कर्मचारी आवश्यकता

Hilly Region Development Campaign (HRDC), Jajarkot

Details / requirements:

कर्मचारी आवश्यकता

(सूचना प्रकाशित मिति: २०८० असोज ०२ गते)

प्रथम पटक प्रकाशित

एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रम हेल्भेटास नेपालको आर्थिक सहयोगमा कर्णाली तथा सुदुरपश्चिम प्रदेशको जाजरकोट, कालिकोट, दैलेख, सुर्खेत, सल्यान, अछाम र रुकुम पश्चिम जिल्लाहरुमा स्थानिय साझेदार संस्थाहरुद्धारा एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रम संचालन गरिदै आइरहेको छ । जाजरकोट जिल्ला र रुकुम पश्चिमका लागि साझेदार संस्था पहाडी क्षेत्र बिकास अभियान (HRDC) जाजरकोटलाई तपसिल का पदहरु आवश्यकता भएकोले तपशिलमा योग्यता पुगेका नेपाली नागरिकहरुबाट दरखास्त आव्हान गरिएको छ ।

पद: फिल्ड संयोजक (प्राबिधिक)

जम्मा माग पद संख्या: १ (एक) जना 

कार्यस्थलः कार्यक्रम लागु भएका पालिकाहरु ।  

कार्यअवधिः १ अक्टुबर २०२३ देखि ३१ जुलाई २०२४ सम्म  

मूख्य जिम्मेवारी:

वार्षिक कार्यक्रम अनुसार खानेपानी तथा सरसफाइ योजनाको कार्यान्वयन चरणमा निर्माणकार्यको गुणस्तर कायम गर्ने, निर्माण चरणका प्राविधिक  पक्ष संग सम्बन्धित क्रियाकलापहरु संचालन गर्ने र  समय सिमा भित्र योजनाको गुणस्तर कायम गरि सम्पन्न गर्ने  प्रमुख जिम्मेबारी फिल्ड संयोजक (प्राविधिक) को हुनेछ । फिल्ड संयोजक (प्राविधिक) लाई कार्यकारी निर्देशकले सुपरिवेक्षण गर्नेछन भने  फिल्ड संयोजक (प्राविधिक) ले  प्राविधिक सहजकर्ताहरु लाई सुपरिवेक्षण गर्ने छन् । विस्तृत कार्य विवरण निम्नानुसार हुनेछन् ।

  • नगर तथा गांउपालिकाहरुमा वार्षिक कार्यक्रम अनुसारका योजनाहरुको एकीकृत जलश्रोत ब्यवस्थापन कार्यक्रम मापदण्ड अनुसार सर्वेक्षण लागत इस्टिमेट तयार गर्न PPIA टिम लाई सहयोग गर्ने र स्विकृति प्रक्रियाका लागि सहजिकरण गर्ने,
  • खानेपानी तथा सरसफाइ योजनाको कार्यान्वयन चरणमा निर्माणकार्यको गुणस्तर कायम गर्ने
  • वार्षिक कार्ययोजना अनुसारका खानेपानी, सरसफाइ तथा अन्य योजनाहरुको निर्माण सुपरिवेक्षण गर्ने , 
  • योजना कार्यान्वयनको क्रममा उपभोक्ता समितिले गरेको निर्माण कार्यको मूल्याकन गरी उपभोक्ता समितिलाई विल भर्पाइ तयार गर्न सहजिकरण गर्ने, योजनाको निर्माण सकिएपछि अन्तिम अनुगमन एवं कमिसनिङ गर्ने,
  • सम्पूर्ण प्राविधिक तालिम तथा अन्य कार्यका लागि प्राविधिक सहजकर्तालाई सहजिकरण तथा सहयोग  गर्ने,
  • एकीकृत जलश्रोत ब्यवस्थापनकार्यक्रमको प्राविधिक टिमसँग नियमित सम्पर्क समन्वय गर्दै निर्माण क्रियाकलापहरु संचालन गर्ने  
  • निर्माण पश्चातका क्रियाकलापमा PPIA टिमलाई सहयोग गर्ने ।
  • उपभोक्ता समितिहरुलाई वाह्य निर्माण सामाग्री खरिद गर्दा गुणस्तरियता सुनिश्चित गर्नका लागि सहयोग एवं सहजिकरण गर्ने ।
  • कार्यकारी निर्देशकले आवश्यक ठानेका कार्यक्रमसंग सम्वन्धित अन्य कार्यहरु गर्ने ।
  • फिल्ड संयोजक (सामाजिक) को सहकार्यमा फिल्डका गतिबिधिहरु संचालन गर्ने ।

योग्यता तथा अनुभव: 

  • फिल्ड संयोजक (प्राविधिक) पदका लागि कुनै पनि मान्यता प्राप्त प्राविधिक शिक्षालयबाट सिभिल ईञ्जिनियरिङ विषयमा डिप्लोमा पास गरी खानेपानी तथा सरसफाइ क्षेत्रमा कम्तिमा ३ वर्षको कार्य अनुभव भएको ।
  • खानेपानी तथा सरसफाइ योजनाहरु निर्माण सुपेरिबेक्षण, अनुगमन र कार्यसम्पन प्रतिबेदन तयार गरेको अनुभव भएको हुनुपर्ने ।
  • खानेपानी तथा सरसफाइ योजनाहरु को सर्भेक्षण,डिजाइन तथा लागत इष्टिमेट तयार गर्न सक्ने र सर्भे उपकरणहरु (GPS, Abney level, Auto level, Smart phone) प्रयोग गर्न सक्ने ।
  • खानेपानी योजना सम्वन्धी  डिजाइन तथा लागत इस्टिमेट सप्टवेयरमा दखल भएको हुनुपर्ने र Excel, Word  र IT सम्बन्धी ज्ञान भएको 
  • समुदाय, उपभोक्ता समिति र संस्थासंग इमान्दारिता र पारदर्शिता प्रदर्शन गर्न सक्षम र लैङ्गिक तथा समावेशीका सवालमा सचेत भएको 
  • तोकिएको कार्यविवरण अनुसार सम्बन्धित कार्यक्षेत्रमा नै रही कार्य गर्न इच्छुक ।

पद:  सब ईन्जिनियर (PPIA)

जम्मा माग पद संख्या: १ (एक) जना 

कार्यस्थलः कार्यक्रम लागु भएका पालिकाहरु ।  

कार्यअवधिः १ अक्टुबर २०२३ देखि ३१ जुलाई २०२४ सम्म  

मुख्य कार्यहरु र जिम्मेवारीः

वार्षिक कार्यक्रम अनुसार खानेपानी तथा सरसफाइ योजनाको निर्माण पूर्व तथा पश्चात चरणमा तय गरिएका विभिन्न क्रियाकलापहरु जस्तै योजनाहरुको विस्तृत प्राविधिक सर्वेक्षण गर्ने, कार्यक्रमले तोके बमोजिमको डिजाइन लागत अनुमान तयार पार्ने तथा अन्य क्रियाकलापहरु कार्यान्वयनका लागि मुख्य भूमिका निर्वाह गर्ने जिम्मेबारी सब इन्जिनियरको हुनेछ । सब इन्जिनियरलाई कार्यकारी निर्देशकले सुपरिवेक्षण गर्नेछन 

  • पालिकामा सञ्चालनहुने विभिन्न प्रकारका खानेपानी तथा सरसफाइ योजना, बहुउपयोग,लघु सिंचाइ योजना, स्वच्छता तथा पूर्ण सरसफाइ संग सम्वन्धित योजनाहरुको सम्भाव्यता अध्ययन, विस्तृत सर्वेक्षण र  डिजाइन लागत तयार गर्ने ।लागत अनुमान स्विकृति प्रक्रियाका लागि सहजिकरण गर्ने ।
  • पुराना योजनाहरुको सुचारुपनका लागि नियमित अनुगमन गर्ने ।
  • कार्यक्रमको नीति अनुसार खानेपानी तथा सरसफाइ योजनाहरुको सार्वजनिक सुनुवाइ, समिक्षा तथा लेखापरिक्षण र विभिन्न चरणका अनुगमनमा सहयोग गर्ने ।
  • कार्यकारी निर्देशकले आवश्यक ठानेका कार्यक्रमसंग सम्वन्धित अन्य कार्यहरु गर्ने ।
  • फिल्ड संयोजकहरुको समन्वयमा कार्यहरु संचालन गर्ने ।

आवश्यक शैक्षिक योग्यता,अनुभव तथा सम्वन्धित कार्यमा दक्षता

  • सब ईन्जिनियर (PPIA) पदका लागि कुनै पनि मान्यता प्राप्त प्राविधिक शिक्षालयबाट सिभिल ईञ्जिनियरिङ विषयमा डिप्लोमा पास गरी खानेपानी तथा सरसफाइ क्षेत्रमा कम्तिमा ३ वर्षको कार्य अनुभव भएको ।
  • खानेपानी तथा सरसफाइ योजनाहरुको सर्भेक्षण,डिजाइन तथा लागत इष्टिमेट तयार गर्न सक्ने ।
  • Computer र IT सम्बन्धी ज्ञान भएको र खास गरी Excel, Word र खानेपानी योजना सम्वन्धी  डिजाइन तथा लागत इस्टिमेट सप्टवयर मा दखल भएको हुनुपर्ने ।
  • सर्भे उपकरणहरु ( GPS, Abney level, Auto level, Smart phone) प्रयोग गर्न सक्ने ।
  • समुदाय , उपभोक्ता समिति र संस्थासंग इमान्दारिता र पारदर्शिता प्रदर्शन गर्न सक्षम र लैंङ्गिक तथा समावेशीका सवालमा सचेत भएको ।

पद: सामाजिक सहजकर्ता

जम्मा माग पद संख्या: २ (दुई) जना

कार्यस्थलः कार्यक्रम लागु भएका पालिकाहरु ।  

कार्यअवधिः १ अक्टुबर २०२३ देखि ३१ जुलाई २०२४ सम्म  

  • साझेदार संस्थामुख्य कार्यहरु र जिम्मेवारीपालिकामा सञ्चालन हुने विभिन्न प्रकारका खानेपानी तथा सरसफाइ योजना, बहुउपयोग, लघुसिंचाइ योजना, स्वच्छता तथा पूर्ण सरसफाइसंग सम्वन्धित योजनाहरुका आधारभुत तथ्यांक संकलन, सामाजिक परिचालन गर्ने । 
  • कार्यक्रमको नीति अनुसार खानेपानी तथा सरसफाइ योजनाका लागि उपभोक्ता समिति गठन गर्ने र समितिको वैठकका क्रममा लैङ्गिकता, सामाजिक समावेशीकरण तथा समुदायमा पछि परेका समुहहरुको सार्थक सहभागिताको सुनिश्चितता गरी निर्णय प्रक्रियामा उनीहरुको प्रतिनिधित्व गर्न सहजिकरण गर्ने ।
  • योजना संचालनमा कुनै किसिमको विवाद आएमा सामुहिक रुपमा विवाद सुल्झाउन पहल गर्ने ।
  • सामाजिक परिचालनका विभिन्न गतिविधिहरु सञ्चालन गर्दा कार्यक्रम बाट खटिएका फिल्ड कर्मचारी तथा सुपरिवेक्षक, कार्यक्रम संयोजक तथा संस्थाको कार्यालय संग समन्वय गर्ने ।
  • नगरपालिका तथा गाउँपालिकातथा योजनास्तरमा आयोजना गरिने विभिन्न तालिमहरुको कार्ययोजना तयार गर्दै तालिम सञ्चालन गर्ने अथवा फिल्ड संयोजकहरुलार्ई  सहयोग गर्ने र नगरपालिका तथा गाउँपालिका एवं योजनास्तरमा हुने वैठकहरुमा समन्यय गर्दै आवश्यकता अनुसार सक्रिय सहभागिता जनाउने
  • योजनाहरुको कार्यान्वयन चरणमा सार्वजनिक सुनुवाइ, समिक्षा तथा लेखा परिक्षण संचालनमा सहजिकरण गर्ने 
  • फिल्डमा कार्यरत प्राविधिक एवं अन्य कर्मचारीहरु संग समन्वय गरि कार्य गर्ने ।
  • संझौतामा उल्लेख गरिए अनुसार सञ्चालित योजनाहरुको त्रैमासिक, अर्धवार्षिक तथा वार्षिक प्रगति प्रतिवेदन समयमै पेश गर्न फिल्ड संयोजकलाई आवश्यक तथ्याङ्क तथा सूचनाहरु उपलब्ध गराउने ।
  • कार्यक्रमको नीति अनुसार खानेपानी तथा सरसफाई एवं अन्य संपन्न योजनाहरुको अनुगमनमा सहयोग गर्ने।
  • फिल्ड संयोजकहरुले आवश्यक ठानेका कार्यक्रमसंग सम्वन्धित अन्य कार्यहरु गर्ने ।
  • वाह्य निर्माण सामाग्री खरिद प्रकृया, ढुवानी तथा भण्डारणका लागि आवश्यकता अनुसार उपभोक्ता समितिहरुलाई सहयोग र सहजिकरण गर्ने ।

आवश्यक शैक्षिक योग्यता,अनुभव तथा सम्वन्धित कार्यमा दक्षता

  • सामुदायिक सहजकर्ताका लागि प्रमाण पत्र तह वा १२ कक्षा उत्तिर्ण गरि ३ वर्षको सामुदायिक विकास कार्यमा अनुभव भएको हुनु पर्नेछ । सो मध्ये कम्तीमा १ वर्ष समुदाय स्तरमा खानेपानी तथा सरसफाइ क्षेत्रमा अनुभव भएको हुनु पर्ने छ ।
  • आधारभुत कम्प्युटर सम्बन्धी ज्ञान भएको ।
  • तोकिएको कार्यविवरण अनुसार सम्बन्धित योजना क्षेत्रहरुमा नै रही कार्य गर्न इच्छुक भएको । 

पारिश्रमिकः दातृनिकाय संग सम्झौता भए अनुसार 

दरखास्त दिने विधिः

आवेदन  र ब्यक्तिगत बिवरण सहित ईमेल ठेगाना  hrdc.jajarkotvacancy@gmail.com  मा मिती २०८०।०६।०८ गते कार्यालय समय ५ बजे सम्म दरखास्त दिन सकिनेछ । यसरी दरखास्त दिदा  बायोडाटामा सन्दर्भ व्यक्तिहरुको (Reference) नाम, सम्पर्क नम्बर, आफ्नो इमेल र सम्पर्क नं. समावेश गर्नुपर्नेछ । म्याद नाघी आएका  निवेदनहरु थप छनौट प्रक्रियामा समावेश गरिने छैनन् र भर्ना समितिले पूर्ण वा आशिंक कुनै पनि आवेदन विना शर्त स्वीकृत गर्ने वा नगर्ने अधिकार आफूमा निहित गर्दछ ।

प्रारम्भिक छनौटमा परेका उम्मेदवारहरुलाई मात्र लिखित तथा मौखिक छनौंट प्रक्रियामा समावेश गरिनेछ । 

हेल्भेटास नेपाल र यसका साझेदार संस्थाले सकारात्मक विभेदिकरण नीति अवलम्बन गर्ने भएकोले महिला, दलित, जनजाति, सीमान्तकृत तथा स्थानीयलाई प्राथमिकता दिईनेछ ।

पदपूर्ति समिति

Overview

Category Development and Project, Development / NGO
Openings 4
Position Type Full Time
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 19 Sep, 2023
Apply Before 25 Sep, 2023
City Jajarkot