Learn to Lead र EMPOWER परियोजनाका लागि सिलबन्दी दरभाउ पत्र आह्वानको सूचना

Karnali Community Development Centre

Details / requirements:

Karnali Community Development Centre (KCDC) Gamgadhi,Mugu

Learn to Lead र EMPOWER परियोजनाका लागि सिलबन्दी दरभाउ पत्र आह्वानको सूचना ।

(प्रथम पटक प्रकाशित मिति : २०८२/१२/२७ गते )

कर्णाली सामुदायिक विकास केन्द्र मगमढी, मुगुले Welthungerhilfe (WHH) नेपालको प्राविधिक सहयोगमा यस मुगु जिल्लाका २ वटा स्थानीय तहमा Learn to lead: Nurturing Young Minds in MuguEMPOWER परियोजना सञ्चालन गर्दै आइरहको छ । यसै सन्दर्भमा उक्त परियोजनाहरूको लागि आवश्यक पर्ने देहाय बमोजिमका सेवा तथा सामग्रीहरू खरिद गर्नु पर्ने भएकोले ईच्छुक इजाजत प्राप्त कम्पनी तथा सेवा प्रदायकहरूले  तपशिलको ठेगानामा आइपुग्ने गरी निम्न शर्तमा रहने गरी सिलबन्दी दरभाउ–पत्र पेश गर्नको लागि यो सुचना आह्वान गरिन्छ ।

क) तपशील 

१. आपूर्तिकर्ताले फर्म दर्ताको नविकरण गरिएका प्रमाणपत्रका प्रतिलिपि पेश गर्नु पर्ने छ  ।

२. आपूर्तिकर्ताले मूल्य अभिवृद्धि करदर्ता र आर्थिक वर्ष २०८१/८२ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि पेश गर्नु पर्ने छ ।

३. आपूर्तिकर्ताले व्यवसाय गर्न इजाजत प्राप्त प्रमाणपत्र तथा नविकरण प्रतिलिपि पेश गर्नु पर्ने छ ।

४. आपुर्तिकर्ताले  आपूले पेश गरेको सिलबन्दी पत्रको खामको बाहिर पट्टि स्पष्ट रूपमा कुन प्रयोजनका लागी पेश गर्न खाजेको, फर्मको नाम, ठेगाना, सम्पर्क नम्बर फर्मको छाप लगाइ पेश गर्नु पर्ने छ ।

५. आपुर्तिकर्ताले पेश गरेको सिलबन्दी पत्रमा तोकिएको बमोजिमका विवरणहरु म्याद नागी आएको, दरभाउ राख्न छुटेका तथा माग बमोजिमका कागजपत्र संलग्न नभएको सो उपर संस्थाले कुनै कारवाही गर्ने छैन ।

६. पेश भएका सिलबन्दी दरभाउ पत्र कारण खुलाइ वा नखुलाई पुरै वा आशिंक रूपमा स्वीकार गर्ने अधिकार पूर्ण रूपमा संस्थामा निहिन रहने छ ।

ख) आवश्यक आपूर्ति सामाग्री तथा सेवाहरू 

१. ICT सामाग्रीहरू । (Laptop, Camera, Projector and Printer)

२. कार्यालय प्रयोजनका लागी आबश्यक सामग्रीहरू । (Revolving Chair, Table, Carpet, Curtain, Dustbin, Notice Board and Wall Clock.)

३.मोटरबाईक । 

दरभाउपत्र पेश गर्ने प्रक्रिया :

माथि उल्लेखित वस्तुहरूको विशिष्टिकरण विवरण (technical Specification) तथा कोटेसन भर्ने फारम संस्थाको इमेल procurementkcdc@gmail.com वा कार्यालय बाट प्राप्त गर्न सकिनेछ ।

उपरोत बमोजिमको सिलबन्दी दरभाउ पत्र यो सुचना प्रकाशित भएको मितिले ७ दिन भित्र आर्थात २०८३/०१/०३ गते तद् अनुसार १६ अप्रील २०२६ मा कार्यालय समयभित्र संस्थाको इमेल procurementkcdc@gmail.com मार्फत वा कर्णाली सामुदायिक विकास केन्द्र गमगढी, मुगुमा पेश गर्नु पर्नेछ ।

थप जानकारीको लागि:

कर्णाली सामुदायिक विकास केन्द्र गमगढी, मुगु सम्पर्क न. ०८७–४६०२४४/९८४८३२२०८५  मा सम्पर्क गर्न सकिनेछ । आपुर्तिकर्ता छनौट गर्ने वा नगर्ने सम्पूर्ण अधिकार संस्थामा निहित रहने छ । र यो सुचना www.JobsNepal.com मा गएर पनि हेर्न सकिन्छ ।

LINKS:

Motorbike_BOQ

ICT Materials BOQ L2L

Office Setup BOQ - EMPOWER

Office Setup BOQ L2L

ICT Materials BOQ EMPOWER 

Head Office: Chhayanthrara Municipality-1 Gamgadhi, Mugu.

Tel:977-087-460244/9848322085

Email: kcdcmugu@gmail.com

Website: www.kcdcmugu.org.np

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 10 Apr, 2026
Apply Before 16 Apr, 2026
City Mugu