Hot Jobs

More

Application Deadline

Tue, 30 Apr 2019

Apply Options

Online Resume
Send Email
By Post
About the Company
  • Company: TPO Nepal
  • Industry: Non Governmental Organization (NGO)
  • Address: Baluwatar
Job Overview
  • Counseling / PsychoSocial
  • Contract
  • 1+ years
  • 8
  • Intermediate (10+2)
  • Sindhupalchok

Detailed Job Description / Requirements

बहुसाँस्कृतिक मनोसामाजिक संस्था नेपाल (टि. पि. ओ. नेपाल) जिल्ला प्रशासन कार्यालय काठमाण्डौंमा मिति २०६२/०२/२३ मा दर्ता भई समाज कल्याण परिषद् मिति २०६२/०४/०७ मा आवद्ध भएको मनोसामाजिक सु–स्वास्थ्य र मानसिक स्वास्थ्यको क्षेत्रमा कार्यरत एक गैरसरकारी संस्था हो । यस संस्थाले स्थापनाकाल देखिनै नेपालका विभिन्न जिल्लाहरुमा समुदायमा आधारित भई सामान्य तथा आकस्मिक अवस्थाहरुमा मनोसामाजिक सहयोग पुर्यााउनुका साथै मनोसामाजिक तथा मानसिक स्वास्थ्यका विषयमा तालिम तथा अनुसन्धानका कार्यहरु पनि सञ्चालन गर्दै आईरहेको छ । 

हाल यस संस्थाले सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिकामा “साथी” (SAATH- Study to Adapt Adolescent Interpersonal Therapy in Nepal) नामक एक अनुसन्धान मुलक परियोजना सञ्चालन गर्दै आईरहेको छ । यस परियोजनाको मुख्य उद्देश्य किशोरकिशोरीहरुको मनसँग सम्बन्धित समस्या (जस्तै चिन्तित, दुखी र निराश हुने, रातमा राम्रोसँग निदाउन नसक्ने, खानमा रुचि कम हुने, जीवन बेकार लाग्ने आदि) न्युनिकरण गर्नका लागि विश्व स्वास्थ्य संगठनले तयार पारेको एक निर्देशिकाको सम्भाव्यता तथा स्वीकार्यताबारे अध्ययन गर्नु हो । यस परियोजनाको कार्यक्रम सञ्चालन गर्नका लागि स्थानिय स्तरबाट केहि संख्यामा कर्मचारी आवश्यक परेको हुँदा तल उल्लेखित योग्यता पुगेका व्यक्तिहरुले तोकिएको मिति भित्र आवेदन पेश गर्नहुन अनुरोध गरिन्छ ।

पद – मनोसामाजिक  सहजकर्ता 

आवश्यक संख्या – ८ (४ स्टाफ नर्स र ४ सामाजिक परिचालक)

समयावधि – छनौटमा परेका ८ जना कर्मचारीहरुको समयवधि ४ महिनाको हुनेछ र उनीहरु मध्येबाट पनि चयन गरिएको ४ उतकृष्ट कर्मचारीहरुको समयवधि थप ४ महिनाको हुनेछ ।

(नोटः संस्थाले छनौटमा परेका जम्मा ८ जना कर्मचारीहरुलाई सर्वप्रथम विषयगत तालिम तथा सीप प्रदान गर्नेछ र सिकेका उक्त सीपका आधारमा उनीहरुले प्रयोगात्मक अभ्यास गर्नेछन् । करिव ४ महिना पछि विषयगत सीपको मुल्याङ्कन गरि सोहि ८ जना कर्मचारीहरु मध्यबाट ४ जना उतकृष्ट कर्मचारीहरु चयन गरिनेछ र थप ४ महिनाको लागि निरन्तरता दिइने छ ।)

स्थान – बाह्रविसे नगरपालिका

आवेदन फारम लिने मिति – २०७६/०१/०२ गते, विहान १० बजेदेखि २०७६/०१/१७ गते, १७ः०० बजेसम्म

आवश्यक योग्यता

  • नर्सको हकमा पि.सि.एल. उत्तीर्ण गरी नेपाल स्वास्थ्य व्यवसायी परिषद्बाट लाईसेन्स प्राप्त गरेको हुनु पर्ने । 
  • २० सामाजिक परिचालकको हकमा कम्तिमा पनि १०+२ उत्तिर्ण गरेको हुनु पर्ने । (सामाजिक विज्ञान तथा मानविकी संकायमा अध्ययन गरेकालाई प्राथमिकता दिइने छ ।) 
  • २०-२५ वर्षको उमेर भित्र हुनु पर्ने ।
  • नेपाली नगरिकता भएको हुनु पर्ने ।
  • बाह्रविसे नगरपालिको स्थाई बासिन्दा वा परियोजना समयावधिमा उक्त स्थानमा बसोवास गर्न सक्ने ।
  • पहिले अन्य गै.स.स. मा काम गरि अनुभव प्राप्त भएको व्यक्तिलाई प्राथमिकता दिईने छ । 
  • किशोरकिशोरीको क्षेत्रमा काम गरि अनुभव प्राप्त भएको व्यक्तिलाई प्राथमिकता दिईने छ । 

स्टाफ नर्स तथा समाजिक परिचालकले यस कार्यक्रममा गर्नुपर्ने कार्य विवरण :

  • आधारभुत मनोसामाजिक सहयोगतालिम र सामुहिक मनोवैज्ञानिक सहयोग थेरापीको तालिममा सक्रिय रुपमा सहभागी हुने ।
  • मनोसामजिक सहयोगका लागि एकल तथा सामुहिक सेसन सञ्चालन गर्ने । 
  • सुपरीवेक्षकहरु सँग सुपरीवेक्षणमा सहभागी हुने ।
  • परियोजनाको अन्य काममा सहभागी हुने । 

आवेदन प्रकृया

इच्छुक व्यक्तिले आवेदन पत्रका साथमा बायोडाटा, शैक्षिक प्रमाण पत्र र नागरिकताको एक एक प्रति संस्थाको इमेल hrtponepal@tponepal.org.np मा पेश गर्न सक्नेछन् । इमेलको उपलव्धता नहुनेले तल उल्लेखित व्यक्तिलाई सम्पर्क गरि आफ्नो आवेदन फाइल पेश गर्नसक्नेछन् । तोकिएको मिति भन्दा पछि बुझाइएको आवेदनलाई मान्यता दिइने छैन । 

सम्र्पक व्यक्ति – सिता श्रेष्ठ 

ठेगाना – बाह्रविसे, सिन्धुपाल्चोक 

फोन नं –९८०८२१३३९६

नोटः आवश्यक योग्यता पुगि छनौटमा परेका आवेदकहरुलाई मात्र अन्तरवार्ताका लागि बोलाईने छ । कृपया निवेदनमा आफ्नो भरपर्दो सम्पर्क नंम्वर तथा ठेगाना समावेश गर्नुहोस् ।

Spinal Injury Sangh Nepal

Medical Officer

Ibestjob Pvt Ltd

Admin Assistant

Chemonics International

MIS Support Coordinator

New IT Venture corp.

Project Manager (PM)

Community Development Society (CDS)

DRR Project Manager /Finance Officer

Javra Software Nepal Pvt. Ltd.

Country Director

British Council

Human Resources Manager

National Community Development Centre

Project Coordinator (PC)

International Foundation for Electoral Systems (IFES)

Receptionist/Office Secretary

Family Planing Association of Nepal

Manager- Empowerment & Gender (Female)

Hotel Thamel (P) Ltd

Receptionist/ House Men

Spiralogics International

Software QA Engineer

Economic Policy Incubator

Senior Programme Advisor

Good Neighbors International Nepal

EOI for Vocational Training

Sunrise English Boarding School

Teachers

People in Need

Logistics Manager

Synergy Info Systems (SIS)

Mid & Senior .NET Developers

BlackBox Technologies

React Native Developer

Around Good People

Administrative Assistant

Biltmore Analytics LLC

Data Warehouse Analyst

Q.Y.E.C. Construction Pvt Ltd

See All (2)