कोटेशन आह्वान गरिएको सूचना
Details / requirements:
कोटेशन आह्वान गरिएको सूचना
(प्रथम पटक प्रकाशित मिति २०८३/०१/०४)
राष्ट्रिय कृषक समूहमहासंघ नेपालद्धारा एफ.ए.ओ.सँगको साझेदारीमा संचालन भईरहेको कृषिवन सहज कार्यक्रम अन्तर्गत महोतरी जिल्लाको बर्दिबास गाउँपालिकावडा नं.–१० , अवस्थित रहेको ज्योति सामाजिक उद्घमी सहकारी संस्थाद्धारा तपशिल बमोजिमको Bill of Quantity -BOQ मा आधारित तरकारी संकलन केन्द्र निर्माण गर्ने भएकोले मूल्य अभिवृद्धि करमा दर्ता भएका इच्छुक तथा योग्य निर्माण सेवा तथा निर्माण व्यवसायीहरूबाट यो सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र तपसिलको शर्त बमोजिम -BOQ) फर्मेटमा दरभाउ तथा शर्तहरू उल्लेख गरि कार्यालय समय भित्र कार्यलयमा उपस्थित भई वा ईमेल ठेगाना vacancy.nfgf@gmail.com मार्फत कोटेशन पेश गर्नु हुन यो सूचना प्रकाशन गरिएको छ ।
| क्र.स. | कामको विवरण | स्थान | संरचना | कैफियत |
| १ | ज्योति सामाजिक उद्घमी महिला सहकारी संस्थाको तरकारी संकलन केन्द्र निर्माण | बर्दिबास गाउँपालिका वडा नं.१०, महोतरी | डिजाईन र नक्शाको अधारमा संरचना निमाण गर्ने |
१. इच्छुकनिर्माण सेवा तथा निर्माण व्यवसायीहरुले महासंघको कार्यालयमा उपस्थित भई वा ईमेल vacancy.nfgf@gmail.com मार्फत यसै साथ संलग्न गरिएको कोटेशन फर्मेटमा दरभाउ तथा शर्तनामाहरू उल्लेख गरी यो सूचना प्रकाशित भएको मितिले ७ औं दिन (मिति २०८३ साल वैसाख महिनाको १० गते २:०० बजे भित्र यस महासंघको कार्यालयमा कोटेशन दरभाउ उल्लेख गरी पेश गर्न सकिने छ ।
२. कोटेशन पेशगर्दा फर्म दर्ता प्रमाण–पत्रको प्रतिलिपि १ थान, फर्म भ्याटमा दर्ता भएको प्रमाण–पत्रको प्रतिलिपि १थान, आर्थिक वर्ष २०८१/०८२ को करचुक्ता प्रमाण पत्रको प्रतिलिपि १थानव्यावसायीको नागरिकता प्रमाण पत्रको प्रतिलिपी १थान, बैकखाता नं., सम्पर्क नं., ईमेल ठेगाना संलग्न गरी पेश गर्नु पर्नेछ । कोटेशन खामबाहिर कोटेशन दाताको नाम, ठेगाना, सम्पर्क नम्बर तथाफर्मको छाप अनिवार्य हुनुपर्नेछ ।
३. कोटेशन फाराममा उल्लेखित प्रत्येक निर्माण कार्यको दररेट अंक र अक्षर दुबैमा स्पष्ट लेखिएको हुनु पर्नेछ । अंक र अक्षर बीच फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइनेछ । केरमेट वा टिपेक्स लागेको अंकमान्यहुने छैन ।
४. पेश गरिएका कोटेशनहरू यो सूचना प्रकाशन भएको ७ औं दिन मिति २०८३ साल वैसाख महिनाको ११ गते दिउँसो ३:०० बजे संस्थाका प्रतिनिधीहरू उपस्थितीमा यस संस्थाको कार्यालयमा खोलिनेछ ।
५. म्याद नाघी वा रित नपूगी आएका कोटेशन उपर कुनै कारबाही हुने छैन । थप जानकारी आवश्यक परेमा तल उल्लेखित फोन नम्बरमा कार्यालय समयभित्र सम्पर्क गर्न सकिनेछ ।
६. अन्य शर्तनामाहरु राष्ट्रिय कृषक समूह महासंघ नेपालको सामग्री खरिद नीति नियमावली र नेपाल सरकारको प्रचलीत कानून बमोजिम हुनेछ । सर्वाधिकार राष्ट्रिय कृषक समूह महासंघ नेपालमा नीहित रहेको छ ।
Link: Bill of Quantity (BOQ)
कोटेशन प्राप्तगर्ने र पेशगर्ने ठेगानाः
राष्ट्रिय कृषक समूह महासंघ नेपाल,
मध्य वानेश्वर, काठमाण्डौं
फोन न. ०१–४१०५०१८ , ०१–४१०५०७९
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 17 Apr, 2026 |
| Apply Before | 23 Apr, 2026 |
| City | Mahottari |