शिलबन्दि कोटेशन दरभाउ माग गरीएको सम्बन्धमा ।

Hilly Region Development Campaign (HRDC), Jajarkot

Details / requirements:

श्री जो जस् सँग सम्बन्धित छ ।

(प्रथम पटक प्रकाशित मिति २०८२ चैत्र ३० तद्अनुसार ( १३ अप्रिल २०२६)

विषय : शिलबन्दि कोटेशन दरभाउ माग गरीएको सम्बन्धमा ।

उपरोक्त सम्बन्धमा केयर नेपाल र यस संस्थाको सहजीकरणमा संचालित स्वास्थ्य र अधिकारमा पहुँच अभिबृद्धिका लागी प्रणाली सुदृढिकरण (स्याहार) परियोजना अन्तर्गत माग भई आएका तपशिल बमोजिम बर्थिङ्ग इक्वीपमेन्ट तथा सोलार सामाग्रीहरू खरिद जडान तथा आपुर्ति गर्न ईच्छुक अधिकृत बिक्रेता, आपुर्तिकर्ता तथा वितरकहरू बाट यो सूचना प्रकाशित भएको मितिले १० दिन भित्र तपशिलको शर्तहरूको अधिनमा रहि दरभाउ पत्र पेश गर्न हुन यो सूचना प्रकाशित गरिएको छ ।

दरभाउ पत्र सम्बन्धि शर्तहरू: 

१. दरभाउ पत्र साथ संलग्न गर्नुपर्ने आबश्यक कागजातहरू: 

  • आ.ब.०८१/०८२ को करचुक्ताको प्रतिलिपी
  • प्यानु/भ्याट दर्ता प्रमाण–पत्रको प्रतिलिपी
  • घरेलु/वाणिज्य दर्ता प्रमाण–पत्रको प्रतिलिपी 

२. ढुवानी/आपुर्तिका शर्तहरू:

  • सम्पुर्ण सामाग्रीहरू कबुल गरिएको समयअबधि भित्र अनिवार्य रुपमा उपलब्ध गराउनुपर्नेछ । 
  • दरभाउ पत्र फाराम संस्थाको कार्यालयमा सिधै वा जब्स नेपालको पेजबाट RFQ-Link लिंक वाट डाउनलोड गर्न सकिनेछ । 
  • दरभाउ पत्र शिलबन्दि खाममा राखी कार्यालयमा वा ईमेल मार्फत भए दरभाउ कबुल फारम पि.डि.एफ. फाईल बनाई पासवर्डले लक गरि वा पासवार्ड नभई खोल्न नमिल्ने गरि पठाउनुपर्ने छ , अन्यथा मान्य हुने छैन । 
  • पि.डि.एफ.वाहेक अन्य एप्लिकेशन प्रयोग गरि पेश भएको दरभाउ मान्य हुने छैन । 
  • तोकिएको समय,म्याद नाघि वा रित नपुगेका दरभाउ पत्र मान्य हुनेछैन र दरभाउ स्वतः रद्ध गरिनेछ । 
  • दरभाउ पत्रमा उल्लेख गर्दा अंक र अक्षरमा विच फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिईनेछ । दरभाउ पत्रमा केरमेट वा टिपेक्स लागेको खण्डमा दरभाउ पत्र रद्ध गरिनेछ । 
  • दरभाउ पत्रमा उल्लेख गरिएका सम्पुर्ण सामाग्रिहरूको दररेट पेश गर्नुपर्नेछ । यदि कुनै सामग्रिको दररेट उल्लेख नगरेमा त्यस्ता दरभाउ पत्र रद्ध गरिने छ । 
  • यदि संस्था थप सामाग्रि आबश्यक भएमा १ महिना भित्र थप अर्डर पनि गर्न सक्ने छ । थप गर्दा सोहि दररेटमा उपलब्ध गराउनु पर्नेछ । 
  • सामाग्री उपलब्ध गराउदा दिईएको स्पेशिफिकेशन अनुसारको गुणस्तर नभएमा सामाग्रि बुझ्न संस्था बाध्य हुने छैन र स्पेशिफिकेशन अनुरुपको सामाग्रि पुनः उपलब्ध गराउनु पर्नेछ । साथै सो वापत लाग्ने ढुवानी वा अन्य खर्च सप्लायर्स स्वयंमले ब्यर्होनु पर्नेछ । 
  • आबश्यक सामाग्रिहरू: RFQ  मा उल्लेख भए अनुसार

Link:

A. RFQ of Birthing Equipment

B. RFQ of Solar Equipment

  • छनौट मापदण्ड:
Sub CriteriaCriteria% WeightRemarks
EssentialFirm Registration, PAN/Vat registration ,Tax Clearance FY 081/082PASS/FAILSupplier accepts HRDC terms and conditions and mandatory policies


Sub-Criteria WeightCapability Criteria (Breakdown of each weightage/scoring criteria)% Weight
Commercial Criteria Evaluation60% Submit the lowest price60%
CAPABILITY CRITERIA EVALUATION40%Quality, Experience and Lead time40%
Total

100%

३.भुक्तानी:

  • संलग्न विवरण बमोजिमको सम्पुर्ण सामाग्रिहरू उल्लेखित शर्तहरू पालना गरि पुर्ण रुपमा प्राप्त भइ सकेपछि मात्रै भुक्तानी गरिनेछ ।  

४.दरभाउ पत्र पठाउने अन्तिम मिति र ठेगाना:

  • दरभाउ पत्र र पासवर्ड पठाउनुपर्ने इमेल: hrdcprocument @gmail.com
  • दरभाउ पत्र पेश तथा ईमेलमा पठाउनुपर्ने अन्तिम मिति र समय: २०८३ बैशाख ०९ गते तद्अनुसार ( २२ अप्रिल २०२६  ) बेलुका ५ बजे सम्म र पासवर्ड पठाउने अन्तिम मिति र समय २०८३ बैशाख १० गते तद्अनुसार ( २३ अप्रिल २०२६  ) दिउँसो १:३० बजे सम्म यदि सो दिन विदा भए सोको भोलीपल्टको दिन मानिनेछ ।  
  • प्राप्त दरभाउ पत्र २०८३ बैशाख १० गते तद्अनुसार ( २३ अप्रिल २०२६ )गते दिउँसो २:०० बजे खोलिने छ (यदि विदा भए सोको भोलीपल्ट ) र दरभाउ पत्र खोल्दा सम्बन्धित सप्लायर्स वा प्रतिनिधि उपस्थित नभएको खण्डमा दरभाउ पत्र खोल्न संस्थालाई कुनै वाधा हुनेछैन ।  

५.दरभाउ पत्र पुर्ण वा आंशिक रुपले स्वीकृत गर्ने वा रद्ध गर्ने अधिकार पहाडी क्षेत्र बिकास अभियान, जाजरकोटमा निहित हुनेछ । 

६.यस वाहेक थप जानकारी आबश्यक परेमा तल उल्लेखित सम्र्पक नम्बर वा कार्यालय समयमा सम्र्पक गर्न सकिने छ । 

७. बाल संरक्षण नितिको पुर्ण रुपमा पालना गर्नुपर्नेछ । 

सम्पर्क:

पहाडी क्षेत्र विकास अभियान,(HRD)जाजरकोट,                                                                                 ........................

भेरी नगरपालिका ४,गैरीखाली ,कर्णाली प्रदेश                                                                                     खरिद समिति

फोन नं: ०८९४३००८९

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 13 Apr, 2026
Apply Before 22 Apr, 2026
City Karnali