जेनेरेटर लिलाम बढाबढको सिलबन्दी बोलपत्र आह्वानको सूचना
Good Neighbors International (GNI) is an international development and humanitarian organization that responds to the call of the neglected, vulnerable and marginalized beyond the barriers of race, nationality, religion, ideology, and geography. GNI empowers people in 46 countries across the world through social development activities and places particular emphasis on economic development in order to break the vicious cycle of poverty that people in developing countries suffer from. Established in 1991 in Seoul, South Korea, GNI has fundraising offices in Chile, Mexico, USA, Canada, South Korea, Japan, Australia, Taiwan, United Kingdom, and an International Cooperation Office in Geneva, Switzerland.
Details / requirements:
जेनेरेटर लिलाम बढाबढको सिलबन्दी बोलपत्र आह्वानको सूचना
सूचना प्रकाशित मिति: २०८१।०२।०१
गुड नेवर्स इन्टरनेशनल नेपालको ललितपुर, एकान्तकुना स्थित केन्द्रीय कार्यालयमा रहेको जेनेरेटर बिक्री गर्नुपर्ने भएको हुँदा खरिद गर्न इच्छुक व्यक्ति, फर्म, संस्था वा कम्पनीहरुले देहायको शर्तहरुको अधीनमा रही सिलबन्दी बोलपत्र पेश गर्नु हुन सूचित गरिन्छ ।
तपशिल:
क्रं.सं | सामग्रीको नाम | संख्या | खरिद गरेको बर्ष |
१. | किर्लोस्कर जेनेरेटर ४० के.भी. अटो अन अफ स्वीच सहित | १ | २०७४।०९।११ |
१. बोलपत्र दाखिला गर्ने र प्राप्त बोलपत्रहरु खोल्ने म्याद देहाय बमोजिम हुनेछ:
(क) बोलपत्र फाराम यो सूचना प्रकाशित भएको मिति (२०८१/०२/०१ ले ७ दिन (२०८१/०२/०७) कार्यालय खोलेको समय भित्र यस संस्थाले उपलब्ध गराएको फारम भरी आधिकारिक सहीछाप गरी व्यक्ति/फर्म/कम्पनीको छाप सहित गुड नेवर्स इन्टरनेशनल नेपालको ललितपुर, एकान्तकुना स्थित केन्द्रीय कार्यालयमा सिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
(ख) प्राप्त बोलपत्रहरु सूचना प्रकाशित भएको मितिले ८ औं दिन (२०८१/०२/०८) बिहानको ११ बजे गुड नेवर्स इन्टरनेशनलको केन्द्रीय कार्यालय, एकान्तकुना ललितपुरमा संस्थाका प्रतिनिधिहरु तथा बोलपत्रदाता वा निजको प्रतिनिधिहरुको रोहवरमा खोलिनेछ । बोलपत्रदाता वा निजको प्रतिनिधि उपस्थित नभएता पनि बोलपत्र खोल्ने कार्य रोकिने छैन । उल्लिखित मितिमा सार्वजनिक बिदा परेमा सोको भोलिपल्ट वा कार्यालय खुलेको पहिलो दिन उल्लेखित समयमा नै उक्त कार्यहरु हुनेछन् ।
२. बोलपत्रदाता व्यक्ति भएमा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि तथा संस्था भएमा आफ्नो फर्म, संस्था वा कम्पनी दर्ताको प्रमाणपत्र, मूल्य अभिवृद्धिकर दर्ता प्रमाणपत्र, स्थायी लेखा दर्ता नम्बर (PAN) प्रमाणपत्र र आ.व. २०८०/८१ को कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपि समेत पेश गर्नु पर्नेछ ।
३. लिलाम बिक्री गरिने जेनेरेटर यस संस्थाको केन्द्रीय कार्यालयमा रहेको र इच्छुक व्यक्ति, फर्म, संस्था वा कम्पनीहरुले कार्यालय समय भित्र मिति (२०८१/०२/०२) देखि (२०८१/०२/०४) सम्ममा हेर्न सकिने छ ।
४. तोकिएको न्यूनतम रकम भन्दा बढी रकम कबोल गर्ने बोलपत्रदाताको प्रस्ताव स्वीकृत गरिनेछ । स्वीकृत बोलपत्रदाताले, संस्थाले उपलब्ध गराएको बैंक खातामा तोकिएको रकम सोही दिन जम्मा गर्नुपर्नेछ ।
५. बोलपत्र स्वीकृत भएको व्यक्ति/फर्म/संस्था वा कम्पनीहरुले तोकिएको रकम बैंक खातामा जम्मा गरेपछि मात्र उल्लिखित जेनेरेटर हस्तान्तरण प्रकिया अगाडि बढाइनेछ र रकम जम्मा गरेको दिनदेखि ३ दिन भित्र जेनेरेटर लगिसक्नु पर्नेछ ।
६. बोलपत्र फाराम सिलबन्दी गरी खामको बाहिर “जेनेरेटर लिलाम बिक्री सम्बन्धी बोलपत्र” उल्लेख गरी यस संस्थालाई सम्बोधन गरी पेश गर्नुपर्नेछ ।
७. प्राप्त बोलपत्रहरु पूर्ण वा आंशिक रुपमा स्वीकृत गर्ने वा नगर्ने पूर्ण अधिकार यस संस्थमा सुरक्षित रहनेछ ।
८. बोलपत्र फारम तल उल्लिखित लिङ्कबाट डाउनलोड गर्न सकिनेछ । अथवा eoi@gninepal.org मा अनुरोध गरेर प्राप्त गर्न सकिनेछ ।
बोलपत्र फारमको लागी कृपया तलको लिङ्क डाउनलोड गर्नुहोस् ।
https://drive.google.com/uc?export=download&id=14-I44SlKv2NrvrsUr1qyYTMRWXZGIqKn
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / INGO |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 14 May, 2024 |
Apply Before | 20 May, 2024 |
City | Lalitpur |