बालविकास संयोजक (Child Development Coordinator)
Details / requirements:
कर्मचारी (बालविकास संयोजक) आवश्यकता सम्बन्धी पूनः विज्ञापन ।
प्रकाशित मिति: २०८१ कार्तिक ११ गते
श्री सोताङ गाउँपालिका तथा चाइल्डएड नेटवर्क फाउन्डेशन र सेतो गुराँस राष्ट्रिय बाल विकास सेवा, ललितपुरको संयुक्त सहयोगमा सञ्चालन हुने "ECD Harmony – Building Bright Beginners in Solukhumbu and Ramechhap" परियोजना अन्तर्गत त्यस गाउँपालिकाको मातहतमा रहने गरी बालविकास संयोजक पदमा खुला प्रतियोगितात्मक परिक्षाबाट सेवा करारमा कर्मचारी आवश्यकता भएको हुँदा यो सूचना प्रकाशन भएको मितिले ७ कार्यलय दिनभित्र तल उल्लेखित यस संस्थाको email मा तोकिएको योग्यता पुगेका इच्छुक उम्मेदवारबाट दरखास्त आह्वान गरिन्छ ।
क्र.स. | विज्ञापन नं | पद | माग संख्या | कार्यक्षेत्र | कैफियत |
१ | बालविकास संयोजक | १ | सम्बन्धित पालिका |
आवश्यक न्यूनतम योग्यता विवरण:
१. न्यूनतम शैक्षिक योग्यता:
नेपाल सरकारबाट मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा शिक्षा शास्त्र वा अन्य विषयमा स्नातक उत्तीर्ण गरेको ।
२. अनुभव:
- बहुक्षेत्रीय (स्वास्थ्य, पोषण, सुरक्षा, उत्प्रेरणा, सहजीकरण प्रविधि र बालस्याहार आदि) कार्यक्रमका लागि कम्तिमा २ वर्ष अनुभव प्राप्त व्यक्तिलाई प्राथमिकता दिइनेछ ।
- प्रारम्भिक बालविकास सम्बन्धी नीति नियम तथा कार्यक्रम बारेमा जानकार हुनुपर्ने,
- स्थानीय योजना निर्माण र प्रक्रिया सम्बन्धी अनुभव र ज्ञान भएको हुनुपर्ने,
- अभिभावक शिक्षा, अभिभावक अभिमुखीकरण कार्यक्रम सम्बन्धी अनुभव भएको हुनुपर्ने,
- प्रारम्भिक बालविकास तथा एकीकृत प्रारम्भिक बालविकास सम्बन्धी राम्रो ज्ञान भएको,
- स्थानीय सरकार र सरोकारवालाहरुसँग समन्वय र सहकार्य गरी विभिन्न कार्यशाला र तालिम सञ्चालन गर्न सक्ने ।
३. प्राथमिकता: सम्बन्धित पालिकाको बासिन्दालाई प्राथमिकता दिइनेछ । सम्बन्धित पालिकामा उपयुक्त आवेदक नभएको खण्डमा नजिक पालिकाको हुनुपर्ने ।
४. छनौट प्रक्रिया: लिखित तथा मौखिक अन्तर्वार्ता (छोटो सुचीमा परेका उम्मेदवारलाई मात्र लिखित परिक्षामा समावेश गरिनेछ ।)
५. दरखास्तसाथ पेश गर्नुपर्ने आवश्यक कागजात: शैक्षिक योग्यताको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, र अनुभवको प्रमाणपत्रको प्रतिलिपि
६. दरखास्त दिने स्थान: योग्यता पुगेका इच्छुक उम्मेदवारले आफ्नो CV र फोटो सहितको आवेदन पत्र यस संस्थाको ईमेल setoguransncds.vacancy@gmail.com मा मिति २०८१ कार्तिक २१ गते, ५ बजे भित्रमा पेश गर्नुपर्नेछ ।
नोट: हामी (सेतो गुराँस राष्ट्रिय बालविकास सेवा) यस संस्था भित्र समावेशीकरण र विविधताको महत्वमा दृढ विश्वास गर्दछौं र महिला, अल्पसंख्यक र आदिवासी समूदायीका योग्य उम्मेदवारहरुलाई दृढतापूर्वक दरखास्तको लागि प्रोत्साहित गर्दछौं । यस संस्थामा जागिरको लागि आवेदन दिने उम्मेद्वारहरु हाम्रो बालसंरक्षण मापदण्ड तथा बालयौन शोषण र दुर्व्यवहार बिरुद्धको संरक्षण निर्देशिकाको पालना गर्न तयार हुनुपर्दछ । यस संस्थाको मूल्यमान्यता तथा मिसनसँग मेल नखाने आचरणमा यस संस्थाको शून्य—सहिष्णुता नीति छ,, त्यसैले छनौट गरिएका सबै उमेदवारहरुले यी मापदण्ड र सिद्धान्तहरु पालना गर्ने अपेक्षा गरिन्छ ।
Overview
Category | Development Project, Development / NGO |
Openings | 1 |
Position Type | Full Time |
Experience | 2 Years |
Education | B. Ed. (Education), Bachelor's degree in a related field |
Posted Date | 27 Oct, 2024 |
Apply Before | 06 Nov, 2024 |
City | Lalitpur |