सीमा निगरानी सहजकर्ता (BSF)
Details / requirements:
आफन्त नेपाल (KIN NEPAL)
कर्मचारी आवश्यकता सम्बन्धी सूचना
Published Date: 8 June 2026
आफन्त नेपाल मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यको अभियानमा क्रियाशील एक राष्ट्रिय गैरसरकारी संस्था हो । वि.सं २०६४ सालमा स्थापित यस संस्थाले नेपाल भारतको पूर्व झापा जिल्ला, काकडभीट्टादेखि पश्चिम कन्चनपुर महेन्द्रनगरसम्मका १२ वटा सीमानाकाका निगरानी केन्द्र मार्फत सीमा पार गर्न लागेका बालिका, किशोरी तथा महिलाहरूलाई बेचबिखनको जोखिमबाट बचाउन सूचना प्रवाह गर्ने, परामर्श दिने, बेचबिखनमा परेकालाई प्रहरीको सहायतामा उद्धार, संरक्षण, पारिवारिक पुनर्मिलन तथा पुनर्स्थापनामा सहायता गर्दै आएको छ ।
संस्थाले बेचबिखन र लैङ्गिक हिंसाका गतिविधिहरूलाई समुदायस्तरबाटै नियन्त्रण गर्ने उद्देश्यले महिला समूह, किशोरी समूह तथा पुरूष रक्षक समूह गठन र परिचालनमा सहजीकरणसमेत गर्दै आएको छ ।
संस्थाले आफन्त इंडिया फाउण्डेशनसँगको सहकार्यमा मानव बेचबिखन र ओसारपसारको जोखिममा परेका महिला तथा किशोरीहरूलाई भारत र अन्य मुलुकबाट उद्धार र स्वदेशफीर्तिमा पनि सहायता गर्दछ ।
उद्धार गरिएका, अति विपन्न र जोखिममा परेका किशोरी तथा महिलाहरूलाई भरतपुर चितवनमा रहेको सुरक्षित आवास गृह मार्फत परामर्श र व्यावसायिक सीपमूलक तालिमहरू प्रदान गरी उनीहरूको आर्थिक–सामाजिक पुनर्स्थापना तथा जीवन रूपान्तरणको लागि कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।
यस संस्थाको लागि देहाय बमोजिमको कर्मचारीको पदपूर्ति गर्नुपर्ने भएकोले तपसिल बमोजिमका योग्यता पुगेका ईच्छुक नेपाली महिला नागरिकबाट आवेदनका लागि आह्वान गरिएको छ ।
पदः सीमा निगरानी सहजकर्ता (BSF)
काम गर्नुपर्ने स्थानः नेपाल भारत सीमावर्ती जिल्ला स्थित आफन्त नेपालको निगरानी केन्द्र तथा आवाधिक गृहहरू
संख्याः केही
न्यूनतम शैक्षिक योग्यता र अनुभव
मुख्य जिम्मेवारीहरू:
- सीमाना क्षेत्रमा मानव बेचबिखन तथा लैंगिक हिंसाको जोखिम पहिचान, निगरानी र रोकथामसम्बन्धी कार्य सञ्चालन गर्ने ।
- जोखिममा रहेका व्यक्ति तथा समुदायसँग प्रत्यक्ष सम्पर्क गरी प्रारम्भिक परामर्श, सूचना संकलन र आवश्यक समन्वय गर्ने ।
- सुरक्षाकर्मी, स्थानीय निकाय, समुदाय संरचना तथा सम्बन्धित सरोकारवालासँग प्रभावकारी समन्वय गर्ने ।
- प्रभावित तथा उद्धार गरिएका महिला तथा किशोरीहरूलाई परामर्श, सुरक्षित सेवा, पारिवारिक पुनर्मिलन तथा प्रेषण तथा अनुगमन गर्ने ।
- गोपनीयता, मर्यादा र संस्थागत नीतिहरूको पूर्ण पालना गर्दै कार्य सम्पादन गर्ने ।
शिक्षा:
- एसएलसी/एसईई उत्तीर्ण गरी मानव बेचबिखन तथा लैंगिक हिंसा विरूद्ध काम गरेको अनुभव भएको साथै सम्बन्धित जिल्ला स्थित आवाधिक आवास गृहमा बस्न सक्ने । स्थानीय भाषामा दख्खल भएकोलाई विशेष ग्राहेता दिइनेछ ।
सीप तथा अनुभव:
- कुशल सञ्चार तथा प्रभावकारी समन्वय गर्ने क्षमता भएको ।
- मानव बेचबिखन तथा हिंसामा परेका वा जोखिममा रहेका व्यक्ति तथा समुदायको संरक्षण र उत्थानप्रति गहिरो चासो र प्रतिबद्धता भएको ।
- हिंसाबाट प्रभावित महलिा तथा किशोरी तथा समुदायसँग काम गरेको अनुभव भएको ।
- मानव बेचबिखन तथा लैंगिक हिंसाबाट प्रभावितहरूप्रति संवेदनशील भई आशा, भरोसा र आत्मबल जगाउन सक्ने क्षमता भएको ।
- मनोसामाजिक परामर्शसम्बन्धी आधारभूत ज्ञान र व्यवहारिक सीप भएको ।
- नेपाली भाषामा राम्रो दख्खल र स्थानीय भाषाको ज्ञान भएको ।
- टोली भावना अनुसार सहकार्य गर्दै काम गर्न सक्ने ।
- आत्मविश्वासी, सृजनशील र सकारात्मक सिकाइ प्रवृत्ति भएको ।
- उच्च नैतिक चरित्रयुक्त भई गोपनीयता कायम राख्न सक्ने ।
- आफन्त नेपालको मूल्य–मान्यता, दर्शन र लक्ष्यप्रति प्रतिबद्ध भई प्रभावित व्यक्तिहरूको जीवन रूपान्तरणका लागि सेवा गर्न इच्छुक ।
माथि उल्लेखित योग्यता पुगेका नेपाली नागरिकले यही २०८३ असार ४ गते (18 June 2026) दिउँसो २:०० बजे भित्र jobs.kinnepal@gmail.com वा आफन्त नेपालको सम्बन्धित जिल्ला शाखा कार्यालयमा आइपुग्ने गरी आवेदनपत्र (Application Letter)र अध्यावधिक व्यक्तिगत विवरण (CV) पेश गर्नुहोला ।
छानिएका आवेदकहरूलाई मात्र छनौट प्रक्रियामा बोलाइने छ ।
छनौट गर्ने, नगर्ने, विज्ञापन स्थगित गर्ने वा रद्द गर्ने सम्पूर्ण अधिकार आफन्त नेपालमा निहित हुने छ ।
पुनश्चः
१. बेचबिखन तथा हिंसाबाट प्रभावित योग्य व्यक्तिहरूको लागि शैक्षिक योग्यता बाधक हुने छैन ।
२. सम्बन्धित जिल्लाको आवाधिक सेवा गृहमा बस्नुपर्ने ।
३. योग्य स्थानीय महिला तथा मानव बेचबिखन र लैंगिक हिंसाबाट प्रभावितहरुलाई विशेष प्राथामिकता दिइनेछ ।
Overview
| Category | Development Project, Human Rights |
| Openings | Few |
| Position Type | Contract |
| Experience | Please check vacancy details. |
| Education | SLC / SEE |
| Posted Date | 08 Jun, 2026 |
| Apply Before | 18 Jun, 2026 |
| City | Lalitpur |