फिल्ड अधिकृत (Field Officer)

National Farmers Group Federation Nepal (NFGF Nepal)

Details / requirements:

कर्मचारी आवश्यकता सम्बन्धी सूचना

पुनः प्रकाशितः मिति २०८३ श्रावण, २१ गते

राष्ट्रिय कृषक समूह महासंघ, नेपाल ( National Farmers’ Group Federation-NFGF, Nepal) सम्बन्धित सरकारी निकायहरूमा दर्ता भएका कृषक समूह, पशु सेवा समूह र कृषि सहकारीहरूको छाता संगठन हो । यस महासंघले सिमान्तकृत, भूमिहिन, महिला र साना किसानहरूको क्षमता विकासको माध्यमबाट अधिकारमा पहुँच स्थापना एवं किसानको जिवनस्तरमा सकारात्मक परिवर्तनको लागि  कार्यरत रहदै आएको छ ।

महासंघले पोषण परियोजना (Nurture Every Future/Poshan Project) सँग सम्बन्धित गतिविधिहरू मार्फत लक्षित वर्गको पोषणमा पहुँच साथै जीविकोपार्जनमा टेवा  पुर्याउने उद्देश्यले केयर नेपालसँगको साझेदारीमा सिरहा र सप्तरी जिल्लाका स्थानीय सरकारहरूसँगको सहकार्यमा कार्यक्रम सञ्ंचालन गर्न गईरहेको छ । महासंघको मधेश प्रदेश कार्यसमितिको कार्यालय सिरहामा एवं सम्बन्धित पालिकाहरूमा रही तपसिलको पदमा काम गर्न इच्छुक, योग्यता पुगेका नेपाली नागरिकहरूले तपसिलमा उल्लेखित ठेगानामा  २५ श्रावण, २०८३ सम्ममा रीतपूर्वकको निवेदन एवं बायोडाटा  पेश गर्न अनुरोध गरिन्छ ।

निवेदन पेश गर्दा अपेक्षित तलव समेत उल्लेख गर्नुपर्नेछ ।

पदपद संख्याशैक्षिक योग्यताआवश्यक अनुभव

फिल्ड अधिकृत

(Field Officer)

  • जनस्वास्थ्य , नर्सिङ्ग,स्वास्थ्य सहायक, समाजशास्त्र, कृषि विज्ञान विषयमा  स्नातक तह, वा सो सरह उतिर्ण भई पोषण तथा मातृशिशु स्वास्थ्य वा खानेपानी, सरसफाइ तथा स्वच्छताको क्षेत्रमा कम्तिमा ३ वर्षको कार्य अनुभव भएको
  • स्वास्थ्य संस्था तथा समुदायस्तरमा पोषण तथा मातृशिशु स्वास्थ्य सुधारमा आधारित पोषण विशेष तथा पोषण संवेदनशिल क्रियाकलापहरू सञ्चालनबारे अनुभव भएको,
  • भूमिहीन, साना, सिमान्तकृत समुदायमा सामाजिक  परिचालन एवं पोषणसँग सम्बन्धित गतिविधिहरू संचालन गरेको  अनुभव भएको,
  • स्थानीय पालिकास्तरमा कृषि, स्वास्थ्य, सरसफाई, शिक्षा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा, वडा स्तरमा समन्वय समिति लगायत अन्य सरोकारवाला निकायहरूसँग समन्वय गरी पोषणको गतिविधिहरू सञ्चालन गर्न सक्ने क्षमता भएको,
  • स्थानीय सरकारसँगको सहकार्यमा सघन रुपमा भूमिहीन, साना, सिमान्तकृत तथा महिला कृषक लक्षित स्वच्छ उत्पादनसंग सम्बन्धित गतिविधि सहजीकरण गर्ने ज्ञान र सीप भएको, 
  • साना किसान लक्षित, जलवायुमैत्री गाउँ अभ्यास, पर्यावरणीय कृषि, पोषण बगैचा, व्यवहार परिवर्तन, स्वच्छ उत्पादन, उपभोगसँग सम्बन्धित गतिविधि, जीविकोपार्जनका कार्यक्रमहरूमा सहजिकरण गर्ने ज्ञान र सीप भएको,
  • स्थानीय उत्पादनमा सहजीकरण, विविधिकृत उत्पादन एवं उत्पादनको बजारीकरणको बारे सहजीकरण सीप भएको
  • अधिकारमा आधारित अभियान, किसान अधिकार, खाद्य अधिकार, खाद्य सुरक्षा र खाद्य संप्रभुताबारे सघन बुझाई र अनुभव भएको,
  • कृषक पाठशालामा आधारित कृषि प्रसार सम्बन्धी अनुभव भएको,
  • स्थानीयस्तरमा सरोकारवालाहरू विच प्रभावकारी सञ्चार सीप साथै सामाजिक संजालको प्रभावकारी उपयोग साथै कृषि र स्वास्थ्य एप्सहरु (प्रविधि) प्रयोग गरि सहजीकरण गर्न सक्ने सीप भएको 
  • समदायस्तर सामदायिक संस्थाहरू, निजिी क्षेत्रहरूसँग समन्वय गरी स्रोत साझेदारीमा सहकार्य गर्ने क्षमता अनभव भएको,
  • GESI Principles मा रहेर GESI Policy, NFLG Guideline, MSNP-III अनुसार पोषण कार्यक्रममा GESI लाई समावेश गर्ने अनुभव भएको,
  • Event Report, Monthly Report तयार गर्ने र MEAL सँग समन्वय गरी गुणस्तरीय प्रतिवेदन तयार गर्न सक्ने क्षमता भएको,
  • पोषणसँग सम्बन्धित गतिविधिहरूको प्रतिवेदन लेखन, घटना अध्ययन लेखन, प्रभाव मुल्यांकन सीप भएको,
  • GESI, Safeguarding and Accountability मा संवेदनशीलता भएको,
  • गैरसरकारी संस्था वा महासंघ प्रकृतिको संगठनमा रहि सम्बन्धित जिम्मेवारीमा कम्तिमा ३ वर्ष काम गरेको अनुभव भएको ।
  • Link: Detailed JD
  • महिला, दलित,  सिमान्तकृत र स्थानीय उम्मेदवारलाई छनौट प्रक्रियामा थप प्रोत्साहन दिइनेछ ।
  • निवेदन पेश गर्दा अपेक्षित तलब समेत उल्लेख गर्नुपर्नेछ ।
  • छोटो सूचिमा परेका उम्मेदवारहरूलाई मात्र थप प्रक्रियामा समावेश गराईनेछ ।
  • यौन शोषण, दुर्व्यवहार, यौन उत्पीडन, अधिकारको दुरुपयोग र भेदभाव रहित राष्ट्रिय कृषक समूह महासंघ, नेपाल शून्य सहनशीलता प्रति प्रतिवद्ध छ ।

दरखास्त साथ बुझाउनु पर्ने कागजातहरू

  • रितपूर्वकको निवेदन, बायोडाटा, नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यता र कार्य अनुभव प्रमाणपत्रहरूको प्रतिलिपि 
  • दरखास्त बुझाउने ठेगानाः ईमेल ठेगाना vacancy.nfgf@gmail.com मार्फत दरखास्त पेश गर्न सकिनेछ ।
  • दरखास्त बुझाउने अन्तिम मितिः २५ श्रावण, २०८३ सम्म 
  • छनौट विधीः लिखित र मौखिक

पदपूर्ति समिति

राष्ट्रिय कृषक समूह महासंघ, नेपाल

Overview

Category Agriculture, Public Health, Social Science, Development Project, Medical / Nursing
Openings 1
Position Type Full Time, Contract
Experience 3+ years
Education Please check vacancy details
Posted Date 06 Aug, 2026
Apply Before 10 Aug, 2026
City Siraha, Saptari