आपूर्तिकर्ता सूची दर्ता सम्बन्धी सूचना

Integrated Community Development Campaign, ICDC Nepal Dhadingbensi, Dhading

Details / requirements:

एकिकृत सामुदायिक विकास अभियान (ICDC) नेपाल, धादिङ

सूचना प्रकाशन मिति: २०८३/०३/१८ 

आपूर्तिकर्ता सूची दर्ता सम्बन्धी सूचना

एकिकृत सामुदायिक विकास अभियान (ICDC) नेपाल, धादिङलाई आर्थिक वर्ष २०८३/०८४ मा आवश्यक पर्ने विभिन्न वस्तु, सेवा तथा निर्माण कार्यहरू एकमुष्ट वा पटक–पटक खरिद गर्न आपूर्तिकर्ता, सेवा प्रदायक तथा निर्माण व्यवसायीहरूको अद्यावधिक सूची तयार गर्नु पर्ने भएकाले इच्छुक तथा योग्य व्यक्ति, फर्म, कम्पनी वा संस्थाहरूलाई सूची दर्ताका लागि यो सूचना प्रकाशित गरिएको छ। इच्छुक आपूर्तिकर्ताहरूले यस सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र आवश्यक कागजातहरू सहित संस्थाद्वारा उपलब्ध गराइएको आवेदन फाराम भरी अनलाइन वा कार्यालयमा उपस्थित भई आवेदन पेश गर्न सक्नुहुनेछ।

w8LJRMS3bL6UwAAAABJRU5ErkJggg==

आवश्यक कागजातहरू

१. फर्म/कम्पनी/संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि।

२. स्थायी लेखा नम्बर (PAN) वा मूल्य अभिवृद्धि कर (VAT) दर्ता प्रमाणपत्रको प्रतिलिपि।

३. पछिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि।

आवेदन पेश गर्ने माध्यम

दिइएको QR स्क्यान गरी उपलब्ध लिंक मार्फत अनलाइन फाराम भरी आवश्यक कागजातहरू अपलोड गरी पेश गर्न सकिनेछ। https://forms.gle/E3nGT2FRBUfuf6p58

वा संस्थाको कार्यालयमा उपस्थित भई आवेदन फाराम भरेर आवश्यक कागजात सहित पेश गर्न सकिनेछ।

पुनश्च: रीत नपुगी वा अपूर्ण कागजात सहित प्राप्त आवेदनहरू स्वतः अस्वीकृत गरिनेछन्। आवेदन स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस संस्थामा सुरक्षित रहनेछ।

सम्पर्क ठेगाना:

एकीकृत सामुदायिक विकास अभियान (ICDC) नेपाल, धादिङ

निलकण्ठ नगरपालिका -८, धादिङवेशी, धादिङ । 

फोन: ०१० ५२०५८१ 

इमेल: icdc.vacancy@gmail.com

वेबसाइट: www.icdc.org.np

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 02 Jul, 2026
Apply Before 16 Jul, 2026
City Dhading