मौजुदा सूची दर्ता गर्ने सम्बन्धी सूचना

Youth Alliance For Development (YARD)

Details / requirements:

विकासका लागि युवा ऐक्यबद्धता (यार्ड)

मौजुदा सूची दर्ता गर्ने सम्बन्धी सूचना

प्रकाशित मिति : २०८३/०१/०७

यस संस्थालाई सन् २०२६ का लागी आवश्यक पर्ने तपशिलका वस्तु तथा सेवा कार्यहरू उपलब्ध गराउन इच्छुक इजाजत प्राप्त व्यक्ति, फर्म, कम्पनी, संस्था, आपुर्तीकर्ता, निर्माण व्यवसायी, परामर्शदाता/ सेवाप्रदायक संस्थाबाट यार्डको आर्थिक तथा प्रशासनिक नियमावली को अन्तिम संशोधन २०७८ को दफा ७.३ को उपदफा ७.३.३ अनुसार मौजुदा सूची (Standing list) दर्ता गर्न सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र आफुले उपलब्ध गराउने वस्तु तथा/सेवा कार्यहरू अनुसार अलग अलग सूची तयार गरी यस कार्यलयमा रित पुर्वक निवेदन पेश गर्न हुन जानकारी गराईन्छ । मौजुदा सूचिको मान्य अबधि २०२६ डिसेम्बर सम्मको लागी मात्र रहनेछ भने उक्त सूचिमा समाबेश गर्ने वा नगर्ने सम्पुर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहनेछ । 

तपशिल

१) स्टेशनरी, मसलन्द, कार्यालय सामान, ब्यानर तथा टिसर्ट छपाई, फर्निचर तथा फर्निसिङ्ग सामाग्री, होडिङ्ग बोर्ड प्रिन्ट, फलेक्स प्रिन्ट सम्बन्धी कार्य । 

२) कम्प्यूटर सप्टवेयर निर्माण, इन्टरनेट सेवा तथा सूचना प्रबिधि सम्बन्धी आपुर्ति तथा मर्मत सम्बन्धी कार्य ।

३) पत्र पत्रिका, सूचना तथा विज्ञापन प्रकाशन तथा प्रशारण सम्बन्धी कार्य ।

४) सवारी साधन (मोटरसाईकल, जिप, भ्यान) पार्टपुर्जा आपुर्ति तथा मर्मत सम्बन्धी कार्य ।

५) कम्प्युटर, ल्यापटप, प्रिन्टर, फोटोकपी मेशिन, क्यामरा, फयाक्स मेसिन, सि.सि.टि.भि, UPS, विभिन्न प्रकारका व्याकप ब्याट्र, टिभी प्रोजेक्टर, टेलिफोन/मोबाईल सेट एवं तिनका पार्टपुर्जाहरू खरिद तथा मर्मत सम्बन्धी कार्य साथै यसका लागि आवश्यक पर्ने टोनर रिफिलिङ्ग, मसिहरु र विद्युतिय सामानहरू खरीद तथा मर्मत कार्य । 

६) रंग रोगन सम्बन्धीका कार्यहरू ।

७) सार्वजनिक निर्माण सामाग्रीहरू खरिद सम्बन्धी कार्य ।

८) लेखा परिक्षण, अध्ययन–अनुसन्धान, गोष्ठी, सेमिनार, तालिम तथा परामर्श सेवा संचालन/सहजीकरण सम्बन्धीका कार्यहरू ।

९) श्रब्य–दृश्य सामाग्री निर्माण तथा प्रशारण ।

१०) व्यवसायिक सिपमुलक तालिमहरू सिलाई, कटाइ, सैलुन, व्युटिसियन, वायरिङ्ग लगायत अन्य कार्य

११) औषधी तथा उपकरण सम्बन्धी कार्य ।

१२) विभिन्न प्रकारका कृषिजन्य विउहरू, रसायनिक औषधी तथा कृषि उपकरणहरू ।

१३) यूवा तथा बालबालिकाहरूको लागी खेल सामाग्री, खेलौना, स्कुल व्याग तथा अन्य शैक्षिक सामाग्रीहरू ।

१४) प्रविधि सम्बन्धी विभिन्न उपकरणहरू जस्तै –Total Station, GPS, Measuring tape, amni level, auto level, high level scale आदी ।

१६) प्रिन्ट तथा फोटोकपी सम्बन्धीका कार्यहरू ।

१७) खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा तथा खुद्रा सामानहरूको बिक्रि वितरण सम्बन्धीका सेवाहरू ।

१८) सवारी साधन तथा ढुवानि सम्बन्धीका कार्यहरू ।

१९) नर्सरी जन्य कार्यहरू ।

२०) कानुनी रुपमा मान्यता प्राप्त पशुपन्छी सम्बन्धीका कार्यहरू ।

२१) विभिन्न प्रकारका बिमा सम्बन्धीका कार्यहरू ।

२२) फर्नीचर सम्बन्धीका कार्यहरू ।

२३) खाना, नास्ता, होटल बास तथा तालिम हल सम्बन्धी सेवाहरू । 

निवेदन साथ पेश गनु पर्ने कागजातहरू 

  • निवेदन
  • निबेदकले उपलब्ध गराउने सेवा/सामाग्री
  • व्यावसाय दर्ता प्रमाण पत्र 
  • स्थाई लेखा नम्बर प्यान वा मुल्य अभिवृद्धिकर भ्याट दर्ता प्रमाण पत्र 
  • कर चुक्ता प्रमाण पत्र २०८१/०८२
  • प्रोप्राईटरको नागरिकताको प्रमाण पत्र 
  • कालो सूचीमा नपरेको स्वा घोषणा

निवेदन पेस गर्ने प्रक्रिया 

१) हार्डकपी–विकासका लागि युवा ऐक्यबद्धता (यार्ड), धनगढी–५, तारानगर वा

इमेलः yard2067@gmail.com

विकासका लागि युवा ऐक्यबद्धता (यार्ड)

धनगढी–५, तारानगर, कैलाली सुदुरपश्चिम प्रदेश

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 20 Apr, 2026
Apply Before 26 Apr, 2026
City Dhangadhi, Kailali