कर्मचारी पदपूर्ति सम्बन्धि सूचना

Protection Nepal

Details / requirements:

संरक्षण नेपाल, बारा

कर्मचारी पदपूर्ति सम्बन्धि सूचना

प्रथम पटक सूचना प्रकाशन मिति: ५ असार २०८३, (१९ जुन २०२६)

संरक्षण नेपाल सन् २००२ मा स्थापना भएको एक गैरराजनीतिक, धर्मनिरपेक्ष र गैर नाफामुखी संस्था हो जसको मुख्य कार्यालय बारा जिल्लाको कलैयामा रहेको छ । यस संस्थाले नेपालको तराई क्षेत्रमा बाल, युवा तथा महिलाहरूको हकहित, संरक्षण, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ र मानवीय सहायताको विषयगत क्षेत्रहरू काम गर्दै आएको एक अग्रणी संस्था हो ।  यसले गरिब, जोखिममा परेका, सीमान्तकृत, सामाजिक रूपमा बहिष्कृत समुदाय र बालबालिका, युवा, महिला समेतको लागि विभिन्न दातृ निकायहरूको सहयोगमा सामाजिक र आर्थिक विकासलाई प्रोत्साहित गर्न र उनीहरूको अधिकार, मानव कल्याण र हितलाई कायम राख्न काम गर्दछ ।

CARE Nepal, iDE Nepal को सयुक्त साझेदारीमा संरक्षण नेपालको सहजिकरणमा Nurture Every Future-Poshan Project रौतहट जिल्लाको ५ वटा नगरपालिकाहरूमा खाद्य सुरक्षा, पोषण, स्वास्थ्य, खानेपानी, सरसफाई तथा स्वच्छता, बजारिकरण, लैगिक समानता र सामाजिक समावेशिकरण र लक्ष्ति बर्गहरूको व्यवहारमा रुपान्तरण गर्दै उनीहरूको पुर्ण क्षमताको बिकास गर्नु रहेको छ ।

Care Nepal र iDE Nepal सँगको साझेदारीमा संरक्षण नेपाल संस्थाले (रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका, गरुडा नगरपालिका, कटहरिया नगरपालिका, राजदेवी नगरपालिका र ईशनाथ नगरपालिकामा) Nurture Every Future-Poshan परियोजना चल्दै आईरहको छ । यस परियोजनाका लागि तपसिल अनुसारका कर्मचारीहरूको आवश्यकता परेकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरिएको छ ।

तपसिलका कर्मचारीहरूको पद तथा योग्यता, अनुभव र सिप:

क्र.सपदपद संख्यायोग्यतायोग्यता, अनुभव र सिप

Clinical Support Officer

(क्लिनिकल सहयोग  अधिकृत)

स्नातकोत्तर / स्नातक तह

मान्यता प्राप्त शैक्षिक संस्थाबाट नर्सिङ्ग विषयमा स्नाकोक्तर  तह उत्तिर्ण गरी सम्बन्धित क्षेत्रमा २ वर्ष कार्य अनुभव वा मान्यता प्राप्त शैक्षिक संस्थाबाट नर्सिङ्ग विषयमा स्नातक तह उत्तिर्ण गरी सम्बन्धित क्षेत्रमा ३ वर्ष कार्य अनुभव भएको हुनुपर्ने ।

Link: JD for Clinical Support Officer

Field Officer

क्षेत्र अधिकृत (पालिका स्तरीय)

स्नातकोत्तर / स्नातक तह

मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्नातकोत्तर तह Public Health, Nutrition, Agriculture, Social Sciences or related field र Public स्वास्थय, जीविकोपार्जन र स्थानीय शासनमा न्युनतम २ वर्षको कार्य अनुभव र स्नातक तह  Public Health, Nutrition, Agriculture, Social Sciences or related field र Public स्वास्थय, जीविकोपार्जन र स्थानीय शासनमा न्युनतम ३ वर्षको कार्य अनुभव भएको हुनुपर्ने छ ।

Link: JD for Field Officer

 Agriculture Officer

(कृषि अधिकृत)

स्नातकोत्तर / स्नातक तह

मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्नातक तह कृषी बिज्ञान (Agriculture) वा सो सरह विषयमा स्नातकोत्तर तह उत्तिर्ण गरी सम्बन्धित क्षेत्रमा २ वर्ष कार्य अनुभव वा मान्यता प्राप्त शैक्षिक संस्थाबाट कृषि बिज्ञान (Agriculture) वा सरह विषयमा स्नातक तह उत्तिर्ण गरी सम्बन्धित क्षेत्रमा ३ वर्ष कार्य अनुभव भएको हुनुपर्ने ।

Link: JD for Agriculture Officer

Agriculture, Livelihood and Marketing Facilitator

(कृषि, जीविकोपार्जन तथा बजारीकरण सहजकर्ता ) 

प्रविणता प्रमाण पत्र तह

कृषि विषयमा प्रमाण पत्र तह, ISC Agriculture वा जे.टि./जे.टी.ए. उतीर्ण भई सम्बन्धित पदमा रहि कम्तिमा २ वर्षको कार्य अनुभव भएको हुनुपर्ने ।

Link: JD for Agriculture, Livelihood and Marketing Facilitator

Health and WASH Facilitator

(स्वास्थय तथा खानेपनी सरसफाइ सहजकर्ता)


मान्यता प्राप्त शैक्षिक संस्थाबाट (Health Assistant (HA)/Staff Nurse) वा नर्सिङ्ग विषयमा स्नातकोत्तर तह उत्तिर्ण गरी सम्बन्धित क्षेत्रमा २ वर्ष कार्य अनुभव वा मान्यता प्राप्त शैक्षिक संस्थाबाट अनमी सि एम ए (ANM/CMA) उत्तिर्ण गरी सम्बन्धित क्षेत्रमा ३ वर्ष कार्य अनुभव भएको हुनुपर्ने ।

Link: JD for Health and WASH Facilitator

नोट: महिला, दलित, सिमान्तकृत र स्थानीय उम्मेदवारलाई छनौट प्रक्रियामा थप प्रोत्साहन दिइने छ । 

दरखास्तमा समावेश गर्नुपर्ने कागजातहरू:

आवश्यक कागजात

१. नेपाली नागरिकताको प्रमाण पत्र

४. शैक्षिक प्रमाण पत्रको प्रतिलिपि

३. यस भन्दा अघि काम गरेको अनुभव (Experience letter) को साथमा नियुक्तिपत्र ।

४. अद्यावधिक गरेको २ जना रेफरेन्स व्यक्ति सहितको आवेदकको विस्तृत वायोडाटा (CV) 

५. आवेदन पत्र सहित हाल सालै खिचेको फोटो (PN_Job Application Form.doc)

६. छनौटको किसिमः लिखित तथा अन्तरवार्ता (दुवै)-Physically

आवेदन गर्ने प्रकृयाः

माथि उल्लेखित कागजात सहित कार्यालयमा स्वयम वा प्रतिनिधि उपस्थित भई वा ईमेल vacancy.pnbara@gmail.com मार्फत दरखास्त दिन सकिनेछ । म्याद नाघी आएका, तोकिएको शैक्षिक योग्यता नपुगेका, अनुभव नपुगेका, तोकिएका मापदण्ड पुरा नभएका वा रित पुरा नगरेका निवेदनहरू स्वीकृति गर्न संस्था वाध्य हुनेछैन । संस्थाले पूर्ण वा आशिंक कुनै पनि आवेदन विना शर्त स्वीकृत गर्ने वा नगर्ने अधिकार आफूमा निहित गर्दछ । कृपया आवेदनमा आफूले आवेदन दिएको ........ पदको लागि आवेदन भनेर खुलाउनु होला ।

प्रारम्भिक छनौटमा परेका उम्मेदवारहरूलाई मात्र लिखित तथा मौखिक छनौंट प्रक्रियामा समावेश गरिनेछ । समाजमा पछाडि पारिएका महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति, सिमान्तकृत वर्गलाई दरखास्त पेश गर्नका लागि विशेष प्रोत्साहित गरिन्छ । यस संस्था यौन उत्पीडन, शोषण र दुर्व्यवहार र बाल दुर्व्यवहार रोक्नका लागि संस्थाको सुंरक्षा नीति तथा अन्य सम्बन्धित नीतिहरू सहित प्रतिबद्ध रहेको छ । यदि आवेदन दिने व्यक्तिको यस संस्थामा कुनै नाता लाग्ने व्यक्ति वा कुनै स्वार्थको द्वन्द्व (Conflict of Interest) छ भने आवेदनको साथमा उल्लेख तथा स्व-घोषणा गर्नुहुन समेत जानकारी गराइन्छ । स्थानिय आवेदकहरूलाई प्राथमिकता दिईनेछ ।

दरखास्त दिने अन्तिम मितिः इच्छुक उम्मेदवारहरूलाई आफ्नो आवेदन अद्यावधिक गरिएको biodata सहित १० दिन भित्र १४ असार २०८३ (२८ जुन २०२५) बेलुका ०५:०० बजेसम्म पेश गर्न अनुरोध गरिन्छ । यदि सो दिन सार्वजनिक बिदा परेमा त्यस लगत्तै कार्यालय खुल्ने दिनको ५:०० बजे सम्म आवेदन दिन सकिनेछ । यदि कुनै कुरा बुझ्न परेमा माथि उल्लेखित इमेल वा तल उल्लेखित फोन नं. मा सम्पर्क गर्न सक्नुहुनेछ ।

आवेदन दिने ठेगाना:

संरक्षण नेपाल

कलैया, बारा

फोन नः ०५५–५९०९७१

वा

ईमेल ठेगाना: vacancy.pnbara@gmail.com

कार्यशक्तिको विविधताको कदर गर्दै, संरक्षण नेपालले महिला र जातीय अल्पसंख्यकहरूलाई आवेदन दिन दृढतापूर्वक प्रोत्साहित गर्दछ ।

Overview

Category Agriculture, Public Health, Technical, Social Science, Development Project, Nursing, Nutrition
Position Type Full Time
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 19 Jun, 2026
Apply Before 28 Jun, 2026
City Bara