फिल्ड अधिकृत

Sundar Nepal Sanstha (BNA), surkhet

Details / requirements:

सुन्दर नेपाल संस्था, सुर्खेत

कर्मचारी पदपूर्ति सम्बन्धि सूचना

प्रथम पटक सूचना प्रकाशन मिति: ०९ असार २०८३, (२३ जुन २०२६)

दोस्रो पटक सूचना प्रकाशन मिति: २३ असार २०८३, (०७ जुलाइ २०२६)

सुन्दर नेपाल संस्था (BNA), सामुदायिक विकासमा क्रियाशील एक मुनाफारहित गैह्र सरकारी संस्था हो । CARE Nepal र  iDE को संयुक्त साझेदारीमा सुन्दर नेपाल संस्थाको सहजीकरणमा Nurture Every Future:- POSHAN Nepal Project सुर्खेत जिल्लाको ५ वटा पालिकाहरुमा खाद्य सुरक्षा, पोषण, स्वास्थ्य, खानेपानी, सरसफाई तथा स्वच्छता, बजारीकरण, लैगिक समानता र सामाजिक समावेशिकरणका लागि लक्षित बर्गहरुको व्यबहारमा रुपान्तरण गर्दै पूर्ण क्षमताको विकासका लागि सुर्खेत जिल्लाको वराहताल गाउपालिका,  वीरेन्द्रनगर,  भेरीगंगा,  गुर्भाकोट र लेकवेशी नगरपालिकामा परियोजना लागू गरेको छ । यस परियोजनाका लागि तपसिल अनुसारका कर्मचारीको आवश्यकता परेकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरिएको छ ।

क्र.सपदसंख्यायोग्यताविषय क्षेत्र तथा अनुभव
फिल्ड अधिकृत३ जनाजन स्वास्थ्य, नर्सिङ,पोषण,कृषि वा सामाजिक विज्ञान वा सम्बन्धित क्षेत्रमा स्नातक डिग्री उत्तीर्ण भएको
  • स्वास्थ्य तथा पोषण, बहुक्षेत्रीय पोषण, कृषी तथा जीविकोपार्जन, स्थानीय पोषणमैत्री शासन र स्थानीयस्तर योजना तर्जुमाका चरणहरुका बारेमा न्यूनतम ३ वर्षको अनुभव भएको । 
  • बहु-क्षेत्रीय निकाय तथा स्थानीय सरकारसँग काम गरेको अनुभव भएको ।
  • GESI, safeguarding, accountability, and MEAL systems का बारेमा जाकारी भएको

JD link: Field Officer

दरखास्तमा समावेश गर्नुपर्ने कागजातहरू:

१. नेपाली नागरिकताको प्रमाण—पत्र

४. शैक्षिक प्रमाण—पत्रको प्रतिलिपि

३. यस भन्दा अघि काम गरेको अनुभव पत्र ।

४. अद्यावधिक गरेको २ जना रेफरेन्स व्यक्ति सहितको आवेदकको विस्तृत वायोडाटा (CV)

५. दुई पाग्रे सवारि साधनको ईजाजत पत्र भएकालाई विशेष प्राथामिकता दिईने छ ।

माथि उल्लेखित कागजात सहित कार्यालयमा स्वयम् वा प्रतिनिधि उपस्थित भई वा ईमेल vacancy@sundarnepal.org.np मार्फत दरखास्त दिन सकिनेछ । म्याद नाघी आएका, तोकिएको शैक्षिक योग्यता नपुगेका, अनुभव नपुगेका, तोकिएका मापदण्ड पुरा नभएका वा रित पुरा नगरेका निवेदनहरू स्वीकृति गर्न संस्था वाध्य हुनेछैन । संस्थाले पूर्ण वा आशिंक कुनै पनि आवेदन विना शर्त स्वीकृत गर्ने वा नगर्ने अधिकार आफूमा निहित गर्दछ । प्रारम्भिक छनौटमा परेका उम्मेदवारहरूलाई मात्र लिखित तथा मौखिक छनौंट प्रक्रियामा समावेश गरिनेछ । समाजमा पछाडि पारिएका महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति, सीमान्तकृत वर्गलाई दरखास्त पेश गर्नका लागि विशेष प्रोत्साहित गरिन्छ । यस संस्था यौन उत्पीडन, शोषण र दुव्र्यवहार र बाल दुव्र्यवहार रोक्नका लागि संस्थाको सुंरक्षा नीति तथा अन्य सम्बन्धित नीतिहरु सहित प्रतिबद्ध रहेको छ ।

दरखास्त दिने अन्तिम मिति: २५ असार, २०८३ (०९ जुलाइ २०२६) बेलुका ०५:०० बजेसम्म पेश गर्न अनुरोध गरिन्छ । यदि सो दिन सार्वजनिक बिदा परेमा त्यस लगत्तै कार्यालय खुल्ने दिनको ०५:०० बजेसम्म आवेदन दिन सकिनेछ ।

थप जानकारीका लागि निम्न ठेगानामा सम्पर्क गर्नका लागी जानकारी गरिन्छ।

सुन्दर नेपाल संस्था

वीरेन्द्रनगर–८ आवासक्षेत्र, सुर्खेत

फोन न: ०८३–५२०९२६/५२३५३०,

वा ईमेल: vacancy@sundarnepal.org.np

Overview

Category Agriculture, Public Health, Social Science, Development Project, Nutrition
Openings 3
Position Type Contract
Experience 3+ years
Education B. Sc. (Agriculture), B.P.H. (Bachelors in Public Health), Bachelor's degree in social science, BSc Nutrition
Posted Date 07 Jul, 2026
Apply Before 09 Jul, 2026
City Surkhet