Invitation to Bid

Social Awareness Center SAC Nepal

Details / requirements:

Invitation to Bid

समाज जागरण केन्द्र (स्याक), नेपाल 

केन्द्रिय कार्यालय वीरेन्द्रनगर – १२, सुर्खेत

बोलपत्र आह्वान

(द्रोसो पटक प्रकाशित मितिः २०८३ वैशाख १० गते )

(प्रथम पटक प्रकाशित मितिः २०८२ चैत्र ३ गते )

समाज जागरण केन्द्र (स्याक),नेपाल र प्लान इन्टरनेशनल नेपालको साझेदारिमा सञ्चालित “किशोरी शसक्तिकरण परियोजना” (BBaGS) अन्तर्गत डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिकामा २ वटा बिद्यालयहरुमा अपांग तथा लैंगिक मैत्री शौचालय निर्माण तथा १ वटा ठुलिभेरी नगरपालिकामा किशोरकिशोरी मैत्री स्वास्थ्य संस्था लागि यो सुचना प्रकाशित भएको मितिले २१ (एक्काइस) दिनभित्र (सार्वजनिक विदा परेमा सो को भोलिपल्ट) रितपुर्वक शिलबन्दी बोलपत्र पेश गर्न सम्बन्धित सबैको जानकारीका लागी यो सुचना प्रकाशित गरिएको छ ।  

पेश गनुपर्ने आवश्यक कागजातहरु :

१. कम्पनी रजिस्ट्रार प्रमाणपत्र प्रतिलिपी

२. स्थायी लेखा नम्बर प्रमाण पत्र प्रतिलिपी

३. आ.व.२०८१/०८२ को कर चुक्ता प्रमाण पत्र  

४. प्रस्तावकले यस अघि सिफारिस गरेको समान कामको अनुभवहरुको कागजातको प्रतिलिपी

५. प्रस्तावकले प्रस्ताव गरेको जम्मा मूल्यको हुन आउने रकम (भ्याट बाहेक) को २.५ प्रतिशत बैंक जमानी पत्र (Bank Guarantee letter) साथै Package 1 / Package 2 को छुट्टा छुट्टै  संलग्न गर्नुपर्ने छ ।

६. प्रस्ताव आव्हानको फारम, शर्तहरु (TOR) तथा BOQ संस्थाको website वा तथा तल दिईएको लिंकबाट प्राप्त  गर्न सकिनेछ ।

७. बोलपत्र पेश गर्ने अन्तिम मिति: २०८३। ०१।१६ गते कार्यालय समय (५:०० जे) रहेको तथा उक्त बोलपत्र मिति २०८३।०१।१८ गते दिनको १२:१० जे खोलिने छ । कोटेशन पेश गर्ने स्थान स्याक नेपालको केन्द्रीय कार्यालय वीरेन्द्रनगर, सुर्खेत वा परियोजना कार्यालय डोल्पा दुनै । 

८. भवन निर्माण हुने क्षेत्र तथा निर्माण संरचना तपसिल बमोजिम रहेको छ । 

तपसिल

विड नं.
 विद्यालयको नाम / स्वास्थ्य चौकी
ठेगाना
निर्माण संरचना
कैफियत
1/SAC/82-83
थरगाउँ सामुदायिक स्वास्थ्य इकाई
ठुलिभेरि नगरपालिका –०६ थरगाउँ, डोल्पा
दुई कोठे भवन, संगै अपांग तथा लैंगिक मैत्री पक्की शौचालय निर्माण (Package 1)
आवश्यक स्पेशिफिकेशन BOQ मा उपलव्ध गराइएको
2/SAC/82-83
भगवती आधारभुत विद्यालय
त्रिपुरासुन्दरी नगरपालिका ०७, छल, डोल्पा
३ (तिन) कोठा, ६ वटा धारा भएको हात धुने स्थान भएको  अपांग तथा लैंगिक मैत्री पक्की शौचालय निर्माण (Package 2)
आवश्यक स्पेशिफिकेशन BOQ मा उपलव्ध गराइएको
3/SAC/82-83
सरस्वती  माध्यमिक विद्यालय
त्रिपुरासुन्दरी नगरपालिका ०३ सुँ  डोल्पा
३ (तिन) कोठा, ६ वटा धारा भएको हात धुने स्थान भएको  अपांग तथा लैंगिक मैत्री पक्की शौचालय निर्माण (Package 2)
आवश्यक स्पेशिफिकेशन द्यइत्त मा उपलव्ध गराइएको

नोट:

वोलपत्रको विस्तृत फाराम 

Toilet Drawing-BBaGs-BMZ.zip

Toilet _AFS_ Drawing-BBaGs-BMZ.zip

BOQ_Toilet _AFS.xlsx

2nd times Financial Proposal _ Construction.pdf

2nd times Technical Proposal _Construction.pdf

यहाँबाट डाउनलोड गर्न सकिनेछ वा संस्थाको मुख्य कार्यालय बिरेन्द्रनगर, सुर्खेत वाट पाउन सकिन्छ । बोलपत्रमा केही संशोधन भएमा पेश हुनुभन्दा पहिले जानकारी गराईने छ । 

  • स्थानिय निर्माण ठेकेदार कम्पनीलाई प्राथमिकता दिइने छ ।
  • दर रेट दिदा निर्माण ठेकेदार कम्पनीले विद्यालय क्षेत्रको भौगौलीक अवस्था अवलोकन गरी कागजात पेश गर्नहुन प्रोत्साहन गरिन्छ ।
  • विकास साझेदार संस्थावाट रकम स्विकृत भएको खण्डमा मात्र लागु हुने तथा वोलपत्र स्वीकार गर्ने वा अस्वीकार गर्ने वा आशिंक स्वीकार गर्ने सम्पुर्ण अधिकार संस्थामा रहनेछ ।

बोलपत्र पेश गर्ने ठेगाना

खरिद समिति

समाज जागरण केन्द्र (स्याक), नेपाल

केन्द्रिय कार्यालय वीरेन्द्रनगर– १२, सुर्खेत

फोन न.: ०८७–४४०१५२

www.sacnepal.org.np

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 23 Apr, 2026
Apply Before 29 Apr, 2026
City Birendranagar Surkhet