तथ्यांक व्यवस्थापन अधिकृत (तह–६)
Details / requirements:
कर्मचारी आवश्यक्ता
(प्रथम पटक प्रकाशित मिति: २०८३।०३।०४ गते)
हेलन केलर ईन्टरनेशनलसंगको साझेदारीमा बेस नेपालबाट नवलपरासी(पश्चिम) जिल्लाका सबै स्थानीयतहहरुमा संचालन भईरहेको पोषण मार्फत जीवन रुपान्तरण परियोजनाको लागि निम्न अनुसारको कर्मचारी आवश्यकता परेकोले यो सूचना प्रकाशित भएको मितिले १० दिन भित्र २१ वर्ष पुरा भई ५० वर्ष ननाघेका ईच्छुक नेपाली नागरिकबाट फोटोसहितको अद्यावधिक व्यक्तिगत विवरण (Bio-Data), नागरिकता, शैक्षिक योग्यता प्रमाणपत्र, कार्य अनुभव लगायतका कागजपत्रका प्रतिलिपीहरु संलग्न राखी आवेदन इमेल मार्फत पठाउन सूचित गरिन्छ । आवेदन शुल्क निशुल्क हुनेछ ।
१. तथ्यांक व्यवस्थापन अधिकृत (तह–६):
आवश्यक संख्या: १
शैक्षिक योग्यता: पव्लिक हेल्थ वा नर्सिङ्ग विषयमा स्नातक तह उत्तिर्ण ।
अनुभव:
- MDHIS2/HMIS web based System and mobile application सम्वन्धि ज्ञान भएको।
- MS Excel office package दक्षता भएको।
- फिल्डमा गएर कार्यक्रमसंग सम्बन्धित अनुगमन,मुल्याङ्कन गर्न सक्षम, तथ्याङ्क प्रमाणित गरी योजना निर्माण तथा सफलताका कथाहरु तयार गर्न सक्ने।
- तथ्यांक संकलन, विश्लेषण तथा प्रस्तुतिकरण गर्न सक्ने।
- स्थानिय तथा जिल्लास्तरिय कार्यक्रम संचालनमा सहयोग गर्ने सीप भएको
- कार्यक्रमसंग सम्वन्धित फिल्ड कृयाकलापहरुको मासिक त्रैमासिक तथा वार्षिक प्रतिवेदनहरु अंगेजी भाषामा बनाउने सीप भएको।
- फिल्ड तहका विभिन्न तालिमहरु संचालनमा सहजीकरण गर्न सक्ने।
- डाटा संकलन तथा रिपोटिङ्गमा सहजीकरण गर्ने।
- तथ्यांक व्यबस्थापनमा कार्यअनुभव कम्तिमा दुई बर्ष भएको
२. पारिश्रमिक: संस्थाको नियम अनुसार हुनेछ ।
३. परीक्षाको किसिम: लिखित, प्रयोगात्मक तथा अन्तरवार्ता ।
४. स्थानीय भाषाको ज्ञान भएको र पछाडी परेको समुदायलाई विशेष प्राथमिकता ।
नोट: आवेदकहरुमध्ये प्रारम्भिक छनौटमा परेका उम्मेद्वारहरुलाई मात्रै परीक्षामा समावेश गरिने छ । फोन तथा अन्य संचार माध्यमबाट संस्थालाई प्रभाव पार्न प्रयास गर्ने उम्मेद्वारहरु स्वत: अयोग्य ठहर गर्न सकिने भएकोले कसैबाट पनि त्यस्तो प्रयास नगर्न सूचित गरिन्छ ।
सम्पर्क
पछौटेपन उन्मूलन समाज(बेस)–नेपाल
जिल्ला कार्यालय: रामग्राम, न.पा.वार्ड नं.३, नवलपरासी
थप जानकारीको लागि फोन: ९८४७३३५४७५, ९८५७०४५४६८
इमेल: mail.besnepal@gmail.com
Overview
| Category | Development Project, Development / NGO |
| Openings | 1 |
| Position Type | Full Time |
| Experience | Please check vacancy details. |
| Education | Please check vacancy details |
| Posted Date | 17 Jun, 2026 |
| Apply Before | 26 Jun, 2026 |
| City | Nawalparasi West |