कार्यक्रम संयोजक (Program Coordinator)
Details / requirements:
आवश्यकता ! आवश्यकता !! आवश्यकता !!!
प्रथम पटक सूचना प्रकाशित मितिः २ भदौ , २०८३
सहकर्मी समाजद्वारा आगामी दिनमा जाजरकोट जिल्ला अन्तर्गतका समस्त पालिकाहरूमा सञ्चालन गर्न प्रस्ताव गरिएको "मातृ, नवजात शिशु, बाल स्वास्थ्य (MNCH) तथा पोषण कार्यक्रम" का लागि कार्यक्रम संयोजक (Program Coordinator) आवश्यक परेको हुँदा इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूबाट यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ६ दिनभित्र दरखास्त आह्वान गरिन्छ।
| पद | न्यूनतम शैक्षिक योग्यता तथा कार्यानुभव | मुख्य जिम्मेवारीहरू |
| कार्यक्रम संयोजक (Program Coordinator) (१ जना) | जनस्वास्थ्य वा नर्सिङमा स्नातकोत्तर ( (MPH/MN) उत्तीर्ण भई कार्यक्रम व्यवस्थापनमा १ वर्षको अनुभव वा जनस्वास्थ्य, नर्सिङ वा स्वास्थ्य सम्बन्धी विषयमा स्नातक उत्तीर्ण भई परियोजना व्यवस्थापनमा कम्तीमा ३ वर्षको अनुभव प्राप्त मातृ, नवजात शिशु, बाल स्वास्थ्य (MNCH) र पोषण (Nutrition) कार्यक्रम कार्यान्वयन, अनुगमन तथा समन्वय सम्बन्धी ज्ञान र अनुभव भएको।रेको। |
|
पेश गर्नुपर्ने कागजातहरूः निवेदन, अद्यावधिक गरिएको वैयक्तिक विवरण (बायोडाटा), र नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ। निवेदनमा कुन पदका लागि दरखास्त दिइएको हो सो कुरा स्पष्ट रूपमा खुलाउनु पर्नेछ।
प्राथमिकताः स्थानीय उम्मेदवारहरूलाई विशेष प्राथमिकता दिइनेछ।
दरखास्त दिने अन्तिम मितिः ७ भदौ, २०८३
दरखास्त पठाउने इमेल ठेगाना: sahakarmisamaj.org@gmail.com मा पठाउनुहोला ।
इमेल मार्फत आबेदन पठाउन असमर्थ हुनेहरूले निबेदन सहित आवश्यक कागजातको हार्डकपि निम्नानुसार ठेगानामा बुझाउनुपर्ने छ।
भौतिक रूपमा कागजात वा आवेदन बुझाउने ठेगाना:
कोहलपुर १०, बाँके सम्पर्क नः ०८१–५४००९९
जाजरकोटका स्थानीय आबेदकका लागि:
भेरि नगरपालिक वडा नं ४ गैरिखाली ( नेपाल लिमिटेड बैंक को अगाडी), जाजरकोट , सम्पर्क नं : ९८२८७९७४५९
परीक्षाको किसिमः लिखित तथा अन्तर्वार्ता।
नोट:
- म्याद नाघी आएका दरखास्त मूल्याङ्कनमा समावेश गरिने छैन।
- प्रस्तुत परियोजना दाताको स्वीकृति र आर्थिक सहायताको उपलब्धतामा निर्भर रहनेछ।
Overview
| Category | Public Health, Development Project, Medical / Nursing |
| Openings | 1 |
| Position Type | Full Time, Contract |
| Experience | 3+ years |
| Education | M.P.H. (Masters in Public Health), M.Sc. / M.N. (Masters in Nursing) |
| Posted Date | 18 Aug, 2026 |
| Apply Before | 23 Aug, 2026 |
| City | Banke |