कर्मचारी आवश्यकता सम्बन्धी सूचना

Rukumeli Social Development Centre,Rukum.

Details / requirements:

कर्मचारी आवश्यकता सम्बन्धी सूचना

(प्रथम पटक प्रकाशित)

प्रस्तुत विषयमा रुकुमेली समाज बिकास केन्द्र (RSDC) रुकुम पश्चिमको मिति २०८२ आश्विन २१ गते बसेको पदपुर्ति समितिको बैठकको निर्णय अनुसार हेल्भेटास नेपाल र रुकुमेली समाज बिकास केन्द्र (RSDC) रुकुम पश्चिमको साझेदारीमा संचालन हुन् गईरहेको जाजरकोट जिल्लाको भेरी नगरपालिका, छेडागाड नगरपालिका, बारेकोट गाउपालिका, शिवालय गाउपालिका र रुकुम पश्चिम जिल्लाको आठबिसकोट नगरपालिकामा संचालन हुन गईरहेको एकीकृत जलस्रोत व्यवस्थापन (IWRM) कार्यक्रमको लागि तपशिलमा उल्लेखित कर्मचारीहरु आवश्यक परेकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट आवेदन आव्हान गरिन्छ ।

१ )     पदः प्राविधिक सहजकर्ता (Technical Facilitator )

    विज्ञापन नं ०१/२०८२/०८३ 

    कार्यक्रमः एकीकृत जलश्रोत व्यवस्थापन (IWRM) कार्यक्रम

    आवश्यक संख्याः ५ जना

    कार्यस्थलः  

    जाजरकोट- भेरी नगरपालिका, छेडागाड नगरपालिका, बारेकोट गाउपालिका, शिवालय गाउपालिका 

    रुकुम पश्चिम- आठबिसकोट नगरपालिका

आवश्यक शैक्षिक योग्यता तथा अनुभव

  • मान्यता प्राप्त प्राविधिक शिक्षालयबाट सिभिल इञ्जिनियरिङ विषयमा प्रि-डिप्लोमा (असिस्टेन्ट सब-इन्जीनियर) उत्तीर्ण गरी खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) क्षेत्रमा कम्तीमा दुई वर्षको अनुभव सहित जम्मा तीन वर्षको कार्यअनुभव भएको,
  • सबै उपकरणहरू (GPS, Abney level, Auto level, Smart phone) प्रयोग गर्न सक्ने।
  • खानेपानी तथा सरसफाइ योजनाहरूको सर्वेक्षण, डिजाइन, लागत इस्टिमेट तथा निर्माण कार्यको कार्य प्रगति को (MB) तयार गर्न वा सोका लागि फिल्ड संयोजक (प्राविधिक) लाई आवश्यक सहयोग गर्न सक्ने।
  • समुदाय, उपभोक्ता समिति र संस्थासँग इमान्दारिता र पारदर्शिता प्रदर्शन गर्न सक्ने र लैङ्गिक तथा समावेशीका सवालमा सचेत भएको। समुदाय परिचालनमा दखल भएको ।
  • अन्य सीपहरूमा  समय व्यवस्थापन, टिम व्यवस्थापन, सिक्ने सिकाउने मनोवृत्ति, परिणाममुखी र भौगोलिक रूपमा  ग्रामिण  क्षेत्रमा काम  गर्न रुचि भएको।

२)     पदः सामाजिक सहजकर्ता (Community Facilitator  )

विज्ञापन नं ०२/२०८२/०८३ 

कार्यक्रमः एकीकृत जलश्रोत व्यवस्थापन (IWRM) कार्यक्रम

आवश्यक संख्याः ३ जना

कार्यस्थलः  

जाजरकोट- भेरी नगरपालिका, छेडागाड नगरपालिका, बारेकोट गाउपालिका, शिवालय गाउपालिका 

रुकुम पश्चिम- आठबिसकोट नगरपालिका

आवश्यक शैक्षिक योग्यता तथा अनुभव  

  • सामुदायिक सहजकर्ताका लागि प्रमाण पत्र तह वा १२ कक्षा उत्तीर्ण गरी ३ वर्षको सामुदायिक विकास कार्यमा अनुभव हुनु पर्नेछ वा स्नातक तह उतिर्ण भई कम्तिमा २ बर्षको कार्यानुभव भयको हुनुपर्नेछ सो मध्ये कम्तीमा २ वर्ष समुदाय स्तरमा खानेपानी तथा सरसफाइ क्षेत्रमा अनुभव भएको हुनु पर्नेछ।
  • समुदाय, उपभोक्ता समिति र संस्थासंग इमान्दारिता र पारदर्शिता प्रदर्शन गर्न सक्षम र लैङ्गिक तथा समावेशीका सवालमा सचेत भएको। समुदाय परिचालनमा दखल भएको ।
  • अन्य सीपहरूमा  समय व्यवस्थापन, टिम व्यवस्थापन, सिक्ने सिकाउने मनोवृत्ति, परिणाममुखी र भौगोलिक रूपमा  ग्रामिण  क्षेत्रमा काम  गर्न रुचि भएको।
  • स्थानीय सरकार संग समन्वय तथा सहकार्य गर्न सक्ने।
  • आधारभूत कम्प्युटर सम्बन्धी ज्ञान भएको

नोट: उल्लेखित पदहरुको लागि बिस्तृत कार्य विवरण (detailed job description)  तपशिल link मा गएर हेर्न सकिन्छ।

link: https://docs.google.com/document/d/1aSOQt8pFdN5RVIKC1Qgr2BLPrC262rvLav6lT5goZz0/edit?usp=sharing

दरखास्तमा समावेश गर्नुपर्ने कागजातहरुः

आवेदकको विस्तृत वायोडाटा (CV) र निवेदन (cover letter) अन्य शैक्षिक प्रमाण पत्र (Educational Qualification Certificates) का प्रतिलिपिहरु 

छनौटको किसिम: लिखित र अन्तरवार्ता (दुवै)

माथि उल्लेखित कागजात सहित कार्यालयमा वा ईमेल rukumelisamaj@gmail.com मार्फत दरखास्त दिन सकिनेछ । म्याद नाघी आएका, तोकिएको शैक्षिक योग्यता नपुगेका, अनुभव नपुगेका, तोकिएका मापदण्ड पुरा नभएका वा रित पुरा नगरेका निवेदनहरु स्वीकृति गर्न संस्था वाध्य हुनेछैन । संस्थाले पूर्ण वा 

आशिंक कुनै पनि आवेदन विना शर्त स्वीकृत गर्ने वा नगर्ने अधिकार आफूमा निहित गर्दछ । प्रारम्भिक छनौटमा परेका उम्मेदवारहरुलाई मात्र लिखित तथा मौखिक छनौंट प्रक्रियामा समावेश गरिनेछ । 

सम्बन्धित जिल्ला र पालिकाका स्थानीय, समाजमा पछाडि पारिएका महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति, सीमान्तकृत वर्गलाई दरखास्त पेश गर्नका लागि विशेष प्रोत्साहित गरिन्छ 

दरखास्त दिने अन्तिम मिति: २०८२/०६/२७ बेलुका ५:०० बजे सम्म ।

थप जानकारीका लागि निम्न ठेगानामा सम्पर्क गर्नका लागी जानकारी गरिन्छ।

कार्यालयको फोन न: ०८८-५३०१३४ 

ईमेल: rukumelisamaj@gmail.com

वेबसाइट: www.rukumelisamaj.org.np

सदस्य सचिब

पदपूर्ति समिती 

Overview

Category Development Project, Development / NGO
Openings 8
Position Type Full Time
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 09 Oct, 2025
Apply Before 13 Oct, 2025
City Rukum