संवाददाता

The Story Kitchen

Details / requirements:

द स्टोरी किचेन

दरखास्त आव्हान

पद : संवाददाता 

पद संख्या:

सेवाको प्रकृति : पूर्णकालीन, करार (हालका लागि एक वर्ष)

प्रकाशन मिति: २०७७ फाल्गुण १९ (३ मार्च २०२२)

हाम्रो बारेमा

द स्टोरी किचेनले त्यस्तो समाजको परिकल्पना गर्छ, जहाँ हरेक महिलाको आवाज सुनिन्छ, उनको अस्तित्वको सम्मान हुन्छ, उनको कामको गणना योगदानको कदर गरिन्छ । नेपालको राजनीतिक, सामाजिक, सांस्कृतिक र आर्थिक विषयमा महिलाको आवाज र दृष्टिकोण जोड्नु स्टोरी किचेनको ध्येय हो । 

पुरुष केन्द्रीत नेपालको इतिहास लेखनमा महिलावादी दृष्टिकोणको खोजी गर्ने मूल उद्देश्यका साथ द स्टोरी किचेन स्थापना भएको हो । साथै, नेपालमा ‘मूलप्रवाह/मूलधार’ भनिने संचारमाध्यमहरुमा महिलाको न्यून सहभागिता र उनीहरुको छविको प्रस्तुति सकारात्मक ढङ्गले नभइरहेको सन्दर्भमा महिलाका जीवनभोगाइ र विचारहरुलाई महिलाकै दृष्टिकोणमा प्रस्तुत गर्नका लागि वैकल्पिक माध्यममार्फत सघाउ पुर्‍याउने हेतुले द स्टोरी किचेन शुरु गरिएको हो । 

महिलाका विचारको खोजबिन, अनुभवको आदानप्रदान तथा कर्ता, निर्माता र सर्जकका रुपमा महिलाको भूमिकालाई स्थापित गर्न संचारमाध्यमका पुराना र नयाँ प्रविधि दुवैलाई यसले प्रयोग गर्छ । नेपाली समाजमा जकडिएर रहेको पितृसत्तात्मक व्यवस्थालाई हल्लाउन र कमजोर बनाउन यो एउटा महत्वपूर्ण उपाय हो भन्ने लगावपूर्ण विश्वास स्टोरी किचेनको रहेको छ । 

यो उद्देश्य प्राप्तिका लागि द स्टोरी किचेनले शुरु गर्न लागेको विचार र जीवनभोगाइ प्रधान अनलाइनका लागि हामी संवाददाताको खोजीमा छौं । हामीले खोजेको संवाददाताको आवश्यक अनुभव, योग्यता र कार्यविवरण निम्नानुसार छ । 

संवाददाताको आवश्यक अनुभव, योग्यता

  • महिलावादी चिन्तन भएको र महिलावादी दर्शनलाई अझै फराकिलो दृष्टिकोणबाट बुझ्न र व्याख्या गर्ने हुटहुटी भएको,
  • नेपालको महिला आन्दोलन र यसका विभिन्न आयामबारे सामान्य ज्ञान भएको,
  • त्रिभुवन विश्वविद्यालय वा अन्य कुनै मान्यताप्राप्त शैक्षिक संस्थाबाट प्रविणता प्रमाणपत्र तह वा साे सरह उत्तीर्ण गरि अनलाइन वा छापा माध्यममा संवाददाता पदमा रहि कम्तीमा तीन वर्ष काम गरेको ।
  • नेपाली भाषामा लेखनको अनुभव भएको । अंग्रेजी भाषामा दख्खल भएका उम्मेदवारलाई प्राथमिकता दिइनेछ ।

संवाददाताको कार्यविवरण

  • अनलाइन पोर्टलका लागि आवश्यक दैनिक रिपोर्टिङको जिम्मेवारी वहन गर्ने ।
  • उपसम्पादकको मार्गनिर्देशनमा आवश्यक विषयहरु पहिचान,र रिपोर्टिङ तथा लेखन गर्ने ।
  • अनलाइन पोर्टलका लागि अन्य आवश्यक कामहरु गर्ने ।

यदि तपाईँ आफूलाई यो पदका लागि योग्य छु र कार्यविवरणमा उल्लेख गरिएका कामहरु सम्पूर्ण पेशागत मर्यादासहित गर्न सक्छु भन्ने लाग्छ भने कृपया इमेल ठेगाना vacancy@thestorykitchen.org मा तपाईँको दरखास्त र बायोडाटा मिति २०७८ फाल्गुण २५ (९ मार्च, २०२२) भित्र पठाउनुहोला । इमेल पठाउँदा इमेलको Subject Line मा “YOUR NAME (तपाईँको आफ्नो नाम) _- REPORTER” अनिवार्य लेख्नुहोला । 

तपाईँले अपेक्षा गर्नुभएको न्यूनतम मासिक पारिश्रमिक पनि अनिवार्यरुपमा दरखास्तमा उल्लेख गर्नुहोला । उम्मेदवार छनौटको सर्वाधिकार द स्टोरी किचेनमा निहित हुनेछ र कसैको दाबी वा विरोध मान्य हुनेछैन ।

Overview

Category Media / Journalism
Openings 1
Position Type Full Time
Experience 3+ years
Education Please check vacancy details
Posted Date 03 Mar, 2022
Apply Before 09 Mar, 2022
City Lalitpur