टेन्डर आह्वानको सूचना
Details / requirements:
टेन्डर आह्वानको सूचना
प्रथम पटक प्रकाशित मिति: २०८३ बैशाख २५ गते
विषय: टेन्डर आह्वानको सूचना ।
उपरोक्त सम्बन्धमा Save The Children र पाँचतारा युवा संरक्षक मञ्च (PTYSM) जाजरकोट द्धारा सञ्चालित Improved Cook Stove परियोजनाको लागि सुधारिएको चुलो विभिन्न समयमा विभिन्न परिमाणमा आवश्यक पर्ने भएकोले नेपाल सरकारबाट बस्तु तथा सेवासँग सम्बन्धित कार्यको इजाजत प्राप्त निम्न लिखित शर्तको अधिनमा रहि कार्य गर्नका लागि इच्छुक आपुर्तीकर्ताबाट टेन्डर आह्वान गरिएको छ ।
टेन्डर प्रकाशन भएको मितिले १५ औँ दिन अर्थात मिति २०८३ जेष्ठ ८ गते ५ बजे सम्म यस संस्थाको कार्यालयमा वा आधिकारीक इमेलमा दर्ता गराई सक्नु पर्ने छ । साथै मिति २०८३ जेष्ठ ९ गते गते विहान १० बजे सम्म राखिएको पासपोर्ट सोही इमेल मार्फत उपलब्ध गराउनु पर्नेछ ।
टेन्डर पेश गर्ने इमेल: ptysm.procurement@gmail.com
टेन्डर पेश गर्ने ठेगाना: छेडागाड नगरपालिका-५ थलह, जाजरकोट
सामग्री उपलव्ध गराउनु पर्ने स्थान: छेडागाड नगरपालिका-५ थलह, जाजरकोट
Email बाट टेन्डर पेस गर्दा PDF बनाइ पासवर्ड राखी पेस गर्न सकिने छ ।
शर्तहरू
- टेन्डर सस्थाले उपलब्ध गराएको फारम मा लेखी पेश गर्नु पर्नेछ ।
- टेन्डर तोकिएको मिति र समय भित्र सम्बन्धित कार्यालयमा दर्ता गराई सक्नु पर्ने छ ।
- शिलबन्दी दरभाउ पत्र पेस गर्ने वा निजको प्रतिनिधिको उपस्थिति वा अनुपस्थितिमा यस कार्यालयमा खोलिने छ ।
- टेन्डर पत्र दाता आफुले कबोल गरेको दररेट तथा कुल रकम अंक र अक्षरमा प्रष्ट हुने गरी उल्लेख गर्नु पर्ने छ । अङ्क र अक्षरमा फरक परेमा अक्षरलाई मान्यता दिइने छ ।
- टेन्डर पत्र दाताले शिलबन्दी दरभाउ पत्रको खाम बाहिर फर्मको नाम, ठेगाना र शिलबन्दी दरभाउ दाताको नाम, ठेगाना र सम्पर्क नम्बर स्पष्ट लेख्नु पर्ने छ ।
- सामान उपलब्ध गराउने सकिने समय स्पष्ट रुपमा उल्लेख भएको हुनुपर्नेछ ।
- टेन्डर पत्र पुर्ण वा आंशिक रुपमा स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस संस्थालाई हुने छ ।
- टेन्डर पत्र सम्बन्धि अन्य थप जानकारी लिनु परेमा यस कार्यालयमा सम्पर्क राख्न सकिने छ ।
- रित नपुगी आएका टेन्डर उपर कुनै किसिमका कारवाही हुने छैन ।
- टेन्डर फर्मको प्राप्त गर्नको लागि यस संस्थाको कार्यालय वा यस लिंक मार्फत प्राप्त गर्न सकिने छ । लिंक
- प्रस्तावित मूल्यको २.५ प्रतिशत धरौटी यस संस्थाकाको सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, खलंगा शाखामा रहेको निम्नानुसारको खातामा जम्मा गर्नु पर्नेछ वा सोही मुल्य बराबरको बैंक ग्यारेन्टि पेस गर्न सकिने छ ।
- खाताको नाम: Panchtara Yuwa Samrakshak Manch
- खाता नं.: 0360100000216201
दर रेटका साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरू:
१. स्थाई लेखा नम्बर र मु.अ. करमा दर्ता भएको हुनुपर्ने ।
२. आ.व. २०८१/२०८२ सम्मको आयकर चुक्ता भएको प्रमाण पत्र लिएको हुनुपर्ने ।
३. व्यवसाय सेवा दर्ता र नविकरणको प्रमाण पत्रहरु हुनुपर्ने ।
तपशिलका सामाग्रीहरु:
| S.N | Description of Goods/Services | Unit | Qty. requested |
| 1 | Improved Cook Stove: SSM S28X model Stove top: cast iron, dia. 28 cm, Stove body: 0.5 mm cold rolled steel with painting, Grate mouth: 1 mm cold rolled steel with painting, Combustion chamber: ceramic, which can highly improve the stove life span, Metal Liner: 1 mm stainless steel 430, Inner fuel shelf: dia. 5 mm and 4 mm stainless steel bars, four layers in total Outer fuel shelf: 5 mm ordinary steel with power coating, Pot skirt: 0.5 mm stainless steel 201 with a height of 98mm, Stove size: 28.5 cm*28.5 cm*28.6 cm, Stove weight: 8 Kg | Pcs | 600 |
थप जानकारीका लागि
पाँचतारा युवा संरक्षक मञ्च
छेडागाड नगरपालिका-५ थलह, जाजरकोट
कार्यालयको सम्पर्क नं.: ९८६७२०३४०५ /९८४६०८४१४९ मा फोन गरी जानकारी प्राप्त गर्न सकिन्छ ।
खरिद समिति
LINKS:
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 08 May, 2026 |
| Apply Before | 22 May, 2026 |
| City | Jajarkot |