्षक आवश्यकता सम्बन्धिको सूचना

Social Development Center

Social Development Centre (SDC) Mahottari is non-political and non-profitable NGO established in 1996 by a group of Terai marginalized group’s activists. Since then, SDC is fully dedicated to work in humanitarian assistance, community development, livelihood, Child Well Being, and environmental protection mainly in the Terai region of Nepal through the humanitarian and long-term development projects.

Details / requirements:

समाज विकास केन्द्र महोत्तरी 

प्रशिक्षक आवश्यकता सम्बन्धिको सूचना 

प्रथम पटक प्रकाशित (२०७९।०३।१५)

समाज विकास केन्द्र वि.सं. २०५३ सालमा जिल्ला प्रशासन कार्यालय महोत्तरी जलेश्वरमा दर्ता भई समाज कल्याण परिषदसंग आवद्ध भएको  गैरसरकारी संस्था हो । यस संस्थाले महोत्तरी जिल्लाका गाउँपालिका/नगरपालिकामा रहेका मुुस्लिम, दलित, महिला, बालबालिका पछाडी पारिएको समुदाय, अल्पसंख्यक समुदायहरुको हकअधिकार संरक्षण, प्रवद्र्धन तथा समस्याहरु रोकथाम र न्यूनिकरण गर्नका लागि विभिन्न दातृ निकायहरुसंगको सहकार्यमा स्वास्थ्य, शिक्षा, जिवीकोपार्जन, संग सम्बन्धित सचेतना÷प्रचार प्रसार, नियमित रुपमा सबै पक्षको सहभागितामूूलक तालिम गोष्ठि तथा साक्षरताका कार्यक्रमहरु संचालन गर्दै आईरहको छ ।

यस संस्थाद्धारा महोत्तरी जिल्लामा वल्र्ड भिजन ईन्टरनेशनल नेपाल संगको साझेदारीमा संचालन भईरहेको जिविकोपार्जनका लागि पशुपालन (Livestock for  Livelihood) अर्न्तगत सञ्चालन हुन गईरहेको बित्तिय साक्षरता सम्बन्धित तालिमका लागि प्रशिक्षक आवश्यकता परेको हुंदा यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र तल उल्लेखित न्यूनतम शैक्षिक योग्यता तथा अनुभव पुगेका ईच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरिन्छ । ईच्छुक व्यक्तिले रितपूर्वक आफनो आवेदन पत्र र, वास्तविक बायोडाटा यस संस्थाको केन्द्रिय कार्यालय जलेश्वरमा वा scm.sdcmahottari@gmail.com मा कार्यालय समय भित्र आई पुग्ने गरि पेश गर्नहुन सम्वन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

पद: प्रशिक्षक (Trainer) 

संख्या: केहि 

१. प्रमुख जिम्मेवारी:

  • मुख्य कार्य तथा औचित्य: कृषकहरुको आवस्यकताका आधारमा विषय वस्तुहरुको पहिचान गर्ने ।
  • तालिमको उद्देश्य प्रष्ट रुपमा खुलाउनु पर्ने ।
  • तालिममा सञ्चालन हुने विभिन्न कक्षाहरुको विषय वस्तुहरुको शिर्षक निर्धारण गर्ने ।
  • पहिचान भएको विषय वस्तुहरुलाई समाबेस गरी तालिमको पाठ्य समाग्री तायार गर्ने ।
  • पाठ्य समाग्री तायार गर्दा स्थानीय भाषा तथा नेपाली भाषामा तयार गर्नुपर्नेछ ।
  • तालिम स्थानिय भाषामा सञ्चालन गर्नुपर्नेछ । 
  • तालिम सञ्चालन विधी तथा अतिरिक्त क्रियाकलापहरु खुलाउनु पर्ने ।  
  • समाज विकास केन्दका कर्मचारीहरुको समन्वयमा तालिम सञ्चालन गर्ने ।

२. आवश्यक न्यूनतम शैक्षिक योग्यता र अनुभव: आवेदकको शैक्षिक योग्यता सम्बन्धित बिषयमा कम्तीमा स्नातक उत्रिर्ण  गरेको हुनुपर्नेछ । यसका साथै आवेदकसँग बित्तिय साक्षरता सम्बन्धि कृषकहरुलाई तालिम दिएको अनुभव हुनुपर्नेछ ।

३. तालिम संख्या: १ दिने वित्तिय साक्षरता तालिम, संख्याः केही ।

४. तालिम दिनुपर्ने स्थान: महोत्तरी जिल्ला सम्सी र एकडारा गाउँपालिका ।

५. पेश गर्नुपर्ने कागजातहरु: आवेदन पत्र, व्यक्तिगत प्यान नं., वास्तविक बायोडाटा, बुँदा नं १ मा उल्लेख भएवमोजिम विस्तृत पाठ्यसामाग्री सहित कार्यक्रमको प्रस्तावना र संस्थाले उपलव्ध गराएको ढाँचामा आर्थिक प्रस्तावना (ईमेलमा माग गरि) तल उल्लेखित मितिभित्र पेश गर्नुपर्नेछ । साथै Supplier code of conduct / consultant register form तल दिएको लिंक बाट प्राप्त गरि दस्खत र फारम भरि समयमा बुझाउनु पर्नेछ ।

Supplier Code of Conduct

Consultant register form

६. आवेदन सम्बन्धि थप जानकारी:

  • १८ बर्ष पुरा भई ६० बर्ष ननाघेको हुनु पर्नेछ ।
  • आवेदन दिने अन्तिम मिति: २०७९/३/२२ गते बेलुका को ५:०० वजेसम्म ।
  • छनौट मितिः २०७९/३/२७
  • छनौट प्रक्रिया: आवेदकको शैक्षिक योग्यता तथा अनुभव तथा प्रस्तावना विश्लेषणका आधारमा ।

दर्खास्त पेश गर्ने ठेगाना

समाज विकास केन्द्र महोत्तरी

केन्द्रिय कार्यालय जलेश्वर–२, महोत्तरी

सम्पर्क नं.: ९८०१६६६९२३, ९८०१६६६९२२

Overview

Category Trainer
Openings Few
Position Type Contract
Experience Please check details below.
Education Please check details below.
Posted Date 01 Jul, 2022
Apply Before 07 Jul, 2022
City Mohattari