सफ्टवेयर निर्माणको लागि प्राविधिक सेवाको लागि प्रस्ताव आह्वानको सूचना
Details / requirements:
सिद्धार्थ सामाजिक विकास केन्द्र
बाणगंगा-४, जितपुर, कपिलवस्तु, लुम्बिनी प्रदेश
सफ्टवेयर निर्माणको लागि प्राविधिक सेवाको लागि प्रस्ताव आह्वानको सूचना
(प्रकाशित मिति: २५ जेठ २०८३ (८ जुन २०२६)
प्रस्ताव पेस गर्नुपर्ने अन्तिम मिति: ३१ जेठ २०८३ (१४ जुन २०२६)
यस सिद्धार्थ सामाजिक विकास केन्द्र (SSDC) द्वारा हेम्पेल फाउन्डेसनको आर्थिक सहयोग र VSO नेपालको साझेदारीमा लुम्बिनी प्रदेशका ४ वटा जिल्लामा सञ्चालित SIKAI-II परियोजनाको डेटा सङ्कलन, अनुगमन, रिपोर्टिङ र विश्लेषणका लागि एक केन्द्रीकृत सूचना व्यवस्थापन प्रणाली (Integrated Databased Management System ;Mobile Application and Web-based Dashboard information System) निर्माण गर्नुपर्ने भएको छ । तसर्थ, उक्त सफ्टवेयर तथा प्रणाली निर्माणको कार्य गर्न इच्छुक र आवश्यक योग्यता पुगेका, कानुनी रूपमा दर्ता भएका सफ्टवेयर निर्माण कम्पनी वा सम्बन्धितफर्महरूबाट प्राविधिक र आर्थिक प्रस्ताव (Technical and Financial Proposal) पेस गर्न यो सूचना आह्वान गरिएको छ।
मुख्य ववरणहरू:
- कार्यको विवरण: मोबाइल एप्लिकेसन र वेब-आधारित ड्यासबोर्ड प्रणालीको विकास।
- आवश्यक अनुभव: सम्बन्धित क्षेत्रमा (Mobile App र Web Dashboard/MIS Development) कम्तीमा ३ देखि ५ वर्षको प्रमाणित अनुभव भएको।
- प्रस्ताव पेस गर्नुपर्ने अन्तिम मिति: ३१ जेठ २०८३ (१४ जुन २०२६)
- प्रस्ताव पेस गर्ने माध्यम: कार्यालय भित्र कार्यालय समय वा इमेल ssdcprocrument@gmail.com मार्फत मात्र पेश गर्न सकिने छ ।
पेस गर्नुपर्ने मुख्य कागजातहरू:
- संस्थाको लेटरहेडमा कभर लेटर।
- संस्थाको प्रोफाइल र अद्यावधिक कम्पनी दर्ता प्रमाणपत्र ।
- भ्याट/प्यान (VAT/PAN) दर्ता प्रमाणपत्र र आ.व. २०८१/८२ को कर चुक्ता प्रमाणपत्र ।
- विगतमा गरेका समान प्रकृतिका कार्य अनुभवका प्रमाणहरू ।
- कार्ययोजनासहितको अधिकतम ५ पृष्ठको प्राविधिक प्रस्ताव ।
- विस्तृत बजेट ब्रेकडाउन सहितको आर्थिक प्रस्ताव ।
- विस्तृत कार्य सर्त-Terms of Reference (ToR): संस्थाको कार्यालय वा इमेलमार्फत अनुरोध गरी प्राप्त गर्न सकिने छ वा डाउलोड गर्न सकिने छ । )
LINK: Terms of Reference (ToR)
नोट : म्याद नाघी आएका वा रीत नपुगेका प्रस्तावहरूलाई मान्यता दिइने छैन । प्राप्त प्रस्तावहरूमध्ये पूर्ण वा आंशिक रूपमा स्वीकृत वा अस्वीकृत गर्ने सम्पूर्ण अधिकार यस संस्थामा सुरक्षित रहनेछ। छनोटमा परेका निवेदकहरूलाई मात्र प्रस्तुतीकरण (Presentation) वा अन्तर्वार्ताका लागि सम्पर्क गरिनेछ ।
प्रस्ताव पठाउने ठेगाना तथा सम्पर्क विवरण:
सिद्धार्थ सामाजिक विकास केन्द्र (SSDC)
बाणगंगा-४, जितपुर, कपिलवस्तु, लुम्बिनी प्रदेश
इमेल: ssdcprocrument@gmail.com
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 08 Jun, 2026 |
| Apply Before | 14 Jun, 2026 |
| City | Kapilvastu |