आर्थिक वर्ष २०८३/२०८४ का लागि मौजुदा सूची दर्ता गर्ने सम्बन्धी सूचना
Details / requirements:
मिति: २०८३/०३/१७ गते
आर्थिक वर्ष २०८३/२०८४ का लागि मौजुदा सूची दर्ता गर्ने सम्बन्धी सूचना ।
बहुउद्देश्यीय विकास समाज (MPDS), डडेल्धुरा २०५५ सालमा स्थापना भएको गैरसरकारी संस्था हो । यस संस्थाले विगत २८ वर्ष देखि सुदूरपश्चिम लगायत अन्य ६ वटै प्रदेशका जिल्लाहरूमा विभिन्न दातृ निकायको सहयोगमा विभिन्न क्षेत्रमा काम गर्दै आइरहेको छ ।
यस संस्थालाई आर्थिक वर्ष २०८३/०८४ मा आवश्यक पर्ने तपसिल बमोजिमका वस्तु तथा सेवाहरू उपलब्ध गराउनका लागि इच्छुक तथा योग्य फर्म/कम्पनी/आपूर्तिकर्ता/सेवा प्रदायक/परामर्शदातालाई आफूले उपलब्ध गराउन सक्ने वस्तु वा सेवाको लागि मौजुदा सूचीमा दर्ता हुन यो सूचना प्रकाशित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ । यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र (कार्यालय समयभित्र) संस्थाको ईमेलमा procurement@mpdsnepal.org.np वा संस्थाको मुख्य कार्यालय तुफानडाँडा डडेल्धुरामा हार्डकपी देहायको आवश्यक कागजात र दिइएको फर्मेट सहित निवेदन पेश गर्नुहुन अनुरोध गरिन्छ ।
मौजुदा सूचीको मान्यता आ.व. २०८३/२०८४ को लागि मात्र हुनेछ र मौजुदा सूचीमा समावेश गर्ने वा नगर्ने सम्पूर्ण अधिकार संस्थामा सुरक्षित रहनेछ ।
तपसिल:
१. स्टेशनरी तथा खेल सिकाइ सामग्री आपूर्ति ।
२. पत्र पत्रिका, सूचना तथा विज्ञापन प्रकाशन तथा प्रसारण सम्बन्धी कार्य ।
३. इलेक्ट्रोनिक्स तथा इलेक्ट्रोनिक उपकरण, कम्प्युटर, ल्यापटप, प्रिन्टर, फोटोकपी मेशिन, क्यामरा, प्रोजेक्टोर, ट्याबलेट, बायोमेट्रिक डिभाइस, कनेक्टर, टेलिफोन सेट तथा सोसँग सम्बन्धित पाटपूर्जाहरूको आपूर्ति तथा मर्मत सम्भार सेवा ।
४. छापाखाना/छपाई सम्बन्धी काम डिजाइनिङ्ग - फ्लायर्स तथा स्टीकर, सूचना, शिक्षा तथा सञ्चार सम्बन्धी सामग्री सन्दर्भ सामग्री, श्रव्य दृश्य सामग्री निर्माण तथा प्रसारण ।
५. विभिन्न प्रकारका कृषिजन्य बीउहरू, र रासायनिक औषधी तथा कृषि उपकरणहरू ।
६. खाद्यान्न तथा खुद्रा सामानहरूको बिक्री वितरण सम्बन्धीका कार्यहरू ।
७. सवारी साधन बिक्री, मर्मत तथा भाडामा उपलब्ध गराउन तथा ढुवानी सम्बन्धी कार्यहरू ।
८. विभिन्न प्रकारका बीमा र कुरियर सम्बन्धीका कार्यहरू ।
९. फर्निचर, आपूर्ति फर्निसिङ्ग तथा मर्मत सम्बन्धीका कार्यहरू ।
१०. खाना, नास्ता, होटल, बास तथा तालिम हल सम्बन्धी कार्य ।
११. ब्ल्याङ्केट, त्रिपाल, झुल लगायतका सामग्रीहरू ।
१२. यातायातका साधन खरिद तथा मर्मत सम्बन्धी कार्य ।
१३. स्वास्थ्य सँग सम्बन्धित केमिकलहरू, पिपिई सामग्री, लगायत अन्य सामग्रीहरू ।
१४. परामर्श सेवाका लागि फर्म तथा व्यक्ति (संस्थाका नीति नियम, नियमावलीहरू निर्माण, तालिम सञ्चालनका लागि, विभिन्न किसिमका मूल्याङ्कन, अध्ययन गर्न) ।
संलग्न गर्नुपर्ने कागजातहरू:
- निवेदन - (सम्पर्क विवरण र उपलब्ध गराउने सेवा र सामग्री) ।
- नवीकरण सहितको फर्म तथा कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि ।
- PAN/VAT दर्ता प्रमाणपत्रको प्रतिलिपि ।
- आर्थिक वर्ष २०८१/०८२ र २०८२/२०८३ सम्मको कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि ।
- प्रोप्राइटरको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि ।
- कालो सूचीमा नपरेको स्व–घोषणा ।
- परामर्शकर्ताको हकमा व्यक्तिगत तथा संस्थागत विवरण ।
- अनुभवको विवरण (गरेका कार्यहरूको सूची, सम्झौता तथा सिफारिस पत्र लगायत) ।
दररेट पेश गर्ने फर्मेटको ढाँचा:
| सि. नं. | विवरण | स्पेसिफिकेशन | एकाइ | प्रति एकाइ दर | कैफियत |
संचालक तथा परामर्शकर्ताको नाम :
हस्ताक्षर:
मिति:
सम्पर्क नम्बर:
फर्मको छाप :
निवेदन दिने अन्तिम मिति र समय: २०८३ असार ३१ गते , कार्यालय समयभित्र ।
बहुउद्देश्यीय विकास समाज लैंगिक समानता, समावेशिता तथा सबैको व्यक्तिको सुरक्षा, सम्मान र अधिकार संरक्षणप्रति पूर्णरूपमा प्रतिबद्ध छ । संस्था दुर्व्यवहार, यौन शोषण तथा उत्पीडन, भ्रष्टाचार, ठगी, आर्थिक हिनामिना, गोपनीयता उल्लङ्घन लगायतका सबै प्रकारका अनियमितता प्रति शून्य सहनशीलताको नीति अवलम्बन गरेको छ । संस्थासँग जोडिने सबै विक्रेता, आपूर्तिकर्ता, सेवा प्रदायक तथा परामर्शदाताहरूले संस्थाको आचारसंहिता तथा सम्बन्धित नीतिनियमावलीहरूको पालना गर्न प्रतिबद्धता जनाउनु पर्नेछ । आचारसंहितामा हस्ताक्षर गर्न अस्वीकार गर्ने वा यसको उल्लङ्घन गर्ने पक्षहरूसँग सम्झौता वा सेवा सम्बन्ध समाप्त गर्न सकिने छ । साथै, संस्था महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अन्य संवेदनशील समूहहरूको सुरक्षा, सम्मान र हित प्रवर्धन गर्न पूर्ण रूपमा प्रतिबद्ध छ ।
................
खरिद समिति
बहुउद्देश्यीय विकास समाज, डडेल्धुरा
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 02 Jul, 2026 |
| Apply Before | 15 Jul, 2026 |
| City | Dadeldhura |