होस्टेल वार्डेन / आउटरिच ओर्कर

Shakti Samuha

Details / requirements:

कर्मचारी आवश्यकता सम्बन्धि सूचना

मिति २०८१/०१/२५

शक्ति समुह मानव बेचबिखनबाट प्रभावित महिलाहरुद्धारा संचालित विश्वको पहिलो संस्था हो । शक्ति समुहले मानव बेचबिखनबाट प्रभावित महिला तथा यसको उच्च जोखिममा रहेका किशोरी तथा बालिकाहरुको अधिकार संरक्षण तथा मानवअधिकार, सामाजिक न्यायका साथै मानव बेचबिखन न्युनीकरण, रोकथाम, संरक्षण, क्षमता अभिबृद्धी र जीविकोपार्जनको सवालमा केन्द्रित रहेर मानव बेचबिखन बिरुद्धको अभियानहरु सञ्चालन गर्दै आईरहेको छ ।

शक्ति समुहमा निम्नानुसार पदका लागि कर्मचारी आवश्यकता भएकोले इच्छुक योग्य व्यक्तिहरुले recruitment.shaktisamuha@gmail.com मा इमेल मार्फत व्यक्तिगत विवरण, शैक्षिक योग्यता, नागरिकता, तालिम अनुभव आदि प्रमाणपत्रका प्रतिलिपिहरु संलग्न गरी आजको मितिले ७ दिन भित्र आवेदन पेश गर्नुहुन अनुरोध गरिन्छ ।

पद: होस्टेल वार्डेन 

संख्या: २

कार्यस्थल: काठमाण्डौं 

आवश्यक न्यूनतम योग्यता तथा अनुभव: एसएलसी/एस.इ.इ. उत्तिर्ण र ३ बर्ष कार्य अनुभव वा प्रवीणता प्रमाणपत्र तह उत्तिर्ण र १ बर्ष कार्य अनुभव । (मानव बेचबिखन प्रभातिहरुको हकमा ५ कक्षा उत्र्तिण गरी  मानव बेचविखन बिरुद्धबारे ज्ञान भएको )

सम्बन्धित कामका लागि उम्मेदवारमा हुनु पर्ने थप क्षमता:

  • आवासिय कर्मचारी रुपमा सम्पुर्ण जिम्मेवारी बहन गर्न सक्ने सीप र क्षमता भएको 
  • होस्टेल वा आवास सञ्चालन तथा व्यवस्थापन गर्न सक्ने सीप  क्षमता भएको 
  • सेवाग्राही तथा लक्षित बर्गलाई उचित सेवा उपलब्ध गराई सहयोग पुऱ्याउने रुची र क्षमता भएको । 
  • आवास गृहमा  पारीवारिक र सुरक्षित वातावरण बनाई सेवाग्राहीलाई सेवा प्रदान गर्नसक्ने सीप र क्षमता  भएको । 
  • आवास गृहमा आवश्यकता अनुसार मासिक रुपमा रासन लगायत अन्य आवश्यक सामाग्रीको व्यवस्थापन गरि त्यसको अभिलेख राख्न सक्ने ज्ञान भएको 
  • स्थानीय निकायसँग समन्वय र सहकार्य गरी कार्य गर्न सक्ने । 
  • कम्प्यूटर सम्बन्धि ज्ञान भएको  । 
  • आवास गृहमा आइपर्ने आपतकालिन अवस्थालाई जिम्मेवार भई व्यवस्थापन गर्न सक्ने क्षमता भएको 
  • प्रतिवेदन तयार गर्न सक्ने ।

पद: आउटरिच ओर्कर 

संख्या: १ 

कार्यस्थल: कास्कि, पोखरा 

आवश्यक न्यूनतम योग्यता तथा अनुभव: एसएलसी/एस.इ.इ.उत्तिर्ण र ३ बर्ष कार्य अनुभव वा प्रवीणता प्रमाणपत्र तह उत्तिर्ण र १ बर्ष कार्य अनुभव र मानव बेचविखन बिरुद्धबारे ज्ञान भएको ।

सम्बन्धित कामका लागि उम्मेदवारमा हुनु पर्ने थप क्षमता:

  • मानव बेचबिखन हुन सक्ने क्षेत्रहरुमा भिजिट गरी जोखिम पहिचान गर्न सक्ने क्षमता र सीप भएको 
  • मानव बेचबिखन तथा यसको उच्च जोखिममा रहेको व्यक्तिहरुको पहिचान गरी उद्धार गर्नका लागि सम्वन्धित निकासँग समन्वय तथा सहकार्य गर्न सक्ने क्षमता भएको 
  • स्थानिय स्तरका सरोकारवाला निकायहरुसँग सहकार्य गर्न सक्ने क्षमता भएको 
  • कम्प्युटरमा कार्य गर्न सक्ने सीप भएको 
  • फिल्ड भिजिट प्रतिवेदन सहित मासिक प्रतिवेदन तयार गर्नसक्ने सीप भएको

पुनश्च: मानव बेचबिखन प्रभावित, दलित, जनजाति, स्थानीय समुदायका तथा अपांगता भएका महिलारुलाई आवेदन पेश गर्नका लागि शक्ति समुह विशेष आह्वान गर्दछ । प्रारम्भिक चरणमा छनौट भएका आवेदकहरुलाई मात्र लिखित तथा मौखिक अन्तर्वार्ताको लागि सम्पर्क गरिनेछ ।

Overview

Category Development and Project, Development / NGO
Openings 3
Position Type Contract
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 07 May, 2024
Apply Before 13 May, 2024
City Kathmandu, Pokhara, Kaski