कार्यालय सहायक (Office Assistant)

JuRI-Nepal

Details / requirements:

कार्यालय सहायक (पद-१) को आवश्यकता

न्याय तथा अधिकार संस्था-नेपाल (जुरी-नेपाल) न्याय, कानून तथा मानवअधिकारको क्षेत्रमा कार्य गर्ने उद्देश्यले स्थापित  एक गैरसरकारी तथा सामाजिक संस्था हो ।

ललितपुर जिल्लामा दर्ता भई सञ्चालनमा रहेको यस संस्थालाई एक कार्यालय सहायकको आवश्यकता परेको हुँदा तपसिल बमोजिमको योग्यता र सिप भएका योग्य उम्मेवारहरुलाई दरखास्त आव्हानको लागि यो सूचना प्रकाशित गरिएको छ । 

पद: कार्यालय सहायक

कार्यस्थल: ज्वागल, ललितपुर 

अवधि: १ बर्ष (कार्यसम्पादनका आधारमा अवधि बढाउन सकिनेछ)

सेवा तथा सुविधा: दुई पक्षको आपसी छलफलबाट संस्थाको नियमावली अनुसार हुनेछ ।

न्यूनतम योग्यता र मुख्य कार्य विवरणहरु:

न्यूनतम शैक्षिक योग्यता: व्यवस्थापन विषयमा १२ कक्षा वा सो सरहको शैक्षिक तह उत्तिर्ण गरी कम्तिमा १ बर्ष कुनै गैर सरकारी वा सार्वजनिक संस्थामा कार्य गरेको अनुभव । गैर सरकारी तथा सामाजिक संस्थामा कार्य गरेको व्यक्तिलाई विशेष प्राथमिकता दिइनेछ ।

आवश्यक अनिवार्य सिपहरु:

  • स्कुटर/मोटरसाईकल चलाउन सक्ने र सो को अनुमति भएको हुनुपर्ने । 
  • कम्प्यूटरको आधारभूत तालिम लिएको, Word, Excel, PowerPoint, e-mail, Internet आदि चलाउन जान्ने साथै अंग्रेजी र नेपाली दुवै टाईप गर्न सक्ने । 
  • TDS online entry र verified process वारे जानकार भएको ।
  • FAMAS accounting software चलाउन जान्नेलाई विशेष प्राथमिकता दिइनेछ ।

मुख्य कार्यहरु:

  • संस्थाको दैनिक कार्य संचालन र संस्थाद्धारा सञ्चालित कार्यक्रम तथा परियोजनाको व्यवस्थापनका लागि सहयोगीको भूमिका निर्वाह गर्ने । 
  • लेखा तथा प्रशासकीय अधिकृत वा प्रमुखलाई कार्यालय सञ्चालनका सन्दर्भमा आवश्यक सहयोग गर्ने ।
  • आवधिकरुपमा TDS online entry and verfied गर्ने ।
  • आवधिकरुपमा EPF, Gratuity, CIT online entry and Verified गर्ने । 
  • संस्थाको लेखा व्यवस्थापन तथा बाह्य पत्राचारका लागि आवश्यक निकायहरुमा जाने । 
  • समयमा कार्यालय खोल्नुका साथै कार्यालय समयपछि कार्यालय बन्द गर्ने र अन्य संस्थागत हितका कार्य गर्ने । 
  • कार्यकारी निर्देशक, उप कार्यकारी निर्देशक, परियोजना प्रमुख, कार्यक्रम अधिकृत, लेखा तथा प्रशासकीय संयोजक, र अन्य कर्मचारीले तोके बमोजिमका अन्य कार्यहरु गर्ने ।

माथि उल्लेखित तोकिएको योग्यता पुगेका नेपाली नागरिकले मिति २०८० माघ २९ गते वेलुकाको ५ बजेभित्र ललितपुर-१०, ज्वागल, यूएनपार्क लेनमा रहेको यस संस्थाको कार्यालय वा info@jurinepal.org.np मा ईमेलमार्फत आफ्नो तत्कालको फोटोसहितको व्यक्तिगत विवरण (बायोडाटा), स्कुटर/मोटरसाईकलको लाईसेन्सको प्रतिलिपी र निवेदन पेश गर्नुहुन अनुरोध छ । छनौट लिखित र अन्तर्वार्ता प्रक्रियाद्धारा गरिनेछ ।

पहिलो चरणको छनौटसूचीमा परेका उम्मेदवारहरुलाई मात्र सम्पर्क गरिनेछ । यस सूचनासंग सम्वन्धित सम्पूर्ण निर्णयको अधिकार जुरी नेपालसंग निहित हुनेछ ।

महिला, दलित तथा सिमान्तकृत वर्ग तथा समूदायका व्यक्तिहरुलाई आवेदन दिनका लागि विशेष प्रोत्साहित गर्दछौं ।

Overview

Category Development and Project, Development / NGO, Office Assistant
Openings 1
Position Type Full Time
Experience 1+ years
Education 10+2 in management
Posted Date 01 Feb, 2024
Apply Before 12 Feb, 2024
City Lalitpur