गुणस्तरीय पठन सामग्री कार्यक्रम अन्तर्गत १० वटा बाल पुस्तकहरूको लाइसेन्सिङ अवसरका लागि प्रकाशक/प्रकाशन गृहबाट आशय पत्र (EOI) माग सम्बन्धमा

Room to Read Nepal

Details / requirements:

रुम टु रिड नेपाल, साक्षरता कार्यक्रम २०२५, गुणस्तरीय पठन सामग्री [Quality Reading Materials (QRM)] कार्यक्रम अन्तर्गत १० वटा बाल पुस्तकहरूको लाइसेन्सिङ अवसरका लागि प्रकाशक/प्रकाशन गृहबाट आशय पत्र (EOI) माग सम्बन्धमा

पुनः प्रकाशित मिति: २०८२ आश्विन २४

सन् २००० मा "शिक्षित बालबालिकाबाट नै विश्व परिवर्तनको थालनी हुन्छ" भन्ने विश्वासका साथ स्थापना भएको रूम टु रिडले नेपालका विभिन्न जिल्लामा पुस्तकालय स्थापना, बालिका शिक्षा, शिक्षक तालिम र गुणस्तरीय पठन सामग्री विकासमा काम गर्दै आइरहेको छ ।

रुम टु रिड नेपालले विकास र प्रकाशित गरेका गुणस्तरीय बालपुस्तकमा बालबालिकाहरूको पहुँच विस्तार गर्ने उद्देश्यले सन् २०२५ मा १० वटा बाल पुस्तकहरूको लाइसेन्सिङ प्रकाशक/प्रकाशन गृहहरूलाई प्रदान गर्नका लागि मिति २०८२/०३/१९ गते प्रकाशन गरिएको सूचना अनुसार प्रकाशक/प्रकाशन गृहहरूबाट प्राप्त कागजातहरू अपुग भएको हुँदा उक्त प्रक्रिया सम्पूर्ण रुपमा रद्द गरी पुनः आशयपत्र पेशका लागि यो सूचना प्रकाशित गरिएको छ । बालपुस्तक प्रकाशन क्षेत्रमा कम्तीमा पाँच वर्षको अनुभव भएका सबै इच्छुक र योग्यता पुगेका नेपाली प्रकाशक/प्रकाशन गृहहरूलाई सूचना प्रकाशन भएको मितिले २२ दिन भित्र उल्लेखित ठेगानामा हार्डकपी कागजातमार्फत आवेदन पेश गर्न आह्वान गर्दछौँ ।

आशयपत्रसँग पेश गर्नुपर्ने आवश्यक कागजातहरू:

  • निवेदन पत्र
  • कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि
  • कम्पनी PAN/VAT मा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपी
  • कम्पनीको पार्श्वचित्र (प्रोफाइल)
  • ToR मा उल्लेखित मापदण्ड पुरा गरेको झल्किने दस्तावेज
  • आर्थिक वर्ष २०८०/८१ तथा २०८१/२०८२ को कर चुक्ता प्रमाणपत्र (वा म्याद थप) को प्रतिलिपी

आवेदन पेश गर्ने अन्तिम मिति: २०८२ कार्तिक १४

इच्छुक प्रकाशक/प्रकाशन गृहहरूले कार्यक्षेत्रगत शर्त (ToR) दिइएको लिङ्क वा QR कोडमार्फत प्राप्त गर्न सक्नेछन् ।

https://bit.ly/48nzyue

रुम टु रिड, थापाथली, काठमाडौं

फोन नं: ०१-४१०२१२७, ४१०२१२८, ४१०२१२९

नोट: इच्छुक प्रकाशक/प्रकाशन गृहहरूलाई कार्यक्षेत्रगत शर्त (ToR) को अभिमूखीकरण (Pre-biding orientation) आश्विन ३१ (17 Oct 2025) मा रुम टु रिड कार्यालय,थापाथलीमा गरिने व्यहोरा यसै सूचना मार्फत जानकारी गराइन्छ ।

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 10 Oct, 2025
Apply Before 31 Oct, 2025
City Kathmandu