सामुदायिक परिचालक (Community Mobilizer)
Details / requirements:
आवश्यकता ! आवश्यकता !! आवश्यकता !!!
दोस्रो पटक सूचना प्रकाशित मितिः २०८३-०३-२५
सुन्दर नेपाल संस्था द्वारा आगामी दिनमा सुर्खेत जिल्ला अन्तर्गतका समस्त पालिकाहरूमा सञ्चालन गर्न प्रस्ताव गरिएको "मातृ, नवजात शिशु, बाल स्वास्थ्य (MNCH) तथा पोषण कार्यक्रम" का लागि तपसिल बमोजिमका कर्मचारीहरू आवश्यक परेको हुँदा इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूबाट यो सूचना दोस्रो पटक प्रकाशित भएको मितिले ४ दिनभित्र दरखास्त आह्वान गरिन्छ।
| पद | न्यूनतम शैक्षिक योग्यता तथा कार्यानुभव | मुख्य जिम्मेवारीहरू |
| सामुदायिक परिचालक (Community Mobilizer) (९ जना) | कम्तीमा ANM, AHW वा PCL उत्तीर्ण भई MNCH र पोषण कार्यक्रम सम्बन्धी अनुभव प्राप्त गरेको। |
|
पेश गर्नुपर्ने कागजातहरूः निवेदन, अद्यावधिक गरिएको वैयक्तिक विवरण (बायोडाटा), र नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ। निवेदनमा कुन पदका लागि दरखास्त दिइएको हो सो कुरा स्पष्ट रूपमा खुलाउनु पर्नेछ।
प्राथमिकताः स्थानीय उम्मेदवारहरूलाई विशेष प्राथमिकता दिइनेछ।
दरखास्त दिने अन्तिम मितिः २०८३-०३-२९।
दरखास्त पठाउने इमेल ठेगाना: vacancy@sundarnepal.org.np (०८३-५२०९२६) मा सम्पर्क गर्नुहोस्।
भौतिक रूपमा कागजात वा आवेदन बुझाउने ठेगाना: सुन्दर नेपाल संस्था, वीरेन्द्रनगर–८, सुर्खेत (कागजातहरू उल्लेखित कार्यालय ठेगानामा बुझाउनुपर्नेछ) ।
परीक्षाको किसिमः लिखित तथा अन्तर्वार्ता।
नोट:
- म्याद नाघी आएका दरखास्त मूल्याङ्कनमा समावेश गरिने छैन।
- प्रस्तुत परियोजना दाताको स्वीकृति र आर्थिक सहायताको उपलब्धतामा निर्भर रहनेछ।
Overview
| Category | Development Project, Medical / Nursing |
| Openings | 1 |
| Position Type | Full Time, Contract |
| Experience | Please check details |
| Education | ANM, PCL Nursing |
| Posted Date | 09 Jul, 2026 |
| Apply Before | 12 Jul, 2026 |
| City | Surkhet |