सुची दर्ता गर्ने सम्बन्धी सूचना

Rastriya Rojgar Prawardhan Kendra RRPK Lalbandi

Details / requirements:

सुची दर्ता गर्ने सम्बन्धी सूचना

(REF.: WVIN/RRPK/EOI/2024/02)

 प्रथम पटक प्रकाशित मिति: २०८०/११/०८ गते

वर्ल्ड भिजन इन्टरनेशनल नेपालसँगको साझेदारीमा राष्ट्रिय रोजगार प्रवर्धन केन्द्र (RRPK) सर्लाहीको आयोजनामा संचालित पोषण तथा उत्थानशिल जिविकोपार्जन (NRL) परियोजना अन्तर्गत युवाहरुलाई रोजगारमुलक तालिमहरु (CTEVT) बाट मान्याता प्राप्त ३९० घण्टा) प्रदान गर्नका निम्ति संस्थाहरुलाई आ.व.२०२३/२०२४ मा तल उल्लेखित तालिमहरु आवश्यक्ता अनुसार एकै पटक संचालन गर्नु पर्ने भएकोले सम्बन्धीत इच्छुक इजाज्त प्राप्त दर्तावाला फर्म, कम्पनी एवं संस्थाहरुबाट यस कार्यालयमा सूचीदर्ताको लागि आवेदन सहित उल्लेखित कागजात मिति २०८० फाल्गून २१ गते (०४ मार्च २०२४) भित्र कार्यालय समयमा पेश गर्न आह्वान गर्दछौ । 

सम्भावित रोजगार मुलक तालिमहरुको विवरण

  • व्यटीपार्लर (Beauty Parlor Level-2)
  • सिलाई कटाई (Tailoring level-2)

 दरखास्त साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरु तथा आर्थिक तथा प्राविधिक सम्बन्धि जानकारी 

१. निवेदन 

२. कम्पनी तथा फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि (नविकरण भएको)

३. PAN/VAT दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि 

४. आर्थिक बर्ष २०७९/०८० को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि 

५. कम्पनी तथा फर्मको प्रोफाइल

६. प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (CTEVT) को आवद्धता प्रमाण पत्रको प्रतिलिपि (नविकरण भएको)

७. सम्बन्धित क्षेत्रमा विगत तिन बर्ष सम्म विभिन्न  निकायहरु सँग कारोवार गरेको प्रमाणित गर्ने कागजातहरु । 

८. सम्बन्धित क्षेत्रमा CTEVT बाट मान्याता प्रयाप्त प्रशिक्षकहरुको बायोडाटा

९. कालो सुचिमा नपरेको स्व: घोषणा पत्र

१०. यो सुचनामा उल्लेख भए बाहेक थप अरु केही सम्बन्धीत प्रमाण पत्र भएमा सो पनि संलग्न गर्न सकिने छ ।

११. कोटेशन सम्बन्धि कागजात रीतपूर्वक भरी प्रत्येक पानामा सही छाप गरी लाहाछाप शिलबन्दी गरी उल्लेख गरिएको संस्थाहरुको सम्पर्क कार्यालयमा मिति २०८०/११/२१ गते दिउँसो ५ बजे भित्र बुझाउनु पर्नेछ ।

१२. कोटेशन खोल्ने तथा निर्णय गर्ने अधिकार संस्थाहरुको खरिद समितिमा निहित हुनेछ । कुनै वा सबै कोटेशन, पुरै वा आंशिक रूपमा स्वीकार गर्ने वा नगर्ने सम्पूर्ण अधिकार खरिद समितिमा निहित रहनेछ ।

१३. कोटेशन पेश गर्ने अन्तिम दिन सार्वजनिक विदा परेमा त्यसको भोलिपल्ट कार्यालय खुल्ने दिन पेश गर्ने अन्तिम मिति कायम हुनेछ । 

१४. संस्थाको खरिद समिति र आपूर्तिकर्ताको संयुक्त बैठ्कमा तोकिएको समयमा कोटेशन खोल्ने जानकारी समेत गरिन्छ ।   

१५.  प्रमाणपत्रहरु तथा दरभाउ छुट्टा छुटै खाम बन्दि गरि एउटा मुल खाममा राख्नु पर्ने साथै मुल खामलाई लाहा छाप गरि शिलबन्दी गर्नु पर्ने । 

१६. कोटेशन सम्बन्धि फारम र कागजात तल उल्लेखित संस्थाहरुको सम्र्पक कार्यालयको ठेगाना बाट प्राप्त गर्न सकिनेछ । व संस्था को email ID rrpksarlahi.procurement@gmail.com बाट पनि  कोटेशन सम्बन्धि फारम र कागजात माग गर्न सकिन्छ ।                            

नोट: आवश्यक सुचिदर्ताको फारम तथा ToR तलको लिंक बाट प्राप्त गर्न सकिनेछ ।

https://drive.google.com/file/d/1HZ4VECOkHrnEoIldlAVf8w2lkRzUGr3a/view?usp=sharing

शिल गरिएको सुचि दर्ताको फारम बुझाउने ठेगाना:

राष्ट्रिय रोजगार प्रवर्धन केन्द्र (RRPK)

ठेगाना: लालबन्दी-७ (सर्लाही )

फोन नं. ०४६-५०१२६१/९८०१९७२१६५

इमेल: rrpksarlahi.procurement@gmail.com

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 20 Feb, 2024
Apply Before 04 Mar, 2024
City Sarlahi