Gardener (माली)

Embassy of Switzerland in Nepal

Details / requirements:

कर्मचारी भर्ना

नेपालमा स्विट्जरल्याण्डले सन् १९५९ देखी आफ्नो विकास सहयोगमार्फत कार्य गर्दै आएको छ । सन् २००९ बाट नेपालमा स्वीस राजदुतावासको स्थापना भएपछि स्विट्जरल्याण्डको सहयोग संघीयताको कार्यान्वयन, रोजगारी र आयआर्जनका साथै सुरक्षित आप्रवासनमा निरन्तर केन्द्रित रहि आएको छ । स्विट्जरल्याण्ड नेपालको संघीय, प्रादेशिक र स्थानीयतहमा सामाजिक, आर्थिक विकास र संघीयताको कार्यान्वयनमा सहयोग गर्न प्रतिबद्ध छ ।

माली  (४ वर्षको निश्चित अवधिको सम्झौता, अवधि थप हुने सम्भावना)

राजदुतावासको सप्रोट टिमको सदस्यको हैसियतमा मालीले राजदूतावास परिसरमा बगैंचाको रेखदेख गर्नुका साथै कार्यालयले खटाए बमोजिम अन्य काममा पनि मद्दत गर्नेछ । मालीले राजदुतावास सप्रोट टिमको कामलाई प्रभावकारी बनाउन लगनशीलता र प्रतिबद्धताका साथ सहयोग गर्नु पर्नेछ ।

मालीले राजदुतावास परिसरमा हप्ताको पाँच दिन काम गर्नेछ र निम्न कार्यहरू गर्नेछ:

राजदुतावास परिसर, भवन र बगैंचामा सबै बिरुवाहरूको हेरचाह गर्ने; बगैचा र वरपरको क्षेत्र र बाहिरी मुख्य गेट वरपर सफा राख्ने; बगैंचामा मौसमी फूल रोप्ने; आवश्यकता अनुसार नर्सरीको विकास र व्यवस्थापन गर्ने; कार्यालय वरपरको नाली नियमित रूपमा सरसफाइ गर्ने वा सम्बन्धित व्यक्तिबाट गराउने; राजदुतावासको परिदृश्य सौन्दर्यता कायम राख्नु र सम्भव भए सम्म नयाँ विचारहरू प्रस्ताव गर्ने; करेसाबारीको हेरचाह र विकास गर्ने र उपलब्ध बोटबिरुवा र भान्साको फोहोरबाट बगैंचाको लागि मल तयार गर्नेस कार्यालय परिसर भित्र उपकरणहरू ओसारपसार गर्न सहयोग गर्ने र सुपरभाजरद्वारा खटाएको अन्य कार्यहरू पूरा गर्नु पर्ने ।

प्राविधिक दक्षताः

उम्मेदवारको न्यूनतम शैक्षिक योग्यता SLC/SEE हुनुपर्ने;  मालीको रूपमा न्यूनतम ३ वर्षको अनुभव; बिरुवा र फूलहरूको प्रमाणित ज्ञान भऐको; सरल अंग्रेजी र नेपाली भाषामा बोल्न र लेख्न सक्ने; मान्यता प्राप्त संस्थानबाट सम्बन्धित विषयमा प्रशिक्षित भएकोलाई प्राथमिकता ।

सामाजिक दक्षता:

असल बोलीचाली र मिलनसार; आफ्नो जिम्मेवारी स्वतन्त्र रुपले पुरा गर्न तथा परिआएको काम गर्न सक्ने; आफु संलग्न भएको टोलीमा मिलेर काम गरी सकारात्मक योगदान दिन सक्ने; लैङ्गिक तथा सामाजिक विविधता विषयमा सचेत भएको;  बहुजातीय टोलीसगँ मिलेर काम गर्न सक्ने ।

विस्तृत कार्य विवरण राजदुतावासको वेभ साइट वा Linkedin मा उपलब्ध छ ।

https://www.fdfa.admin.ch/countries/nepal/en/home/news/open-job-vacancies.html

अथवा तल उल्लेखित लिङ्कमा जानुहोस्:

Download TOR

निम्न विवरण संलग्न गरी हालको बायोडाटा सहित अंग्रेजी अथवा नेपालीमा आवेदन दिनु हुन आह्वान गर्दछौँ  ।

  • हालको सम्पर्क ठेगाना र टेलिफोन नम्बर
  • शैक्षिक योग्यताको कागजात
  • हालको अथवा पूर्व रोजगारदाताबाट सिफारिस

माथि उल्लेखित पूर्ण विवरण सहितको आवेदन २१ फेब्रुअरी २०२४, ५ बजे भित्र इमेल kathmandu.application@eda.admin.ch वा पोष्टमार्फत निम्न ठेगानामा आइपुगि सक्नु पर्ने छ। खाममा वा इमेलको विषयमा “आवेदन–माली” भनि उल्लेख गर्नु पर्नेछ ।

Chief of Finance, Personnel and Administration

P.O. Box 113

Kathmandu, Nepal

राजदुतावासका LinkedIn प्लेटफर्ममा गरिएका कुनै पनि टिप्पणीहरूको राजदुतावासले जवाफ दिने छैन । राजदुतावासले सबै कागजात भएको पूर्ण फाइलहरू मात्र प्रशोधन गर्नेछ र कुनैकारण नदिई कुनै वा सबै आवेदनहरू अस्वीकार गर्ने अधिकार सुरक्षित राख्दछ । छनौट गरिएका उम्मेद्वारहरूलाई मात्र इमेल मार्फत सम्पर्क गरिनेछ ।

नेपालमा स्थित स्विट्जरल्याण्ड राजदुतावासले श्रमशक्तिमा विविधतालाई प्रोत्साहान गर्दछ र भेदभावमा पारिएको समुह (दलित, जनजाती, मधेशी र तराइ र अन्य अल्प संख्यक समुदाय) का उम्मेदवारलाई सकरात्मक विभेद गर्दछ ।

Overview

Category Office Assistant
Openings 1
Position Type Fixed Term
Experience 3+ years
Education SLC / SEE
Posted Date 07 Feb, 2024
Apply Before 21 Feb, 2024
City Lalitpur