बोलपत्रको सूचना आह्वान
Details / requirements:
मिति: २०८३ असार २५ गते
बोलपत्रको सूचना आह्वान
यस कालिका स्वावलम्बन सामाजिक केन्द्र, तौलिहवा, कपिलवस्तु द्वारा संचालित विभिन्न साझेदारी कार्यक्रम वा परियोजनाको लागि आ.ब. २०८३/२०८४ को लागि तपसिल बमोजिमको सेवा तथा सामाग्रीहरू आवश्यक रहेकोले सो सेवा तथा सामाग्री खरिद गर्नको लागि तल उल्लेखित शर्तहरूको अधिनमा रहने गरी इच्छुक तथा इजाजत प्राप्त फर्महरूबाट फर्म पान/भ्याट दर्ताको प्रतिलिपी, घरेलु दर्ताको प्रतिलिपी तथा नविकरण, आ.व. २०८१।०८२ को करचुक्ता सहित पेश गर्नको लागि बोलपत्र आह्वान गरिन्छ ।
तपसिलः
१. स्टेशनरी सामाग्री
२. होटल सेवा (कपिलवस्तु र रूपन्देही क्षेत्र)
३. फ्लेक्स प्रिन्ट
प्राप्त बोलपत्र रितपुर्वक भरी प्रत्येक पानामा सही छाप लगाएर लाहा छापले खाममा सिलबन्दी गरी कालिका स्वावलम्बन सामाजिक केन्द्र (KSSC-Nepal) तौलिहवा, कपिलवस्तुमा मिति २०८३ श्रावण ७ गते तदानुसार 23rd July 2026 बेलुका ५:०० बजे भित्र बुझाई सक्नु पर्नेछ । बोलपत्र पेश गर्ने अन्तिम दिन शनिवार, आईतबार वा सार्वजनिक बिदा पर्न गएको खण्डमा त्यसको भोलिपल्ट कार्यालय समय भित्र पेश गरिसक्नु पर्नेछ ।
मिति २०८३ श्रावण ८ गते तदानुसार 24th July 2026 बिहान १०:०० बजे बोलपत्रदाताको बोलपत्र खोलिने छ तथा सम्पुर्ण बोलपत्र पेश गर्ने बोलपत्रदातालाई यसै सूचनालाई आधार मानी बोलपत्र खोलिने मितिमा उपस्थित हुन जानकारी गराईन्छ ।
शर्तहरू:
१. आपुर्तिकर्ताले कार्यालयले उपलब्ध गराएको बोलपत्र फाराममा आफुले तोकेको प्रति इकाई दर रेट (भ्याट सहित) प्रष्ट सँग उल्लेख गर्नुपर्नेछ साथै तोकेको दर रेट अनुसारको जम्मा रकम अङ्क र अक्षर दुबैमा उल्लेख गर्नु पर्नेछ । यदि कारणवश उल्लेख भएको जम्मा रकम नबुझिएमा अक्षरमा लेखिएको रकमलाई मान्यता दिइने छ ।
२. खामको बाहिर के सम्बन्धी आपुर्ति गर्न खोजिएको हो स्पष्ट सँग लेख्नु पर्नेछ तथा आपुर्तिकर्ताले आफ्नो सम्पर्क नम्बर अनिवार्य रुपमा लेख्नु पर्नेछ ।
३. फर्म वा कम्पनीले सम्पुर्ण बैधानिक कागजातहरू हाल सम्म बहाल रहेको प्रस्तावना सँगै पेश गर्नु पर्नेछ यदि कुनै पनि प्रकारका कागजातहरू पेश नभएको/नगरेको खण्डमा स्वतः अयोग्य हुनेछ ।
४. बोलपत्र तयारी तथा पेश गर्न लाग्ने कुनै पनि किसिमको खर्चहरू यस संस्थाले व्यहोर्ने छैन ।
५. सामाग्रीहरूको सन्दर्भमा ढुवानी यस कार्यालय सम्म सम्बन्धित आपुर्तिकर्ताले नै गर्नु पर्नेछ । सो बापत अन्य सुबिधा यस कार्यालयले दिने छैन ।
६. खरिद गर्न खोजेको परिमाण कम वा बढी हुन सक्नेछ तथा बर्ष भरि पटक पटक खरिद गरिने छ ।
७. अधिकतम खुद्रा मुल्य भन्दा बढी मुल्यहरू उल्लेख गर्ने बिक्रेताहरू स्वतः अयोग्य हुनेछन ।
८. इमेलबाट पठाएको बोलपत्र स्वीकार गरिने छैन तसर्थ बोलपत्र फारम कार्यालय मै बुझाई दर्ता गराउनु पर्नेछ ।
९. म्याद नाघेको, रित नपुगेको बोलपत्र उपर कुनै कारवाही गरिने छैन ।
१०. प्राप्त बोलपत्रहरू खोलिने मिति र समय माथि उल्लेख गरिएको तसर्थ पुनः जानकारी सुचना निकालिने छैन । बोलपत्रदाता वा निजको प्रतिनिधीको अनुपस्थितीमा पनि बोलपत्र खोल्न कुनै बाधा पुग्ने छैन ।
११. बोलपत्र पुर्ण वा आशिंक रुपमा कुनै कारण जनाई वा नजनाई स्वीकृत गर्ने वा नगर्ने वा सुचना नै रद्द गर्ने सम्पुर्ण अधिकार यस कालिका स्वावलम्बन सामाजिक केन्द्रको खरिद तथा लिलाम बिक्री उप- समितिमा निहित रहने छ ।
१२. माथि उल्लेखित भएका कुराहरू बाहेक अन्य कुरा प्रष्ट गर्नु परेमा निम्न ठेगानामा सम्पर्क राखी जानकारी लिन सकिने छ ।
१३. बोलपत्र फारम आवश्यक परेमा यस कार्यालयमा सम्पर्क गरी वा Jobs Nepal को अनलाईन पोर्टलबाट पनि डाउनलोड गर्न सकिन्छ ।
१४. यस सुचनामा उल्लेख गरिएका शर्त तथा बन्देजहरू यसै सुचना बमोजिम र अन्य आवश्यक कुराहरूको हकमा संस्थाको खरिद नियमावली बमोजिम हुनेछ ।
LINKS:
Self Declaration # स्व घोषणापत्र
सम्पर्कः खरिद तथा लिलाम उप-समिति कालिका स्वावलम्बन सामाजिक केन्द्र कपिलवस्तु नगरपालिका ०३, कालिका गाँउ, तौलिहवा सम्पर्क नम्बरः ०७६-५६०२८२ | गुनासो गर्नको लागिः टोल फ्री नम्बरः १८१०५०००२८२ इमेलः cfm.kssc@gmail.com |
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 09 Jul, 2026 |
| Apply Before | 23 Jul, 2026 |
| City | Kapilvastu |