SHIFT–अभियान सञ्चालनका लागि संस्था छनोटसम्बन्धी सूचना
Details / requirements:
SHIFT–अभियान सञ्चालनका लागि संस्था छनोटसम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मिति: २०८३ बैशाख २२ गते
सेभ द चिल्ड्रेनसँगको साझेदारीमा रतौली युवा क्लब (RYC) द्वारा “SHIFT for Our Planet” अभियान अन्तर्गत महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका र पिपरा गाउँपालिकामा युवा नेतृत्वमा जलवायू परिवर्तन तथा सामाजिक न्यायका क्षेत्रमा केन्द्रित भइ अभियान सञ्चालनका लागिइच्छुक तथा सक्षम युवा तथा सामुदायिक संस्थाहरू (Community-Based Organization) बाट आवेदन आह्वान गरिन्छ।
यस अभियानको उद्देश्य युवाहरूलाई सशक्त बनाउँदै जलवायु परिवर्तन तथा सामाजिक मुद्दाहरूमा प्रभावकारी अभियान सञ्चालन गर्न सक्षम बनाउनु हो। छनोट भएका संस्थाले RYC तथा स्थानीय युवा समूहहरूसँग समन्वय गर्दै अभियान कार्यान्वयन, बजेट परिचालन, डिजिटल सामग्री निर्माण तथा प्रतिवेदन तयारी लगायतका कार्यहरू गर्नेछन्।
कार्य अवधि: जून २०२६ देखि नोभेम्बर २०२६ सम्म।
कार्य क्षेत्र: जलेश्वर नगरपालिका र पिपरा गाउँपालिका, महोत्तरी।
अनुमानित बजेट: प्रति पालिका अधिकतम रु. १,००,०००/- सम्म।
आवेदनका लागि आवश्यक कागजातहरू:
- संस्थागत प्रोफाइल,
- संस्थामा क्रियाशील ३ जना व्यक्तिहरूको CV,
- संक्षिप्त प्राविधिक तथा आर्थिक प्रस्ताव (कार्ययोजना सहित),
- विगतका कार्य अनुभव/पोर्टफोलियो,
- दर्ता भएका संस्थाका हकमा नवीकरण, कर चुक्ता तथा लेखापरीक्षण प्रतिवेदन,
- दुई जना सन्दर्भ व्यक्ति (Reference Persons) को विवरण सहित निवेदन।
आवेदन दिने अन्तिम मिति:
यो सूचना प्रकाशित भएको मितिले १० दिनभित्र (कार्यालय समयभित्र)।
आवेदन पठाउने तरिका:
आवेदन प्रत्यक्ष रूपमा कार्यालयमा उपस्थित भई वा इमेल मार्फत पठाउन सकिनेछ।
सम्पर्क विवरण:
रतौली युवा क्लब (RYC),
जलेश्वर नगरपालिका–२, महोत्तरी
फोन: ०४४-५२०८४३, इमेल: eoi@ryc.org.np
नोट:
- युवा-लक्षित, नयाँ तथा सृजनशील संस्था/समूहहरूलाई आवेदनका लागिविशेष प्रोत्साहन गरिन्छ। जलेश्वर नगरपालिका तथा पिपरा गाउँपालिकाका युवाहरूद्वारा सञ्चालित संस्थाहरूलाई प्राथमिकता दिइनेछ।
- विस्तृत कार्यशर्त (ToR) तल दिईएको लिंक मार्फत प्राप्त गर्न सक्नुहुनेछः ToR for CBOs.docx
धन्यवाद !
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 04 May, 2026 |
| Apply Before | 14 May, 2026 |
| City | Mahottari |