बोलपत्रको सूचना आह्वान
Details / requirements:
प्रथम पटक प्रकाशित मिति: २०८२ जेष्ठ ०४ गते
दोश्रो पटक प्रकाशित मिति: २०८२ जेष्ठ २७ गते
बोलपत्रको सूचना आह्वान
यस कालिका स्वावलम्बन सामाजिक केन्द्र तथा Helen Keller International, iDE Nepal and Vitamin Angels सँगको संयुक्त साझेदारीमा Transforming Lives Through Nutrition (TLTN) कार्यक्रमको लागि Drinking Water Filter खरिद गर्नुपर्ने भएकोले सो सामाग्री खरिद गर्नको लागि तल उल्लेखित शर्तहरुको अधिनमा रहने गरी इच्छुक तथा इजाजत प्राप्त नेपाली नागरिक व्यक्ति वा फर्महरुबाट फर्म पानरभ्याट दर्ताको प्रतिलिपी, घरेलु दर्ताको प्रतिलिपी तथा नबिकरण, आ.ब. २०८०।०८१ को करचुक्ताको कागजात सहित पेश गर्नको लागि बोलपत्र आह्वान गरिन्छ ।
शर्तहरु:
१. आपुर्तिकर्ताले कार्यालयले उपलब्ध गराएको बोलपत्र फारममा आफुले तोकेको प्रति इकाई दर रेट प्रष्ट सँग उल्लेख गर्नुपर्नेछ साथै तोकेको दर रेट अनुसारको जम्मा रकम अङ्क र अक्षर दुबैमा उल्लेख गर्नु पर्नेछ । यदि कारणवश उल्लेख भएको जम्मा रकम नबुझिएमा अक्षरमा लेखिएको रकमलाई मान्यता दिइने छ ।
२. सामाग्रीको ढुवानी कपिलवस्तु जिल्लाको १० वटै पालिका सम्म सम्बन्धित आपुर्तिकर्ताले नै गर्नु पर्नेछ । सो बापत अन्य सुबिधा यस कार्यालयले दिने छैन ।
३. लाभग्राहीको नाम र ठेगाना संस्थाले उपलब्ध गराउने छ ।
४. खरिद गर्न खोजेको परिमाण कम या बढी हुन सक्नेछ ।
५. सम्झौता भएको एक साता भित्र सम्पुर्ण सामाग्रीको आपुर्ति गरिसक्नु पर्नेछ । आपुर्ति गर्न नसकेको कुनै उपयुक्त कारण भएको खण्डमा आपसी समझदारीमा समय थप गर्न सकिने छ ।
६. बोलपत्र दाताले बोलपत्र २०८२ जेष्ठ २९ गते बेलुका ५ बजे भित्र कालिका स्वावलम्बन सामाजिक केन्द्र, कपिलवस्तु नगरपालिका ०३, कालिका गाँउमा स्थित कार्यालयमा ल्याई बुझाई सक्नु पर्नेछ । म्याद नाघेको, रित नपुगेको बोलपत्र उपर कुनै कारवाही गरिने छैन ।
७. इमेलबाट पठाइएको बोलपत्र स्वीकार गरिने छैन तसर्थ बोलपत्र फारम कार्यालय मै बुझाई दर्ता गराउनु पर्नेछ ।
८. पहिले पेश गरेका बोलपत्रहरु मान्य गरिने छैन तसर्थ पुन: बोलपत्र पेश गर्नुपर्नेछ ।
९. बोलपत्र पेश गर्दा आपुर्ति गर्ने फिल्टरको रङ्गिन फोटो अनिवार्य रुपले पेश गर्नुपर्नेछ तथा कार्यालयले नमुना माग गरेको खण्डमा २ दिन भित्र कार्यालयमा पेश गर्नु पर्नेछ ।
१०. प्राप्त बोलपत्रहरु खोलिने मिति र समय सम्बन्धित बोलपत्र दातालाई जानकारी गराईने छ । बोलपत्र दाता वा निजको प्रतिनिधीको अनुपस्थितमा पनि बोलपत्र खोल्न कुनै बाधा पुग्ने छैन ।
११. बोलपत्र स्विकृत गर्ने वा नगर्ने सम्पुर्ण अधिकार यस कार्यालयमा निहित रहने छ ।
१२. माथि उल्लेखित भएका कुराहरु बाहेक अन्य कुरा प्रष्ट गर्नु परेमा निम्न ठेगानामा सम्पर्क राखी जानकारी लिन सकिने छ ।
१३. माथि उल्लेखित सामाग्रीहरुको बोलपत्र फारम आवश्यक परेमा यस कार्यालयमा सम्पर्क गरी वा Jobs Nepal को अनलाइन पोर्टलबाट पनि डाउनलोड गर्न सकिन्छ ।
1. Financial Proposal - Water Filter
2. Self Declaration # स्व घोषणापत्र
सम्पर्क:
खरिद तथा लिलाम उप(समिति
कालिका स्वावलम्बन सामाजिक केन्द्र
कपिलवस्तु नगरपालिका ०३, कालिका गाँउ, तौलिहवा
सम्पर्क नम्बर: ०७६-५६०२८२
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 10 Jun, 2025 |
Apply Before | 12 Jun, 2025 |
City | Kapilvastu, Lumbini Province |