Call for Expression of Interest (EOI) :Selection of Publishers for Licensing 10 Children's Books under the 2025 Literacy Program, Quality Reading Material (QRM) Initiative
Details / requirements:
रुम टु रिड नेपाल, साक्षरता कार्यक्रम २०२५, गुणस्तरीय पठन सामग्री [Quality Reading Materials (QRM)] कार्यक्रम अन्तर्गत १० वटा बाल पुस्तकहरूको लाइसेन्सिङ अवसरका लागि प्रकाशक/प्रकाशन गृहबाट आशय पत्र (EOI) माग सम्बन्धमा
प्रथम पटक प्रकाशित मिति: २०८२ आषाढ १९
सन् २००० मा "शिक्षित बालबालिकाबाट नै विश्व परिवर्तनको थालनी हुन्छ" भन्ने विश्वासका साथ स्थापना भएको रूम टु रिडले नेपालका विभिन्न जिल्लामा पुस्तकालय स्थापना, बालिका शिक्षा, शिक्षक तालिम र गुणस्तरीय पठन सामग्री विकासमा काम गर्दै आइरहेको छ ।
रुम टु रिड नेपालले विकास र प्रकाशित गरेका गुणस्तरीय बालपुस्तकमा बालबालिकाहरूको पहुँच विस्तार गर्ने उद्देश्यले सन् २०२५ मा १० वटा बाल पुस्तकहरूको लाइसेन्सिङ प्रकाशक/प्रकाशन गृहहरूलाई प्रदान गर्नका लागि यो सूचना प्रकाशित गरिएको छ । बाल पुस्तक प्रकाशन क्षेत्रमा कम्तीमा पाँच वर्षको अनुभव भएका सबै इच्छुक र योग्यता पुगेका नेपाली प्रकाशक/प्रकाशन गृहहरूलाई उल्लेखित ठेगानामा हार्डकपी कागजातमार्फत आवेदन पेश गर्न आह्वान गर्दछौँ ।
आवेदन पेश गर्ने अन्तिम मिति: २०८२ साउन १९
इच्छुक प्रकाशक/प्रकाशन गृहहरूले कार्यक्षेत्रगत शर्त (ToR) दिइएको लिङ्क वा QR कोडमार्फत प्राप्त गर्न सक्नेछन् ।
रुम टु रिड, थापाथली, काठमाडौं
फोन नं: ०१-४१०२१२७, ४१०२१२८, ४१०२१२९
Overview
Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
Position Type | Contract |
Posted Date | 09 Jul, 2025 |
Apply Before | 03 Aug, 2025 |
City | Kathmandu |